निर्णय नं. ९२७१ - लुटपीट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२७१ - लुटपीट भाग: ५६ साल: २०७१ महिना: माघ अंक: १० फैसला मिति :२०७१/०५/०९ ५५४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।५।९।२ ०६९-CR-०१८५ मुद्दा : लुटपीट । पुनरावेदक/वादी : जिल्ला धनुषा, भुतही पटेर्वा गा.वि.स. वडा नं. ९ बस्ने भिखनीदेवी भुसकुलीया विरूद्ध विपक्षी/प्रतिवादी : जिल्ला धनुषा, भुतही पटेर्वा गा.वि. वडा नं. ९ बस्ने बिल्टु यादव § कुनै वारदात लुटपीट हुन बाली धनमाल नगद जिन्सी जबर्जस्ती खोसी लैजाने वा कुनै किसिमसँग नोक्सान गराइदिने क्रिया हुनुपर्ने वा त्यस्तो क्रियाको लागि धरपकड् वा भनाभन झगडा लछारपछारसमेतको क्रिया हुनुपर्ने कुरा लुटपीटको पूर्वसर्तको रूपमा रहेको देखिने । § व्यक्तिवादी भै चलेको लुटपीट जस्तो मुद्दामा सरकारवादी अन्य फौजदारी मुद्दामा जस्तो वारदातको दसी प्रमाण बरामद गरी त्यस्तो दसी प्रमाणबाट वारदात पुष्टि गर्न सकिने प्रश्न नआउने हुँदा यस्तो प्रकृतिको मुद्दामा वारदात पुष्टि गर्ने विश्वसनीय आधार त्यस्तो घटनाको साक्षीले बकेका कुरालाई नै ग्रहण गर्नुपर्ने हुन्छ । लुटपीट चोरीको वारदात भन्दा भिन्न प्रकृतिको प्रत्यक्ष हात हालाहाल लुछाचुडी गरी गरिएको हुन्छ । आफैँ प्रत्यक्ष लुटपीटमा संलग्न नभएको व्यक्तिले अर्काको हकको कुनै वस्तु लुटपीट गरी लगेको थाहा पाएँ भन्ने उल्लेख गर्नुबाट लुटपीट स्थापित गर्ने आधार हुन नसक्ने । (प्रकरण नं. २) पुनरावेदक/वादीका तर्फबाट : विपक्षी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : § नेकाप २०३१, अङ्क ६, पृ.१७९ § नेकाप २०२२, अङ्क १, पृ. ४१ सम्बद्ध कानून : § मुलुकी ऐन, लुटपीटको महलको १, २ नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री अमृतबहादुर बस्नेत पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री तेजबहादुर के.सी. मा.न्या. श्री द्वारिकामान जोशी फैसला न्या. गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतको क्षेत्राधिकारभित्र भै निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य र ठहर यस प्रकार छ : विष्णुचरण जोशीको नाम दर्ताको जिल्ला धनुषा, भुतही पटेर्वा गाउँ विकास समिति वडा नं. कि.नं. ३०७ को क्षेत्रफल ०-१९-१८, ऐ.ऐ. कि.नं. २३९ को क्षेत्रफल ०-११-१०, ऐ.ऐ. कि.नं. २४१ को क्षेत्रफल ०-१४-१५ र ऐ.ऐ. कि.नं. २५० को क्षेत्रफल ०-२-० जग्गाको मोही मेरो लोग्ने रामस्वरूप भुसकुलीया भएकोमा मोहीमा कमाएको उक्त जग्गाहरूको कुतबाली जग्गाधनीलाई समयमा बुझाउँदै आएकोमा मेरो लोग्नेको मिति २०५३।४।२५ मा मृत्यु भएपश्चात सो जग्गा मैले मोहीको रूपमा कमाउँदै आएको छु । २०६३ सालमा सो जग्गामा लगाएको गहुँबाली काट्ने अवस्थामा विपक्षीले जबर्जस्ती काटी लान खोज्दा मैले पुनरावेदन अदालत, जनकपुरमा २०६३ सालको रिट नं. ७ को निषेधाज्ञा मुद्दा दिएकोमा उक्त मुद्दामा अन्तरिम आदेश जारी भै मुद्दा कारवाही हुँदै मिति २०६४।४।१५ गते निषेधाज्ञाको स्थायी आदेशसमेत जारी भै सकेको छ । उल्लिखित जग्गा २०६५ सालमा गहुँ बाली लगाएको थिएँ । गहुँ राम्रो सप्री पाकी काट्ने अवस्थाको भएकोमा विपक्षीले मिति २०६५।१२।२० गतेका दिन बिहान आफू तथा अन्य नचिनेका ४०/५० जना जनमजदूर लिई बिहान ६ बजेदेखि १२:०० बजेसम्म सबै गहुँ बाली काटी बोझा पारी जबर्जस्ती लैजान तत्पर हुँदा गाउँ समाजका मानिसहरूसमेत भेला जम्मा पारी सम्झाउँदासमेत पुनरावेदन अदालत, जनकपुरको काम आदेश गर्ने हो मेरो काम बाली काटी लग्ने हो भनी सम्पूर्ण