निर्णय नं. ९२७४ - लागु औषध (नरफिन)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२७४ - लागु औषध (नरफिन) भाग: ५६ साल: २०७१ महिना: माघ अंक: १० फैसला मिति :२०७१/०५/०५ ६४८८९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।५।५।५ २०६७-CR-०९९२ मुद्दा : लागु औषध (नरफिन) । पुनरावेदक/वादी : दलबहादुर बस्नेतसमेतको प्रतिवेदनले नेपाल सरकार विरूद्द विपक्षी/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ नागपोखरी बस्ने राजेश खड्गीसमेत § लागु पदार्थको उत्पादन, सञ्चय, बिक्री वितरण, निकासी तथा पैठारीलाई लागु पदार्थ तथा मनोद्दीपक पदार्थको कारोबारको रूपमा राखेको र कारोबार र सेवन दुबै कार्यलाई ऐनले निषेध गर्दै सजायको व्यवस्था गरेको र व्यवसाय नै सञ्चालन गर्ने गरी अवैधरूपमा ठूलो परिमाणमा लागु औषधको सञ्चय गर्ने कार्य कारोबारको रूपमा मानिने भए तापनि नशाको लत भएका व्यक्तिले सानो परिमाणमा सञ्चय गरी निषेधित पदार्थ राख्ने कार्यलाई कारोबारको कार्यअन्तर्गत राख्न मिल्ने नदेखिने । (प्रकरण नं. ३) § लागु औषध प्रतिवादीले दुबै प्रयोजनको लागि सञ्चय गर्न सक्ने हुँदा त्यसमा निजको साथबाट बरामद भएको लागु औषधको मात्रालाई मुख्यरूपमा विचार गरिनुपर्ने । § लागु औषधको प्रकृति, परिमाण, सञ्चय, खरिद, बिक्री, ओसार पसार वा निकासी पैठारीको उद्देश्य, अभियुक्तको गिरोह वा सङ्गठन, अभियुक्तहरूले प्रयोग गर्ने हातहतियार वा बलको प्रयोग तथा नाबालकलाई आपराधिक कार्यमा गराइएको संलग्नता, शैक्षिक सामाजिक र साँस्कृतिक सङ्गठन जस्ता संस्थालाई माध्यम बनाई गरेको कारोबार, सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो पदको दुरूपयोग गरी गरेको कारोबारको आधारमा निर्धारण गरिने अपराधको मात्रा मानिने भनी व्यवस्था गरिएको हुँदा आरोपित व्यक्ति कसुरमा संलग्न रहँदाको सम्पूर्ण अवस्थाको विचार गरी सजाय निर्धारण गरिनुपर्ने विधायिकी मनसाय रहेको देखिने । (प्रकरण नं. ४) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता भरतलाल शर्मा विपक्षी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४, १४(१) सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री तेजबहादुर कार्की पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री पुरूषोत्तम भण्डारी मा.न्या.श्री ईश्वरप्रसाद खतिवडा फैसला न्या.दीपकराज जोशी : पुनरावेदन अदालत, पाटनबाट मिति २०६७।२।५ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदनको रोहमा दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छ : मिति २०६२।१०।३ गतेका दिन काठमाडौं, का.म.न.पा. वडा नं. १ नागपोखरी बस्ने राजेश खड्गीसमेतले अवैध लागु औषध ओसार पसार तथा बिक्री वितरण गर्दछन् भन्ने सुराक पाए अनुसार राजेश खड्गीलाई पक्राउ गरी निजको घर कोठा खानतलासी गर्दा विभिन्न लागु औषध फेला परेको र सो लागु औषध बिक्री वितरण गरेबाट जम्मा भएको नगदसमेत रू. ३२,६२५।- बरामद भएको, सोही काममा निजको भाइ राजु खड्गीसमेत संलग्न रहेको र निजको साथबाट नगद रू. १३,७७०।- बरामद भएको हुँदा निजहरूउपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्र.स.नि. दलबहादुर बस्नेतसमेतको प्रहरी प्रतिवेदन । प्रतिवादी राजेश खड्गीको घर खानतलासी गर्दा राजेश खड्गी सुत्ने कोठामा सिरानीमुनी टि.डि. जेसिक, नरफिन, डाइजिपाम थान -८, फोनरेमन थान-२, एभिल थान-१, फोनिर मेलेट थान-१, इभिमार्क लेखि