निर्णय नं. ८१२८ - उत्प्रेषणसमेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१२८ - उत्प्रेषणसमेत । भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६५/१०/०६ ७३९७ निर्णय नं. ८१२८ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा संवत् २०५९ सालको रि.नं...२८०५ आदेश मितिः २०६५।१०।६।२ बिषयः– उत्प्रेषणसमेत । निवेदकः कृषि सामग्री संस्थान, प्रधान कार्यालय, कुलेश्वरको तर्फबाट संस्थानका महाप्रवन्धक कृष्णचन्द्र झा विरुद्ध विपक्षीः ११ कोलियर क्वाय, १४–०१ सिंगापुर ०४९३१७ मा कार्यालय भएको सुमित प्रकाश एशिया प्रा.लि.को अधिकृत प्रतिनिधि का.जि.का.म.न.पा.वडा नं.११ कमलादीस्थित मिलिमिली इन्टरप्राइजेजको प्रोप्राइटर दिनेशभक्त श्रेष्ठ समेत § LC मार्फत् कारोवार गर्नुको मूलभूत उद्देश्य वैंकमार्फत् र वैंकका माध्यमबाट कारोवार हुने हुँदा विक्रेता वा सप्लायर्स वा जोसुकै होस् आफ्नो मालको आपूर्ति गरिसकेपछि त्यसको भुक्तानी निश्चितरूपमा प्राप्त हुन्छ र भुक्तानी डुब्दैन भन्ने हुने । (प्रकरण नं.६) § मध्यस्थले करारीय विवादमा, विवादका पक्षहरूले गरेको सम्झौताको शर्त र व्यवस्थाभन्दा वाहिर गएर Award दिन नसक्ने । § मध्यस्थलाई कुनै स्वविवेकीय अधिकार हुँदैन । मध्यस्थको अधिकार सम्झौतामा सीमित रहन्छ । यदि मध्यस्थले सम्झौताको शर्त र व्यवस्थाभन्दा बाहिर गई Award दिन्छ भने त्यस्तो मध्यस्थले Excess Of Jurisdiction गरेको मानिने । (प्रकरण नं.१०) § मध्यस्थको Award उपर असाधारण अधिकारअन्तर्गत सुनुवाइ गर्दा तथ्यभित्र प्रवेश गर्ने र प्रमाण वुझ्ने काम गर्न नहुने रिट निवेदनसम्बन्धी मान्य सिद्धान्तमात्र होइन करारीय विवादमा धारा ८८(२) को असाधारण अधिकार क्षेत्रअन्तर्गतको Public Law को उपचार प्राप्त हुन नसक्ने र Private Law को उपचारमात्र प्राप्त हुनसक्ने मान्य सिद्धान्त, Usage र Pratice समेत विपरीत हुनसक्ने भएकोले सो सम्बन्धमा मध्यस्थको Award उपर अन्य विकल्पको व्यवस्था गर्दा मध्यस्थको कारवाही छिटो छरितो, सुलभ र मान्य सिद्धान्त अनुकूल हुनसक्ने । (प्रकरण नं.२०) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री भरतराज उप्रेती र विद्वान अधिवक्ताहरू श्री तिलकविक्रम पाण्डे, श्री शम्भु थापा र श्री ईश्वरीचन्द्र शर्मा विपक्षी तर्फबाटः अवलम्वित नजीरः संवत् २०६० सालको दे.पु.नं. ८६९२, राकेशकुमार वि.रामकृष्ण रावल सम्बद्ध कानूनः § मध्यस्थता ऐन, २०३८ को दफा २१ § औद्योगिक व्यवसाय ऐन, २०४९ § विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ § नेपाल पेट्रोलियन ऐन, २०४१ § मध्यस्थ ऐन, २०५५ को दफा ३० § न्याय प्रशासन ऐन, २०४८ को दफा ११ आदेश न्या.बलराम के.सी.: नेपालको अन्तरिम संविधान,२०६३ को धारा ३२ र १०७ बमोजिम दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :- निवेदक कृषि सामग्री संस्थान र विपक्षी सुमित प्रकाश एशिया (Summit Prakasa Asia Pte.Ltd) का बीचमा मिति ४ अगष्ट, १९९५ मा १०,००० मे टन युरिया मल आपूर्ति गर्ने सम्बन्धमा के.पि.१८५ को कन्ट्राक्ट भई दुवै पक्षको सो सम्बन्धी करारनामामा सही भएको थियो । विपक्षीसँग भएको करारको कुनै दफामा पनि एल.सी कहां खोल्ने र वर्केवल एल.सी के हो, एल.सी, आपूर्तिकर्ताले मञ्जूरी गरेबमोजिम हुनुपर्ने कहीँ कतै उल्लेख छैन । करारबमोजिम संस्थानले Irrevocable L/C खोली सकेकोमा सो एल.सी.बमोजिम काम गर्न किन नसकेको हो ? सो कुरा दावीकर्ताले खुलाउन सकेको देखिँदैन । १६ जुलाई १९९५ को अफरमा पनि कही राव