निर्णय नं. ८१२६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१२६ - कर्तव्य ज्यान भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६५/११/२२ २९३१ निर्णय नं. ८१२६ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल संवत् २०६४ सालको साधक नं ०४४ फैसला मितिः २०६५।११।२२।५ मुद्दाः कर्तव्य ज्यान । वादीः जिल्ला सिरहा लक्ष्मीपुर (प्र.म.) गा.वि.स. वडा न. ३ बस्ने कोदे यादवको जाहेरीले नेपाल सरकार विरुद्ध प्रतिवादीः जिल्ला सिरहा औरही गा.वि.स. वडा नं. ८ बस्ने लक्ष्मण यादव समेत शुरु फैसला गर्नेः मा.जि.न्या.श्री सहदेव बास्तोला . पुनरावेदनमा फैसला गर्नेः मा.मु.न्या. श्री बैद्यनाथ उपाध्याय मा.न्या. श्री शान्तिराज सुवेदी § आरोपित कसूर नगरेको भए अदालतबाट जारी भएको म्यादी पूर्जीको म्यादभित्र उपस्थित भई आफ्नो निर्दोषिताको प्रमाण पेश गरी न्यायसम्पादनको कार्यमा चासो राख्न सक्नुपर्ने । § घरका लोग्ने, सासू, ससुरासमेत भई मृतकलाई घरबाट लिई जाने र ससुरा घर फर्की आएपनि मृतकको लोग्ने प्रतिवादी लक्ष्मण र सासू बौकीसमेत फरार रही लाश वेवारिसे फालेकोबाट यिनै प्रतिवादीहरूले मृतकलाई कुटपीट गरी मारेको तथ्य पुष्टि हुने । (प्रकरण नं.५) वादी तर्फबाटः प्रतिवादी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § अ.बं. १९० § ज्यानसम्बन्धी महलको १३(३) नं. फैसला न्या.रामप्रसाद श्रेष्ठः पुनरावेदन अदालत, राजविराजको मिति २०६३।११।२७ को फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) बमोजिम साधक जाँचको लागि दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एंव निर्णय यस प्रकार छ :– लखन साहको धान खेतमा दक्षिण टाउकी, उत्तर खुट्टा भएको लाश, पहेलो रंगको पोलिष्टर व्लाउज, वैजनी भूईंमा सेतो, पहेंलो, हरियो बुट्टा भएको साडी लगाएको, मुखबाट रगत निस्किरहेको, च्यापु र दुवै गाला समेतमा कालो दाग, घाँटीमा थिचेको दाग, अनुहार फुलेको भन्ने समेत व्यहोराको घटना तथा लाश प्रकृति मुचुल्का । चोट लागेको कारण मृतकको मृत्यु भएको भन्ने समेत पोष्टमार्टम रिपोर्ट । घटनास्थलमा फेला परेको लाशले लगाएको साडी, चोलो , काठको बाकस र लाशको फोटोसमेत हेरी चिनें, मेरो कान्छी छोरी रुनी यादव हुन् भनी सनाखत गरेको कोदे यादवको कागज । मेरो छोरी रुनीदेवीको औरही वडा नं ८ वस्ने लक्ष्मण यादवसँग २०४९ सालमा विवाह गरी दिएको र २०५१। २।२२ गते निज छोरीको दुरागमन गराई ज्वाँईले लगेको र पछि मैले आषाढमा आफ्नो घरमा ल्याएको थिएँ । सोही महिनामा म विरामी परी उपचार गराउन दरभंगा गै घर फर्की आई मेरो श्रीमतीलाई छोरी कहाँ छ भन्दा ज्वाँई लक्ष्मणले कुटपीट गरी घर लगे भनेपछि सोही दिन मेरो भाई समेतलाई पठाउँदा निजहरूले भतिजी रुनी खोई भनी सोद्धा ज्वाईसमेतले तपाँइहरूकै घर गएकी भनेकोले खोजतलाश गर्दा वेवारेसे लाश फेला परेको, लाशले लगाएको कपडा र फोटो समेत देखाउँदा मेरो छोरीकै रहेछ र कसले मारे भनी बुझ्दा विपक्षी महादेव, लक्ष्मण, भुल्ला, बौकी, सहदेव, कारी र रामचन्द्र यादवसमेतले मेरो छोरीलाई दाइजो कम दिएको भनी मारी गाँगन खोला जाने बाटोको खेतमा फालिदिएका रहेछन् । कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । मृतक वेवारेसे लासको फोटो, साडी, चोली समेत मेरो बहिनी रुनीदेवीको हो भन्ने समेत व्यहोराको वीरेन्द्रकुमार यादवको सनाखत कागज । देखाएको फोटो, सारी, चोलोसमेत मेरो छोरी रुनीदेवीको हो । सो साडी, चोलो छोरीको दिन गर्दा हामीले दिएको हो भन्ने समेत व्यहेराको ज