निर्णय नं. ९२६९ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२६९ - अंश चलन भाग: ५६ साल: २०७१ महिना: माघ अंक: १० फैसला मिति :२०७१/०५/२५ ३५३९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री दीपकराज जोशी फैसला मिति : २०७१।५।२५।४ 067-CI-1669 मुद्दा : अंश चलन । पुनरावेदक/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २० बस्ने श्यामगोपाल श्रेष्ठको संरक्षक ऐ.ऐ. बस्ने श्रीमती इन्द्रकुमारी श्रेष्ठ विरूद्ध प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने यशोदादेवी श्रेष्ठको मु.स. गर्ने ऐ.ऐ. वडा नं. ३२ पुतलीसडक बस्ने ज्योति श्रेष्ठ ०६८-CI-०८४२ पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने यशोदादेवी श्रेष्ठको मु.स. गर्ने ऐ.ऐ. वडा नं. ३२ पुतलीसडक बस्ने ज्योति श्रेष्ठ विरूद्ध प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २० बस्ने श्यामगोपाल श्रेष्ठको संरक्षक ऐ.ऐ. बस्ने श्रीमती इन्द्रकुमारी श्रेष्ठ § आफ्नो कानूनबमोजिमको अंश हकको सम्पत्ति शेषपछिको बकसपत्रको लिखत गरिदिएको स्थिति छ भने त्यस्तो अवस्थामा लिखतको अस्तित्वलाई अन्यथा प्रमाणित नगरेसम्म लिखतको मान्यता यथावत् रहेको मान्नुपर्ने हुन्छ र त्यस्तो बकसपत्रको लिखत बकसपत्र दिनेको मृत्यु भएपछि क्रियाशील भई त्यस्तो अंशहकको सम्पत्ति शेषपछिको बकस पाउनेमा सर्ने । (प्रकरण नं. ३) वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता पन्नामान तुलाधर तथा विद्वान्‌ अधिवक्ता बच्चु खड्का प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल र बालकृष्ण न्यौपाने अवलम्बित नजिर : § नेकाप २०५६, नि.नं. ६७२९, पृष्ठ ३९२ सम्बद्ध कानून : § प्रमाण ऐन, २०३१ को दफा ५४ सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री शान्तिराज सुवेदी पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री ठाकुरप्रसाद शर्मा मा.न्या.श्री टंकबहादुर मोक्तान फैसला न्या. गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६७।१०।९ को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ : म फिरादीका बाजे जगतबहादुर गोर्खाली श्रेष्ठका तीन अंशियार छोराहरूमा जेठा कृष्णबहादुर, माहिला मेरा पिता स्व. हरिगोपाल श्रेष्ठ, कान्छा कृष्णसागर गोर्खाली श्रेष्ठ भएकोमा बाजे जगतबहादुर २०३० सालमा, बज्यै कृष्णकुमारी २०३२ सालमा परलोक भएपछि पिता र तीन भाइहरूका बीच मिति २०३४।९।२५ मा अघि नै छुट्टिई चल सम्पत्ति बाँडी सकेको र अचल सम्पत्तिको हकमा आशिंकरूपमा केही घर जग्गाहरू बन्डा भएको, बाँकी केही घर जग्गाहरूसमेतको अचल सम्पत्तिहरू बन्डा भएको, बाँकी केही घर जग्गाहरूसमेतको अचल सम्पत्तिहरू अबन्डा राखी बन्डापत्र भएको थियो । उक्त मिति २०३४।९।२५ मा भएको घरसारको बन्डापत्र ऐनका म्यादभित्र रजिस्ट्रेसन हुनपर्नेमा म्यादभित्र पारित नभई पिताका तीन भाइछोराहरूबीच विवाद खडा भई काठमाडौं जिल्ला अदालतमा नालिस परी फैसला भई काठमाडौं जिल्ला अदालतको मिति २०३६।७।१३ को पत्रानुसार मिति २०३६।७।१३ मा र.नं. २०२९ बाट काठमाडौं मालपोत कार्यालयबाट बन्डा पारित भएको रजिस्ट्रेसन मुताबिक पिता स्व. हरिगोपाल श्रेष्ठसमेतले आआफ्नो भागमा परेका जग्गा, घर अंशियारहरूले संयुक्त भोग चलन गर्दै आएकोमा जेठो बाबु कृष्णबहादुर २०३८ सालमा परलोक भई हक खाने दीपक र नानीकाजी श्रेष्ठ छन् भने पिता हरिगोपाल श्रेष्ठ मिति २०४७।२।२२ मा परलोक