निर्णय नं. ८१२७ - जवर्जस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१२७ - जवर्जस्ती करणी भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/०१/०३ ३८७३ निर्णय नं. ८१२७ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला संवत् २०६१ सालको स.फौ.पु.नं. ..३७५४ फैसला मितिः २०६६।१।३।५ मुद्दा : जवर्जस्ती करणी पुनरावेदकः ख कुमारी (परिवर्तित नाम) को जाहेरीले नेपाल सरकार विरुद्ध प्रतिवादीः जिल्ला कैलाली टिकापुर न.पा. वार्ड नं. ६ वस्ने वीरबहादुर टमटा शुरु फैसला गर्नेः मा.न्या. श्री नारायणप्रसाद धिताल पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री सोमबहादुर कोइराला मा.न्या. श्री परशुराम झा § अधिकारप्राप्त अधिकारीसमक्ष गरेको वयान पीडितको मौकाको कागज, जाहेरी दर्खास्त, चिकित्सकहरूको प्रतिवेदन, घटनास्थल मुचुल्काजस्ता मिसिल संलग्न स्वतन्त्र प्रमाणहरूबाट पुष्टि भइरहेको र ती प्रमाणहरू अन्यथा हुन् भनी प्रतिवादीले खण्डन हुने गरी पुष्टि गर्न नसकेको समेतको आधार प्रमाणबाट प्रतिवादीले १४ वर्ष मुनिको पीडित वालिकालाई करणी गरेको ठहर्ने । (प्रकरण नं.२) § करणी गरेको तथ्य शंकारहित तवरबाट पुष्टि नभएको भनी फौजदारी न्यायको शंकाको सुविधा प्रतिवादीले पाउँछ भन्ने सिद्धान्तको गलत व्याख्या एवं प्रयोग गरी आरोपित कसूरबाट सफाइ दिन नमिल्ने । (प्रकरण नं.३) पुनरावेदक तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी प्रतिवादी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन जवर्जस्ती करणीको महलको १ र ३ नं. फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत, दिपायलको मिति २०६०।९।२२।३ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकारछ : ज्ञ कुमार (परिवर्तित नाम) को छोरी वर्ष ८ की क कुमारी (परिवर्तित नाम) लाई तिम्रो दिदी विरामी छ टीकापुर पुर्‍याइ दिन्छु भनी मिति २०५७।६।२ गतेका दिन निजको भिनाजु वीरबहादुर टमटाले घरबाट लगी साझ ८ वजेको समयमा लालवोझीको जंगलमा जवर्जस्ती करणी गरेको कुरा पीडित क कुमारीले भनेकीले वीरबहादुर टमटा माथि कारवाही गरिपाऊँ भन्ने समेत ख कुमारीको २०५७।६।६ को जाहेरी दरखास्त । क कुमारीलाई करणी गरेको लक्षण देखिन्छ । योनी च्यातिएको छैन भन्ने २०५७।६।६ को मेडिकल जाच रिपोर्ट । प्रतिवादी वीरबहादुर टमटा मेरो दिदी शर्मीलाको देवर मेरो भिनाजु नाता पर्ने हुँदा मेरो घरमा आउने जाने गर्दथ्यो । यसै क्रममा २०५७।६।१ गते निज भिनाजु मेरो घरमा आई तिम्रो दिदी विरामी छ, वालवच्चाको हेरचाह गर्न तिमी मेरो साथमा हिड भनी २०५७।६।२ गते टीकापुर जानको लागि बोलाएर ल्यायो । सो दिन टीकापुर नगइ लम्की हुदै जोशीपुर आफ्नो दिदीकहाँ बसौंला भनी भन्न थाल्यो । जोशीपुर पुग्न सांझ परिसकेको हुंदा साझ ७।८ वजेको समयमा लालवोझी गा.वि.स. ५ को जङ्लमा पुग्दा साइकल रोकी बाटो भन्दा केही पर जङ्गलभित्र लगी जवर्जस्ती भुईमा पल्टाई रोए कराएमा मारी दिन्छु भनी धम्की दिई जवर्जस्ती करणी गरेपछि म वेहोस भएँ । भोलिपल्ट होस आउदा आफ्नो घर पथरैयामा आएकी हुं । मैले कसैलाई भनेकी थिइन । मिति २०५७।६।५ गते ख कुमारीले वताउ भनी जोर गरेको हुँदा भएको व्यहोरा वताएकी हुँ भन्ने समेत व्यहोराको पीडित क कुमारीले प्रहरीमा गरेको कागज । करणी गरिएको भनिएको ठाउमा घास मांडिएका, माटो खोस्रिएको, खुटृाको छाप देखिएको भन्ने घटनास्थल प्रकृति मुचुल्का । साली क कुमारीलाई तिम्र