निर्णय नं. ८१३१ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१३१ - उत्प्रेषणयुक्त परमादेश भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/०१/२२ ३१२६ निर्णय नं. ८१३१ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल संवत् २०६५ सालको रिट नं. ९३५ आदेश मितिः २०६६।१।२२।३ विषय : उत्प्रेषणयुक्त परमादेश । निवेदकः राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष शालिग्रामप्रसाद ढुंगेल विरुद्ध विपक्षीः लोकसेवा आयोग, केन्द्रीय कार्यालय, कमलपोखरी काठमाडौं समेत § प्रकाशित विज्ञापनअनुसारको क्षेत्रमा सेवा गर्ने मनसायले उम्मेद्वार हुन आउने योग्यता पुगेका सम्भावित जोसुकै उमेद्वारलाई सम्मिलित गराउन विपक्षी लोकसेवा आयोगलाई कुनै कानूनले बाधा पुग्न जाने नदेखिने । § प्रकाशित विज्ञापनअनुसारको परीक्षामा वढुवा भएपछि सम्वन्धित जिल्लामा गै कार्य गर्नुपर्ने कुरामा विवाद र शंका गरिरहनु पर्ने अवस्था देखिदैन । यसरी प्रतिस्पर्धामा भाग लिन वन्देज लगाउने हो भने कानूनले गरेको व्यवस्थाको पालना हुन नसक्नुको अलावा योग्य उमेदवारको छनौट हुन नसक्ने अवस्थाको सिर्जना हुन जानेतर्फ पनि लोकसेवा आयोगको दृष्टि पुग्नुपर्ने । (प्रकरण नं.२) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री हरि उप्रेती विपक्षी तर्फवाटःविद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्र पोखरेल अवलम्वित नजीरः सम्बद्ध कानूनः § निजामती सेवा (संशोधन सहित) ऐन, २०४९ को दफा ७(१)(घ), ७(१)(६) § निजामती सेवा नियमावली, २०५० को नियम ७(१)(घ), ७६(ख)(३) आदेश न्या.दामोदरप्रसाद शर्माः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ एवं १०७ (२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- नेपाल सरकारले निजामती सेवामा रहेको श्रेणीविहीन पदलाई क्रमशः हटाउँदै लाने र सो पद नै नराख्ने नीति अवलम्वन गरेअनुरूप रा.प.अनं द्वितीय श्रेणीको पदपूर्ति गर्दा रिक्त पदमध्ये २० प्रतिशत पदहरू आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्ने र त्यसरी पूर्ति गर्दा श्रेणीविहीन पदमा कार्यरत् रहेको कुनै व्यक्तिको रा.प.अनं द्वितीय श्रेणीको पदमा सेवा प्रवेशको लागि तोकिएको न्यूनतम् शैक्षिक योग्यता र न्यूनतम् सेवा अवधि पुगेको भएमा त्यस्तो व्यक्तिले समेत उक्त प्रतियोगितामा भाग लिन पाउने व्यवस्था निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन) को दफा ७(१) को खण्ड (घ) र उपदफा (छ) मा समावेश गरी मिति २०६४।४।१ देखि लागू गरियो । यसै क्रममा माथि उल्लिखित प्रक्रियाद्वारा पदपूर्ति गर्न लोकसेवा आयोगको तथ्याङ्क तथा प्रकाशन शाखाबाट रा.प. अनंकित द्वितीय श्रेणीको १६७ पदहरूका लागि विज्ञापन प्रकाशन गरियो । जिल्लागत रुपमा पूर्ति गर्ने गरी प्रकाशन गरिएको उक्त पदको विज्ञापनमा लोकसेवा आयोगको सम्बन्धित कार्यालयले सम्बन्धित जिल्लामा कार्यरत कर्मचारीबाहेक अरुको दरखास्त लिन नमानेको र म निवेदक काठमाडौँ जिल्लाका लागि खुलेको प्रशासनतर्फको खरिदार पद १ का लागि दरखास्त दिन जाँदा नि.से.ऐन तथा नि.से.नि.ले रा.प. अनं पदका लागि केन्द्रस्तर र जिल्लास्तरलाई छुट्टाछुट्टै बढुवा क्षेत्र (Promotion Zone) मानेकोले म निवेदकलाई केन्द्रस्तरको कार्यालयमा कार्यरत् रहेको भनी मेरो दरखास्तमा अस्वीकृत भन्ने व्यहोरा जनाई दरपीठ गरियो । यसै बीच रा.प. अनं. द्वितीय श्रेणीको पद आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्दा जिल्लागत रुपमा गर्ने वा राष्ट्रिय रुपमा गर्ने भन्ने सम्बन्धमा नीतिग