निर्णय नं. ८१३३ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१३३ - उत्प्रेषणयुक्त परमादेश भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६५/१२/११ ४८२२ निर्णय नं. ८१३३ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय संवत् २०६३ सालको रिट नं. ०८४० आदेश मितिः २०६५।१२।११।३ विषयः– उत्प्रेषणयुक्त परमादेश । निवेदकः कास्की जिल्ला काँहु गा.वि.स. वडा नं. १ घर भई नेपाल बैंक लिमिटेड शाखा कार्यालय वाग्लुङको सहायक पदबाट पद घटुवा गरिएका सुवासचन्द्र आचार्य बिरुद्ध विपक्षीः नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, धर्मपथ, काठमाडौं समेत § सजाय दिन पाउने अधिकारीले सजाय दिने सम्बन्धमा स्पष्टीकरण लिने निर्णय गरेपछि सो निर्णयबमोजिमको सूचना अन्य व्यक्तिले दिन मिल्ने । (प्रकरण नं.२) § मातहतका कर्मचारीको गलत कार्यको नियन्त्रण गर्न नसक्नु र नक्कली वैंक ब्यालेन्स, स्टेटमेण्ट जारी गर्ने तथा ग्राहकको नाममा काल्पनिक रूपमा रकम जम्मा गरी त्यस्तो काल्पनिक खाताबाट आफ्नो खातामा रकम जम्मा गरी रकम झिक्नु फरक–फरक कसूर हुने भएकाले फरक–फरक कसूरमा कसूरको मात्रा अनुसार फरक फरक सजाय हुने । (प्रकरण नं.३) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेती विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री शैलेन्द्रकुमार दाहाल अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपाल बैंक लिमिटेड कर्मचारी नियमावली, २०४८ को नियम ८.४(क) र (३) § नेपाल वैंक लिमिटेड कर्मचारी सेवा विनियमावली, २०६२ को विनियम १२.१(३), १२.४(२), १२.११ र अनुसूची २४ आदेश न्या.रामकुमारप्रसाद शाहः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२/१०७ अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण र आदेश यस प्रकार छः– म निवेदक वैंकको शाखा कार्यालय वाग्लुङ्गको सहायक पदमा कार्यरत् रही इमानदारीपूर्वक कामकाज गरिआएको छु । यसै बीचमा म बैंकको शाखा कार्यालय पोखरा कास्कीमा कार्यरत् रहेको अबस्थामा आफ्नो पदको जिम्मेवारी अनुसारको आचरण नगरी बैंकका ग्राहकहरूलाई बैंक व्यालेन्स सर्टिफिकेट लिनको लागि रकम उपलव्ध गराई सोबापत निजहरूबाट रकम लिनुको साथै कीर्ते कारोवार उल्लेख गरी व्यालेन्स स्टेटमेन्ट उपलब्ध गराउनसमेत संलग्न रहेको तथा खातावालाको खाताबाट खातावालाको निवेदनवेगर डेविट भौचरबाट रकमान्तर गराई भुक्तानी दिने कार्य गरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बैंकलाई हानि नोक्सानी पुर्याउने कार्य गरेको देखिएकोले नेपाल बैंक लिमिटेड कर्मचारी नियमावली, २०४८ (साविक नियमावली) तथा नेपाल बैंक लिमिटेड कर्मचारी विनियमावली, २०६२ (हालको विनियमावली) बमोजिम विभागीय कारवाही किन नगर्ने भनी १५ दिनभित्र स्पष्टीकरण पेश गर्नु भनी मिति २०६२।८।२ को पत्रद्वारा स्पष्टीकरण सोधिएकोमा त्यस्तो सजाय हुनु नपर्ने भनी आफ्नो जो भएको व्यहोरा उल्लेख गरी सो स्पष्टिकरणको जवाफ यथासमयमा नै पेश गरेको थिएँ । त्यसपछि बैंकको मिति २०६२।६।९ को पत्रबाट नेपाल बैंक लिमिटेड कर्मचारी नियमावली, २०४८ को (साविक नियमावली) नियम ८.४(क) र (घ) तथा नेपाल बैंक लिमिटेड कर्मचारी विनियमावली, २०६२ (हालको विनियमावली) को विनियम १२.४ (२) को कसूरमा साविक नियमावलीको नियम ८.१ (४) र हालको विनियमावलीको १२.१.(३) बमोजिम तल्लो पदको शुरु स्केलको तलव तथा सुविधा पाउने गरी तल्लो पद अर्थात एक तह मुनिको पदमा पद घटुवा किन नगर्ने भनी स्पष्टीकरण सोधिएकोमा मलाई त्यस प्रकारको विभागीय सजाय हुनु नपर्ने भनी स्पष्टीकरणको जवाफ समेत