निर्णय नं. ९२७२ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२७२ - बन्दीप्रत्यक्षीकरण भाग: ५६ साल: २०७१ महिना: माघ अंक: १० फैसला मिति :२०७१/०३/०९ ५८८१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. आदेश मिति : २०७१।३।९।२ ०७०-WH-००६२ विषय : बन्दीप्रत्यक्षीकरण । निवेदिका : अमरबहादुर सिंहको नाति, मोहनबहादुर सिंहको छोरा, वाग्मती अञ्चल, ललितपुर जिल्ला, ल.पु. उपमहानगरपालिका वडा नं. १३ भनिमण्डल घर भई हाल महानगरीय प्रहरी परिसर जावलाखेलमा थुनामा रहेका वर्ष ५२ का महेशबहादुर सिंहकी छोरी ऐ.ऐ. बस्ने वर्ष २१ की ताजश्री सिंह विरूद्ध विपक्षी : ललितपुर जिल्ला, ल.पु.उ.म.न.पा. वडा नं.५ लक्ष्मी निवासस्थित जिल्ला प्रशासन कार्यालय, ललितपुरसमेत § निवेदक प्रतिवादीलाई पक्राउ गर्ने र हातहतियार तथा आखेटोपहार बरामद गर्ने कार्य सम्पन्न भएपछि पनि पटकपटक फरकफरक मुद्दाहरूमा एकबाट छुटी जाने देखेमा अर्को मुद्दामा अनुसन्धानको लागि भनी म्याद थप गर्दै थुनामा राखिराख्ने मानसिकता पाल्नु प्रचलित सारवान् कानून, कार्यविधि कानून र त्यसका मान्य सिद्धान्तहरूको समेत प्रत्यक्ष उलङ्घन भएको देखिन आउने । (प्रकरण नं. ९) § निवेदक प्रतिवादीलाई पक्राउ गरिसकेपछि सोही मितिबाटै उल्लिखित मुद्दामा कानूनले निर्धारण गरेको कार्यविधि अपनाई अनुसन्धान गरिसक्नुपर्नेमा सोबमोजिम नगरी शरीर बन्धक तथा अपहरणसमेत मुद्दाबाट सफाइ पाएपछि पुनः वन्यजन्तु आखेटोपहारलगायतका मुद्दाहरूमा अनुसन्धानको लागि भनी मिति २०७१।२।२७ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम थुनामा राख्ने गरेको आदेश कार्यविधिसम्बन्धी मान्य सिद्धान्तसमेत विपरीत भई रिट निवेदकलाई थुनामै राखिराख्नु पर्छ भन्ने प्रवृत भावना पूर्वाग्रहबाट ग्रसित भई गैरकानूनीरूपमा थुनामै राखिराखेको कार्य संविधानप्रदत्त स्वतन्त्रताको हक र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून तथा सोको मान्य सिद्धान्तसमेतको प्रतिकूल हुन गएको देखिएकाले निवेदक महेशबहादुर सिंहलाई तुरून्त थुना मुक्त गरिदिनु भनी विपक्षीहरूका नाममा निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने । (प्रकरण नं. १०) निवेदिकाको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू लोकभक्त राणा, विष्णुप्रसाद भट्टराई, अधिवक्ताहरू रमणकुमार श्रेष्ठ र जयलाल अधिकारी विपक्षीको तर्फबाट : नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल र विद्वान् सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल अवलम्बित नजिर : § नेकाप २०६६, नि.नं. ८२२१, पृ. १४८३ सम्बद्ध कानून : § सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १५(२) र १५(४) § राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ आदेश न्या. चोलेन्द्र शमशेर ज.ब.रा. : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ (२) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर आदेश यसप्रकार छ : मेरा पिता महेशबहादुर सिंहलाई मिति २०७०।११।२३ मा पक्राउ गरी वादी सुशील बस्नेतको जाहेरीले नेपाल सकार, प्रतिवादी पिता महेशबहादुर सिंहसमेत भएको २०७० सालको मुद्दा नं. १५८७ को अपहरण तथा शरीर बन्धक मुद्दा-१, वादी प्रकाशचन्द्र बस्नेतको जाहेरीले नेपाल सरकार, प्रतिवादी पिता महेशबहादुर सिंहसमेत भएको संवत् २०७० सालको मुद्दा नं. ०७०-CR- १५८६ को अपहरण तथा शरीर बन्धक मुद्दा-१, वादी ठाकुर प्रताप थापाको जाहेरीले नेपाल सरकार, प्रतिवादी पिता महेशबहादुर सिंहसमेत भएको संवत् २०७० सालको CR मुद्दा नं. १५८९ को जबर्जस्ती चोरी मुद्दा-१ र वा