निर्णय नं. ९२७० - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२७० - अंश चलन भाग: ५६ साल: २०७१ महिना: माघ अंक: १० फैसला मिति :२०७१/०४/२८ ४६५५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।४।२८। ४ ०७०-CI-०००६ मुद्दा : अंश चलन । पुनरावेदक/वादी: नन्दरामको छोरा, काउन्टी क्लब (लिभिङ स्ट) न्युजर्सी ०७०३९ संयुक्त राज्य अमेरिका बस्ने पदम न्यौपाने विरूद्ध प्रत्यर्थी/प्रतिवादी :काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ भगवती बहाल मूल घर भई हाल ३०४ ह्याकामोर लेन फ्रिमन्ट क्यालिफोर्निया ९४५३९ बस्ने आरती न्यौपाने ०७०-CI-००८८ पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ भगवती बहाल मूल घर भई हाल ३०४ ह्याकामोर लेन फ्रिमन्ट क्यालिफोर्निया ९४५३९ बस्ने दीपक न्यौपानेसमेत विरूद्ध प्रत्यर्थी/वादी : नन्दरामको छोरा, काउन्टी क्लब (लिभिङ स्ट) न्युजर्सी ०७०३९ संयुक्त राज्य अमेरिका बस्ने पदम न्यौपाने ०७०-CI-०३४६ पुनरावेदक/प्रतिवादी : दण्डपाणिको छोरा, हाल नं. १७०/१७२ सेकेन्ड फ्लोर मेहवनडुला गार्डेन स्ट्रिट क्याङटाडा टाउनसीप यानोद्री म्यानमार बस्ने, वर्ष ७७ को नन्दराम न्यौपानेसमेत विरूद्ध प्रत्यर्थी/वादी : नन्दरामको छोरा, काउन्टी क्लब(लिभिङ स्ट) न्युजर्सी ०७०३९ संयुक्त राज्य अमेरिका बस्ने पदम न्यौपाने ०७०-CI-००७९ पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ भगवती बहाल बस्ने अजय न्यौपानेको मु.स. गर्ने काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १९ बस्ने दिपा लोहनी न्यौपाने विरूद्ध प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ घर भई हाल काउन्टी क्लब (लिभिङ स्ट) न्युजर्सी ०७०३९ संयुक्त राज्य अमेरिका बस्ने पदम न्यौपाने § सगोलका अंशियारमध्ये एक अंशियारले अर्को अंशियारलाई बकसपत्र गरिदिएको अवस्थामा समेत त्यस्तो सम्पत्ति सगोलकै मान्नुपर्ने अवस्था भएको । खरिद गरेको स्वआर्जन भने तापनि त्यसको तथ्ययुक्त प्रमाण पेस गरी प्रमाणित गर्न सकेको अवस्था नदेखिँदा सगोलमा रहेको अवस्थामा बढे बढाएको सम्पत्ति सगोलकै मानिने र बन्डा लाग्ने प्रकृतिको हुने । (प्रकरण नं. ३) § बकसपत्र पाउनु वा खरिद गरिलिनुअघि नै बन्डा छुट्टिई अलग भइसकेको भन्ने कुनै प्रमाण पेस हुन सकेको अवस्था नदेखिएको हुँदा पहिले नै छुट्टि भिन्न भै सकेको मान्न नसकिने । (प्रकरण नं. ५) वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता नारायण बल्लभ पन्त तथा विद्वान्‌ अधिवक्ताहरू बद्री पाठक, जगदीशचन्द्र पाण्डे, प्रकाश रेग्मी, विजयप्रसाद मिश्र, पुरूषोत्तमराज खकुरेल र केन्द्र विक्रम शाह अवलम्बित नजिर : § नेकाप २०५४, नि.नं. ६३०३, पृष्ठ १ सम्बद्ध कानून : § प्रमाण ऐन, २०३१ को दफा ६(क) सुरू तहमा फैसला गर्नेः मा.जि.न्या.श्री ऋषिप्रसाद अधिकारी पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या. श्री एकराज आचार्य मा.न्या. श्री हरिकुमार पोखरेल फैसला न्या.जगदीश शर्मा पौडेल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६९।९।१९ को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः विपक्षीमध्ये नन्दराम तथा कलावती मेरो पिता एवम् माता हुनुहुन्छ र दिपक तथा आरती दाजु भाउजु हुनु भै अन्य विपक्षी अजय, नरी सो भन्ने नाई सो र च्य थु भन्ने थानेश्वरसमेत