निर्णय नं. ८१३२ - निर्णय दर्ता बदर जग्गा हक कायम खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१३२ - निर्णय दर्ता बदर जग्गा हक कायम खिचोला भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६५/१२/२५ ४०५४ निर्णय नं. ८१३२ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला संवत् २०५९ सालको दे पु.नं. ... ९३८३ फैसला मितिः २०६५।१२।२५।३ मुद्दा :– निर्णय दर्ता बदर जग्गा हक कायम खिचोला । पुनरावेदकः कास्की जिल्ला कन्धनीडाँडा गा.वि.स. हाल लेखनाथ न.पा. वडा नं. ४ बस्ने भुवानी राजभाट बिरुद्ध प्रत्यर्थीः ऐ. ऐ. लेखनाथ नगरपालिका वडा नं. ४ बस्ने प्यामबहादुर राजभाट शुरु फैसला गर्नेः मा.जि.न्या.श्री टंकबहादुर मोक्तान पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री ताहिर अली अन्सारी मा.न्या.श्री हरिराम कोइराला § हदम्यादको प्रश्न कानूनी प्रश्न भएकाले अदालतले यो बिषयलाई जहिले पनि उठाउन सक्ने । § कानूनले निर्धारित गरेको हदम्यादभित्र फिराद परे नपरेको हेरी हदम्यादभित्र परेको नदेखिएमा त्यस्तो हदम्याद नाघेको फिरादको आधारमा निर्णय दिन नसकिने भई सो फिराद खारेज गर्नुपर्ने । (प्रकरण नं.२) § अचल सम्पत्तिमा रहेको आफ्नो हक स्वामित्वको संरक्षण सो सम्पत्तिको स्वामित्व धारण गर्ने व्यक्ति स्वयंले गर्नुपर्ने र अरु कसैले सो हक अपहरण गरेको थाहा पाएको अवस्थामा नै कानूनी उपायको अवलम्बन गर्नुपर्ने । § कानूनले निर्धारण गरेको समयावधिभित्र कानूनी उपायको अवलम्बन नगरे सो समयावधिपश्चात् अर्थात हदम्याद नघाई कानूनी उपचार खोज्नेलाई अदालतले सहयोग गर्न नसक्ने । (प्रकरण नं.३) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता श्री विश्वप्रकाश सिग्देल अवलम्वित नजीरः सम्बद्ध कानूनः § जग्गा पजनीको १७ नं. § जग्गा मिच्नेको १८ नं. फैसला न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत पोखराको २०५८।९।१७ को फैसलाउपर प्रतिवादीले मुद्दा दोहोर्याई हेरी पाऊँ भनी निवेदन दिई यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र ठहर यस प्रकार छः– विपक्षी भुवानी राजभाट मेरा काका नाता पर्नु हुन्छ । विपक्षी काका भुवानी राजभाट तथा मेरा वावु लटे राजभाट समेतका बीच सर्भे नापी हुनु भन्दा अगाडि नै व्यवहार प्रमाणबाट अंशवण्डा समेत भै आ–आफ्नो हिसावले अलग–अलग बसी काम व्यवहार गरिआएका छौं । बाबु लटे राजभाटका नाउँमा नापी दर्ता भै स्रेस्ता पूर्जा मात्र लिन वाँकी रहेको अबस्थामा विवादित साविक कन्धनीडाँडा गा. पं. वडा नं. ५ कि. नं. १०४ को क्षे. फ. ०–८–०–२ को जग्गा गलत तथ्य उल्लेख गरी मालपोत कार्यालय कास्कीको मिति २०३९।१०।१७ को निर्णयानुसार विपक्षी भुवानी राजभाटले आफ्ना नाउँमा छूट जग्गा भनी दर्ता गर्नु भएको र हकको स्रोतको अभावमा विपक्षीले गराएको दर्ता आँफैमा दूषित एवं अमान्य मान्नुपर्ने हुँदा मालपोत कार्यालय कास्कीको मिति २०३९।१०।१७ को निर्णय र सो आधारमा विपक्षीले गराएको कि. नं. १०४ को दर्ता समेत बदर गरी उक्त कित्ता जग्गामा म फिरादीको हक कायम गरी मेरै नाउँमा दर्ता नामसारी दा. खा. गरी विपक्षीले गरेको खिचोला समेत मेटाई हक इन्साफ गरिपाऊँ भन्ने मिति २०५४।१२।२६ को वादी प्यामबहादुर राजभाटको फिराद पत्र । विपक्षी वादी प्यामबहादुर मेरा दाजु लटेका छोरा मेरा भतिजा नाता पर्ने हुन् । २०३२ सालमा कित्ताकाट हुँदा १०३, १०५, ९१ कि. नं.का जग्गा मेरा ना