निर्णय नं. ८१३६ - ज्यान मार्ने उद्योग ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१३६ - ज्यान मार्ने उद्योग । भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६५/१२/१७ ३७७९ निर्णय नं. ८१३६ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६१ सालको स.फौ.पु.वे.नं. ३६६१ फैसला मितिः २०६५।१२।१७।२ मुद्दाः ज्यान मार्ने उद्योग । पुनरावेदक÷वादीः– विनोदकुमार शाहको जाहेरीले नेपाल सरकार । विरुद्ध जिल्ला धनुषा दुवरकोट हथलेटवा गा.वि.स.वा.नं. ६ बस्ने ठकहर मुखियाविन समेत । फैसला गर्ने न्यायाधीशः– मा.मु.न्या. बद्रीकुमार बस्नेत मा.न्या. श्री विष्णुप्रसाद ढकाल § कर्तव्य गरी ज्यान मारेको वा मार्नमा उद्योग गरेको भत्रे कसूरमा मनसाय तत्व प्रमुख रहन्छ । मनसायवेगर कसैले कसैको हत्या गर्दैन त्यसकारण मनसाय पत्ता लगाउनु आवश्यक हुन्छ । मनसायको निर्धारण कसूर वारदातसंग सम्बन्धित काम कारवाहीहरूबाट गर्नुपर्ने हुन्छ । बन्दुक फायर हुनु नै ज्यान मार्ने मनसाय हो भनी भत्र नसकिने । (प्रकरण नं.४) § कुनै पनि वारदात कुटपीटभित्र पर्ने वा कर्तव्य ज्यानको हुने भत्रे भित्रता छुट्ट्याउने मापदण्ड भनेको वारदातको प्रकृति एवं त्यसमा संलग्न व्यक्तिहरूको मनसाय हुने । (प्रकरण नं.६) पुनरावेदक तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल प्रत्यर्थी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता विश्वनाथ उपाध्याय अवलम्वित नजीरः सम्बद्ध कानूनः फैसला न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पु.वे.अ. जनकपुरको फैसलाउपर पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- जिल्ला धनुषा दुवरकोट हथलेटवा गा.वि.स.वा.नं. ६ स्थित रामजतन मुखियाको घरको दक्षिणमा कोवी खेतीमा टाटी तोडफोड भएको कोवीका बोट विरुवाहरू टुक्राटुक्रा भई मडारिएर भाचिएको जमिनको माटो लिइएको, कोवी खेती भित्र कुकुर एकलाई गोलीको छर्रा लागी घाइते भई मृत्यु अवस्थामा रहेको सो मृतक कुकुरदेखि अं. १० मीटर दूरीमा १२ वोर टोटावाला गोलीको खाली खोका फेला परेको भत्रे समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । जिल्ला धनुषा दुरकोट हथलेटवा गा.वि.स. वा. नं. ६ स्थित घटनास्थल नजिक उत्तर दक्षिण जाने आउने बाटोको छेउमा रहेको झारपातहरू माथि अंग्रेजी अक्षर र अंकमा स्पेशल यम यम ३० ग्राम के यफ १२ लेखिएको रातो रंगमा कडावाला कागजले पित्तल धातु राखी बनाइएको टोटावाला गोलीको खाली खोका बरामद भएको बरामदी मुचुल्का । जालसाजी समेत मुद्दा परेको रिसइवीलाई लिएर भालु साह समेत जना ११ प्रतिवादीहरू रामजतन घरमा नभएको मौका मिलाई यही २०५६।१०।६ गते बिहान ९ बजेको समयमा बन्दुक, फर्सा र लाठीसमेतले सुसज्जित भै गोपाल मुखियाको आदेशलाई मानी महेश साहले बन्दुकले विनोदकुमार साहलाई घाइते बनाएको, रामदेव साहले बन्दुकले फायर गरी ओपिन्दर दासलाई घाइते बनाएको, वैधनाथ मुखियाले प्रहार गरेको बन्दुकले सजुकुमारी र रामबहादुर घाइते भएको, बिनोदकुमारलाई पुनः ठकहर मुखिया विनले गोली प्र्रहार गरेको, चन्देश्वर पुखिया र विनले प्रहार गरेको बन्दुकद्वारा पिरथिचन मुखिया घाइते भएको, शिवजी मुखियाले फर्साको बौएलाल मुखियाको टाउकोमा प्रहार गरी काटिएको, सुकलाल मण्डलले लाठीले दुलारी देवीलाई घाइते बनाएको र रघुनाथले दुलारीदेवीलाई लाठी समेतले हानी घाइते बनाई मरणसन्न बनाएकोमा तत्कालै उपचार गरे पश्चात ज्यानसम्म बाँचेकाले ज्यान मार्ने उद्योगमा कारवाही गरिपाऊँ भत्रे समेत व्यहोराको जाहेरी दरखास्त । २०६५।१