निर्णय नं. ८६८६ - ट्रेडमार्क दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६८६ - ट्रेडमार्क दर्ता भाग: ५३ साल: २०६८ महिना: पौस अंक: ९ फैसला मिति :२०६८/०४/१५ ६७३२ ने.का.प. २०६८, अङ्क ९ निर्णय नं. ८६८६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् ०६३ सालको–CI–०१०२ फैसला मितिः २०६८।४।१५ मुद्दाः— ट्रेडमार्क । पुनरावेदक वादीः चितवन जिल्ला, जुटपानी गा.वि.स. वडा नं. २ घर भै हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३३ कालिकास्थान बस्ने मदनप्रसाद लम्साल विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ कमलादी स्थित रेप्सोना पब्लिकेशन्स प्रा.लि. शुरु निर्णय गर्नेः कम्पनी बोर्ड, त्रिपुरेश्वर पुनरावेदन फैसला गर्नेः— मा.न्या.श्री कृष्णप्रसाद श्रेष्ठ मा.न्या.श्री गोविन्दकुमार उपाध्याय § नेपालको कानूनले दर्ता भएको ट्रेडमार्कको मात्र सुरक्षा गर्दछ । तर, उद्योग विभागमा दर्ता नभएको ट्रेडमार्क जतिसुकै लामो अवधिसम्म प्रयोग गरेको भए तापनि केवल प्रयोगको आधारमा मात्र यसको सर्जक वा प्रयोगकर्ताले यस्तो अदर्ता ट्रेडमार्क प्रयोग गर्ने एकाधिकारको हक प्राप्त गर्न नसक्ने । (प्रकरण नं.३) § कुनै ट्रेडमार्कको प्रयोग गरेको आधारमा मात्र यसको धनी वा प्रयोगकर्ता फर्म, कम्पनी वा व्यक्तिलाई सो ट्रेडमार्कउपर एकाधिकार प्राप्त नहुने हुँदा एउटै ट्रेडमार्क दुईवटा फर्म व्यक्ति वा कम्पनीले प्रयोग गरेमा वा प्रयोगको दावी गरेमा दुईमध्ये जसको नाममा ट्रेडमार्क दर्ता भएको छ सोही व्यक्तिले मात्र विवादित ट्रेडमार्कको वास्तविक धनीको रुपमा मान्यता पाउने, यसको प्रयोगमा एकाधिकार प्राप्त गर्ने र केवल प्रयोगको आधारमा मात्र सो ट्रेडमार्कउपर दावी गर्नेको कानूनी हक नहुने र यसरी कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क निजको मञ्जूरीवेगर अन्य व्यक्ति, फर्म वा कम्पनीले प्रयोग गर्न पाउने हक नहुने । (प्रकरण नं.६) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री महेश थापा प्रत्यर्थी प्रतिवादी तर्फबाटः सम्बद्ध कानूनः § पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा २(ग), १६(२), १८(१), (३), १९, २१(ग) २३ § छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८ को दफा ७(४) तथा ४० फैसला न्या.भरतराज उप्रेतीः पुनरावेदन अदालत, पाटनबाट मिति २०६१।१०।४ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतमा पुनरावेदन पत्र दायर भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः— म मदनप्रसाद लम्सालले पत्रपत्रिका प्रकाशन गर्नको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति पाएको र सोहीबमोजिम न्यू विजनेश एज नामक अंग्रेजी मासिक पत्रिका प्रकाशन गर्दै आएको छु । न्यू विजनेश एज पत्रिका प्रकाशन गर्ने सन्दर्भमा BUSINESS AGE भन्ने संयुक्त शब्द र लेवलको समष्टिगत रुपलाई ट्रेडमार्कको रुपमा आफ्नो मात्र एकाधिकार रहने गरी प्रयोग गर्न पाउने गरी मिति २०५७।११।२४ मा दर्ता गराएको छु । मेरो नाममा दर्ता रहेको न्यू विजनेश एज पत्रिकाको ट्रेडमार्कको रुपमा दर्ता भै कायम भएको तथा दर्तावालाको मात्र एकाधिकार रहने BUSINESS AGE भन्ने संयुक्त शब्द र लेवलको समष्टिगत रुपको नाम राखी उजूरीकर्ताको प्रकाशन जस्तै देखिने गरी सर्वसाधारण जनता ग्राहकहरूलाई झूक्याउने गरी रेप्सोना पब्लिकेशन प्रा.लि.का सञ्चालक हरिकुमार राई (पत्रिकामा हरि राई सम्पादक) ले लेखिएकोले आफू सम्पादक तथा प्रकाशक भै पत्रिका प्रकाशन गरेकोले यो उजूरी गर्न आए