निर्णय नं. ८१३४ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१३४ - कर्तव्य ज्यान भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/०१/०३ ३१८६ निर्णय नं. ८१३४ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय नयायाधीश श्री मोहनप्रकाश सिटौला संवत् २०६५ सालको फौ.पु.नं. –८२८ फैसला मितिः २०६६।१।३०।४ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : रामेछाप जिल्ला, डडुवा गा.बि.स. वडा नं.२ घर भई हाल कारागार शाखा नख्खुमा थुनामा रहेको सुकलाल तामाङ विरुद्घ प्रत्यर्थी/वादीः रामकुमार थिङको जाहेरीले नेपाल सरकार शुरु ललितपुर जिल्ला अदालतमा फैसला गर्नेः– मा.जि.न्या. श्री कुमारप्रसाद पोखरेल पुनरावेदन फैसला गर्नेः मा.मु.न्या. श्री रणबहादुर बम मा.न्या. श्री हरिप्रसाद घिमिरे § पूर्व रिसइवीले मार्ने योजना नभएर सामान्य बिवादको परिणाममा तत्काल उठेको रिसबाट कर्तव्य गरी मृत्यु भएको स्थिति प्रमाणहरूबाट खुल्न आउनुका साथै प्रतिवादीले घटना दवाउने वा प्रमाण लोप गर्ने जस्तो काममा नलागी स्पष्ट र साँचो कुरा भनेर अनुसन्धानमा र न्यायिक प्रक्रियामा सहयोगसमेत पुर्‍याएको अवस्था भएकाले प्रतिवादीले ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसूर गरेको ठहरे तापनि निजको उमेर घटनाको प्रकृति र पारिवारिक अवस्थासमेत हेर्दा निजलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गर्दा चर्को पर्ने देखिएकोले अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद सजाय हुने । (प्रकरण नं.५) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री रामकृष्ण काफ्ले र श्री बद्रीप्रसाद भुषाल प्रत्यर्थी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(३) § अ.बं. १८८ नं. आदेश न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन , २०४८ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :- मिति २०६२/१/११ गते दिउँसो ल.पु.जि.ल.पु.उ.म.नं.पा. वडा नं. २ सानेपा स्थित चम्पा डंगोलको घरमा डेरा गरी बस्ने महिला मानिस कोठामा नै मृत अवस्थामा छन् भन्ने जानकारीअनुसार उक्त स्थानमा पुग्दा सुकलाल तामाङको श्रीमती शान्ति तामाङ मृत अवस्थामा निजको डेरा कोठामा नै फेला परेकी र निजको श्रीमान उक्त स्थानमा फेला नपरेको र मृतकको लाशउपर कानूनबमोजिम गरिपाऊँ भन्ने प्रहरी प्रतिवेदन । ल.पु.जि.ल.पु.उ.म.नं.पा.वडा नं.२ सानेपा स्थितपूर्वमा चम्पा डंगोलको घर,पश्चिम चम्पा डंगोलको घर,उत्तर सुरेन्द्र नेपालीको र दक्षिण चम्पा डंगोलको टहरो यति चार किल्लाभित्र चम्पा डंगोलको दक्षिण मोहोडा भएको भुइतले टहरो भएको, सो टहरोभित्र प्रवेश गर्ने खुल्ला ढोका रहेको, सो टहराको उत्तरतर्फको कुनामा बिस्तारासहितको खटियामा पूर्व टाउको पश्चिम खुट्टा भई उतानो अवस्थामा शान्ति तामाङको मृतक अवस्थामा लाश फेला परेको,मृतकको दुवै आँखा बन्द भएको,मुखबाट तरल फिज जस्तो पदार्थ निस्किएको, मृतकको घाँटीमा दाहिने कानको तलको भागदेखि देब्रे कानको तलको भागसम्म सी.अंग्रेजी आकारको डोरीको जस्तो डाम भएको,लाशले लगाएको कपडा खोली हेर्दा मृतक फुले जस्तो भएको अवस्थामा पाइएको भन्ने घटनास्थल लाश मुचुल्का । ल.पु.जि.सानेपा स्थित चम्पा डंगोल घरमा सुकलाल तामाङ डेरा कोठा गरी बस्दै आएको टहरा सो कोठाभित्र उत्तरतर्फको कुनामा काठको खटिया भएको,सो काठको पूर्वपट्टिको कुनामा लुगाहरू झुण्डाएको, सो खटियाको नजिकै कपडाहरूमा निलो रङको कुर्ता सुरुवालमा ओडने सलको टुक्राको लम्बाई दुई फीट सात ईञ्च भएको,सो सलको ट