निर्णय नं. ८१२९ - करारबमोजिम रकम दिलाई भराई पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१२९ - करारबमोजिम रकम दिलाई भराई पाऊँ । भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६५/०५/०९ ३६४२ निर्णय नं. ८१२९ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायधीश श्री बलराम के.सी. माननीय न्यायधीश श्री दामोदरप्रसाद शर्मा संवत् २०६२ सालको दे.पु.नं.८०९६ फैसला मितिः २०६५।५।९।२ मुद्दा : करारबमोजिम रकम दिलाई भराई पाऊँ । पुनरावेदक/प्रतिवादी : का.जि.का.म.न.पा.वडा नं. ३० स्थित ज्वजलपा प्रा.लि.को तर्फबाट अधिकार प्राप्त व्यक्ति ऐ.ऐ. वडा नं.१७ बस्ने वर्ष ३७ को प्रवन्ध निर्देशक (शेयर होल्डर) राजकृष्ण श्रेष्ठ समेत विरुद्ध विपक्षी/वादी: रेडियो प्रसार सेवा विकास समिति(रेडियो नेपाल) सिंहदरवार काठमाडौंको तर्फबाट अख्तियार प्राप्त कार्यकारी निर्देशक शैलेन्द्रराज शर्मा § कुनै पनि विवाद अदालतमा न्यायिक समाधानको लागि प्रस्तुत गर्नुपूर्व आपसमा गरिएका समझदारी पूर्णरूपमा पालन एवं अवलम्वन गरिएको हुनुपर्ने । § अदालतमा विवाद अन्तिम विकल्पका रूपमा मात्र प्रस्तुत हुने हुन्छ । आफूहरूमा निहीत विकल्पहरूको प्रयोग नगरी एकैचोटी न्यायिक विकल्पका रूपमा प्रस्तुत हुन संप्रतिज्ञात्मक कानूनको सिद्धान्तले समेत नमिल्ने । (प्रकरण नं.८) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री विजय शाक्य विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद अधिकारी अवलम्वित नजीरः सम्बद्ध कानूनः फैसला न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्राप्त गरी पुनरावेदन दायरीबाट पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– फिरादी समितिले सञ्चालन गर्दै आएको एफ.एम. काठमाडौंको राति ९ बजेदेखि १० बजे सम्म बोलकवोलबाट अन्य कसैलाई कार्यक्रम सञ्चालन गर्न दिने भन्ने निर्णयानुसार प्रकाशित सूचनामा विपक्षीले कार्यक्रम सञ्चालन गर्ने सिलबन्दी प्रस्ताव बुझाएकोमा विपक्षीले गरेको बोलकबोल वार्षिक रु.१२,१२,१२९।८० मा कार्यक्रम सञ्चालन गर्ने विपक्षीलाई दिने गरी २०५५/७/१० मा निर्णय भई के कस्तो कार्यक्रम सञ्चालन गर्ने हो सोको प्रस्ताव साथै नियमानुसार २.५ प्रतिशत विडवन्डबापत यस समितिको खातामा रकम जम्मा गरेको भौचरसहित सम्झौता गर्न आउनु भन्ने पत्राचारबमोजिम आफ्नो कार्यक्रम सञ्चालनको प्रस्ताव सहित विडवन्डबापत समेतको सम्झौता जम्मा पाँच प्रतिशत हुने रकम रु. ६०,६०६।०९ बैंकमा बुझाएको भौचरसहित सम्झौता गर्न आएकोले २०५५/७/२६ मा सम्झौता पत्रमै सोहीबमोजिम उल्लिखित समयमा एफ.एम. को स्वनिगो १०० सञ्चालन भै आएको थियो । र ,साझ १० बजे देखि १२ बजेसम्म सञ्चालन गरिआएको गुडनाइट एफ.एम. को समय २०५५ चैत १ देखि खाली हुने भई सो समय समेत विपक्षीले मागेबमोजिम समितिले उपलब्ध गराउने निर्णय गरेअनुसार विडवन्डबापत बुझाउनु पर्ने पाँच प्रतिशत रु.४४,४८३।३३ फिरादीको खातामा धरौटी जम्मा गरी भौचरसहित सम्झौता गर्न आएअनुरूप २०५५/११/३० मा विपक्षीसँग दोस्रो सम्झौता पनि भएको । भिन्दाभिन्दै सम्झौता गरे पनि समान विषयको भएका पहिलो सम्झौताबमोजिम २०५५ मंसिर १ देखि २०५५ साल असार मसान्तसम्म ९ बजेदेखि १० बजे सम्म समय उपलब्ध गराई दिएबापत पहिलो वर्ष रु. १२,१२१२१।८० दोस्रो वर्ष रु.१२,४२,४२४।५८ र दोस्रो सम्झौताबमोजिम २०५५ चैत १ देखि २०५७ साल असार मसान्तसम्म साँझ १० बजेदेखि १२ बजेसम्म समय उपलब्ध गराएबापत आर्थिक बर्षको हिसाबले पहिलो बर्षको ४ महिना अर्थात प्रति वर्ष रु.८,३३,५००। मा रु. ३९२५