निर्णय नं. ८१३० - उत्प्रेषण युक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१३० - उत्प्रेषण युक्त परमादेश भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६५/११/०८ ३५२० निर्णय नं. ८१३० २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, सयुक्त इजलास माननीय न्यायाधीश श्री वलराम के.सी माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल संवत् २०६३ सालको रि.नं.३४५५ आदेश मितिः २०६५।११।८।५ मुद्दाः उत्प्रेषण युक्त परमादेश । निवेदकः का.जि.का.नं पा वा.नं. ३२ मा अवस्थित नेपाल क्यानमुकान कराँते डो संघको तर्फबाट अख्तियारप्राप्त ऐ.का अध्यक्ष भई आफ्नो हकमा समेत ऐ वस्ने जनक सुवेदी विरुद्ध विपक्षीः नेपाल सरकार, भौतिक योजना तथा निर्माण मन्त्रालय, सिंहदरवार काठमाडौं समेत § प्रचलित कानूनविपरीत नहुने र नागरिकहरूको हक हनन् नहुने बाहेक अन्य जुनसुकै विषयमा कार्यकारिणी अधिकार प्रयोग गरी प्रधानमन्त्रीले निर्णय गर्न सक्छ । यस्तो नीतिगत निर्णय गर्नसक्ने प्रधानमन्त्रीमा कानूनी अधिकारको अलावा अन्तर्निहीत अधिकारसमेत रहने । (प्रकरण नं.३) § सार्वजनिक सरोकारको विवाद र त्यसमा संवैधानिक र कानूनी प्रश्न समावेश भएको जिकीर लिई उपचार खोज्न आउने व्यक्तिले निस्वार्थरूपमा सफा हात लिई आउनु पर्ने । (प्रकरण नं.५) § प्रक्रियागत रूपमा कार्यकारिणी अधिकार प्रयोग गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट निर्णय गरी सरकारी स्वामित्वमा रहने गरी र आवश्यक परेका बेला फिर्ता लिने गरी भोगाधिकारसम्म दिने गरी गरेको मन्त्रिपरिषद्को निर्णयमा कुनै कानूनी त्रूटि नदेखिने । (प्रकरण नं.७) निवदेक तर्फबाटः विद्वान अधिवक्ताहरू श्री हरिश्चन्द्र सुवेदी, श्री पदमबहादुर श्रेष्ठ र श्री ताराकुमार श्रेष्ठ विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद सिवाकोटी तथा विद्वान अधिवक्ताद्वय श्री प्रकाश राउत, श्री गणेशप्रसाद दुलाल अवलम्वित नजीरः सम्बद्ध कानूनः § संविधानको धारा ३५(२) र ८८(२) आदेश न्या.बलराम के.सी.:नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८ (२) अन्तर्गत यस अदालतमा दायर भएको प्रस्तुत रिटको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :– म निवेदक नेपाली नागरिक भएको र कराँते खेल खेल्न चाहना राख्ने व्यक्ति भएकोले कराँते खेललाई नेपालमा समेत संस्थागत रूपमा विकास गर्ने ईच्छा भएकोले मेरो सक्रियतामा मिति २०५८।८।११।१ मा नेपाल क्यानमुकान कराँते डो संघ विधिवत दर्ता गरी यस संघले कराँते खेलाडीहरूको उत्पादन गरी देश विदेशमा हुने विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलमा यस संस्थाका तर्फबाट भाग समेत लिई नेपालको नाम कराँते खेलमा उच्च राखेको छ । यस संस्थाको आफ्नो भवन जग्गा नभएकाले सिँहदरवार क्षेत्रको स्वीकृत गुरुयोजनाअनुरूप सिंहदरवार कम्पाउण्ड वाहिर पर्न गएको अनामनगर हनुमानस्थान अर्थात का.जि. का म .न.पा. वा.नं ३२ को कि.नं.१ को क्षेत्रफल ०–४–२–३ जग्गा र सो जग्गामा वनेको जीर्ण घर भएकोले सो घर जग्गा उपभोगको लागि का.म.न.पा. मा निवेदन गर्दा निवेदकलाई उपभोग गर्न दिएकोले यस संस्थाले रु ५ लाखभन्दा वढी खर्च गरी घर मर्मत संभार गरी सो घरमा कराँते खेलको प्रशिक्षण दिईदै आएको छ । साथै करीब दुई लाखभन्दा वढी खर्च गरी सोमा माथिल्लो तला निर्माण गरी यस संघले अफीस सञ्चालन र खेल प्रशिक्षण दिदैआएको छ । उक्त घर जग्गा सार्वजनिक घर जग्गा हो र यस्तो सार्वजनिक जग्गा कसैलाई दिन मिल्दैन । यस्तो सार्वजनिक घर जग्गा नेपाल सरकारले विभिन्न व्यक्ति तथा सार्वजनिक उद्देश्य नभएका संघ संस्थालाई अर्थात सरकारमा बस्ने विपक्षीले आफ्ना मान्छेलाई पदको दुरुपयोग गरी त्यस्त