निर्णय नं. ८१३७ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१३७ - उत्प्रेषणयुक्त परमादेश भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६५/१२/२४ ४२३४ निर्णय नं. ८१३७ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी सम्बत २०६५ सालको रिट.नं. WO..०६१३ आदेश मितिः २०६५।१२।२४।२ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः जिल्ला झापा गरामुनी गा.वि.स वडा नं. ६ घर भै हाल पद्मकन्या क्याम्पस वागबजारमा वि.वि.एस. प्रथम वर्षमा अध्यनरत रही स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अखिल (क्रान्तिकारी), अनेरा स्ववियु (एकिकृत) को संयुक्त प्यानलको तर्फबाट सभापति पदको उम्मेदवार मेनुका बराल विरुद्ध विपक्षीः स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन परिचालन समितिका संयोजक तथा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाडौंका शिक्षाध्यक्ष प्रा.सूर्यलाल अमात्य समेत § निवेदकले निवेदनमा निर्वाचनमा उल्लेख भएका व्यहोरा निवेदकको भनाई सिवाय अन्य कुराबाट पुष्टि हुन सकेको अवस्था छैन । निवेदकले उल्लेख गर्नु भएको नियम ३५२ को कानूनी व्यवस्था विपरीत के कस्तो कारण निर्वाचन भएको निवेदक स्वयमले भन्न नसकेको समेतबाट प्रथम दृष्टिबाट नै निवेदकको मागबमोजिम आदेश जारी हुनसक्ने पर्याप्त आधार कारण नदेखिँदा लिखित जवाफ मागी रहनु नपर्ने । (प्रकरण नं. ३) निवेदक तर्फबाटःविद्वान अधिवक्ता श्री सोमनाथ सापकोटा विपक्षी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियमावली, २०५० को परिच्छेद् ८३ नियम ३५२ र ३५२(क)(ख)(ग)(घ) आदेश नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ अन्तर्गत धारा १०७(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदन यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने हुँदा निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः– निवेदक २०६५।१२।६ गते तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पद्मकन्या क्याम्पसमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेरास्ववियु (एकिकृत) को तर्फबाट संयुक्त प्यानल बनाई सभापति पदको उम्मेदवार थिएं । निर्वाचन धाँधलीसहितको हुने क्रियाकलाप विपक्षीले देखाएकोले हाम्रो प्यानलको आवाजमा अनिश्चितकालीन समयको लागि निर्वाचन स्थगित भयो । धाधलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण भएपछि निर्वाचन गर्ने, सो सम्बन्धमा विद्यार्थी संगठनहरू, निर्वाचन समितिसमेतको छलफल भएको र पछि मिति तोक्ने कुरा तय भएकोमा २०६५।१२।१२ मा क्याम्पस प्रमुखले वैठक वोलाए । सवैको सहमतिबाट निर्वाचन मिति तय गर्ने भनिएता पनि २०६५।१२।१४ मा क्याम्पस प्रमुखले निर्वाचन संयोजक हेमचन्द्र नेपाललाई पत्र लेखी त्रि.वि.वि. केन्द्रीय कार्यालयको २०६५।१२।९ को निर्णयअनुसार स्थगित निर्वाचन २०६५।१२।१७ मा सम्पन्न गर्नु भन्ने पत्र जवर्जस्त रूपमा पठाइयो । सवैको सहमतिमा निर्वाचन तय गर्ने भन्ने ज्ञापनपत्र दिई आश्वासनसमेत पाएकोमा एकाएक एकपक्षीय रूपमा निर्वाचन मिति तय गरी म एंव मेरो प्यानललाई निर्वाचनमा भागै लिन नसक्ने वातावरण वनाइयो । हाम्रो पक्षकालाई कुट्ने पिट्ने, वाहिरबाट मानिस ल्याउने, नक्कली परिचयपत्र वितरण गर्ने, टिपेक्स प्रयोग गरी मतपत्रमै धाँधली गरी निर्वाचन गरियो । निर्वाचन अधिकृतका सहिछाप नभएका मतपत्रसमेत प्रयोग गरी एकलौटी रूपमा निर्णय परिणाम घोषणा गरियो । आमनिर्णयको मान्यता विपरीत रहेको निर्वाचन, त्यसको परिणाम एवं विपक्षीको कार्य अन्तरिम संविधान, २०६३ को धारा १२, १३(१)(२)(३) त्रि.वि. संगठन तथा शैक्षिक प्रशासन नियमावली, २०५० को परिच्छेद