निर्णय नं. ४८४० - उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरी पाऊ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८४० - उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरी पाऊ भाग: ३५ साल: २०५० महिना: चैत्र अंक: १२ फैसला मिति :२०५०/०८/०७ २४१५ निर्णय नं. ४८४० ने.का.प. २०५० (ग) अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधिश श्री अरविन्दनाथ आचार्य २०४८ सालको रिट नं. – २०९० आदेश मिति: २०५०।८।७।२ निवेदक : लुम्बिनी विद्युत उद्योग प्रा.लि. बुटवलको अख्तियार प्राप्त संचालक जगदीश प्रसाद चौधरी । विरुद्ध विपक्षी : कर कार्यालय, भैरहवा समेत । विषय : उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरी पाऊ । (१) रिट निवेदनमा कर अधिकृतले सफाईको उचित र पर्याप्त मौका समेत नदिई त्रुटीपूर्ण रुपमा कर निर्धारण आदेश गरेको बदर गरी पाउँ भनी मर्न आएको देखिन्छ । त्यसरी कर निर्धारण आदेश गरेकोमा आयकर ऐन, २०३१ को उपरोक्त दफा ३४ (२) र ५७ वमोजिम महानिर्देशक समक्ष निवेदन दिन सक्ने तथा राजश्व न्यायाधिकरणमा पुनरावेदन दिन पाउने वैकल्पिक उपचारको बाटो विद्यमान रहे भएकै पाईयो । निवेदकले उक्त वैकल्पिक उपचारको बाटो अवलम्बन नगरी रिट क्षेत्रमा प्रवेश गरेको देखियो । अतः वैकल्पिक उपचारको बाटो विद्यमान छंदाछंदै रिट क्षेत्रबाट हेर्न नमिल्ने हुँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्र.नं.७) विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठ आदेश न्या.गोविन्द बहादुर श्रेष्ठ १. नेपाल अधिराज्यको संविधान, २०४० को धारा २३।८८ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ । २. यस कम्पनी संचालन भएको मितिबाट पाँच वर्षसम्म कर छूट पाउने भएको, ०४६।४७ सालको विवरण भर्न ०४६।९।१८ मा लेखा परिक्षण बाँकी रहेको हुनाले मोटामोटी विवरण पठाई ०४७।१।११ मा वासलात सहित नाफा नोक्सान देखाई ०४४।४५ को नोक्सान नकटाई खूद मुनफा रु. १५,६२,८५६।४७ को भएको आय विवरण भरी पठाएको सोही सम्बन्धमा हिसाब किताब लिई उपस्थित हुन आउनु भन्ने पत्र कंम्पनीलाई पठाएकोमा सातदिन भित्र कंम्पनीको प्रतिनिधि श्री वीरेन्द्र कुमार जैन ०४७।७।१७ मा विपक्षी कर कार्यालयले हचुवा तवरले आ.व.०४५।४६ को खुद मुनाफालाई वास्तविक मुनाफा भन्दा बढाई रु, २०,५१,६०५।६९ कायम गरी ०४८।७।१५ को कर निर्धारण गरेको आदेश प्राप्त भयो । ३. कम्पनीको तर्फबाट आय विवरण दाखिल भएकोमा सो कुन कुन कारणबाट गलत भयो भन्ने आधार खोली मात्र यति वोटा भएको वति मुनाफा भएको भन्ने निर्णय भर्न सक्नेमा त्यस्तो कुनै आधार वेगर हचुवा तवरले “नाफा नोक्सान बराबर” कायम गरि गरिएको आय विवरण पूर्णत वटीपूर्ण छ । ऐनको दफा ५६ (२) वमोजिम झुठ्ठा विवरण दाखिल गरेको भनने कुराको विर्णय विपक्षी कार्यालयको विपक्षी प्रमूख कर अधिकृतले नगरेसम्म कम्पनीको तर्फबाट प्रस्तुत गरेको आय विवरणलाई मान्दिन भन्न पाउने अधिकार विपक्षीलाई छैन । आयकर ऐन, २०३१ को दफा ३३(२),(३) बमोजिम कर निर्धारण गर्दा निर्धारण आदेश गर्नु पूर्व दफा ३३ (४) वमोजिम रीतपूर्वकको सूचना पठाउनु पर्ने कानूनी वाध्यता छ । ०४८।२।२ मा कम्पनीका नाममा पठाइएको पत्रमा ३३ (४) को प्रयोजनको लागि मनसिक माफिकको मौका दिइएको भनी उल्लेखसमम गरिएको भएता पनि सीमा केवल ऐन नियमले खर्चहरु दिन नमिल्ने जति खुद आयमा समावेश गर्ने र कारोवारको अनुपातमा बढी खर्च लेखिएकोले खुद आयमा समावेश गर्ने र सो सम्बन्धमा आफ्नो भननु पर्ने भए ७ भित्र पेश गर्नु भनी उल्लेख गरिएको, कुन कुन र आधारमा के कति खुद याय कायम हुने हो यो रकम र आधार खोली सोधिएको