निर्णय नं. ६९८५ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९८५ - लेनदेन भाग: ४३ साल: २०५८ महिना: असार अंक: ३ फैसला मिति :२०५७/०७/१७ ५१६९ निर्णय नं. ६९८५ ने.का.प. २०५८ अङ्क ३.४ पूर्ण इजलास माननीय न्यायधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायधीश श्री केदारप्रसाद गिरी सम्वत् २०५६ सालको दे.पु.ई.नं. ........७१ फैसला मितिः २०५७।७।१७।५ मुद्दाः लेनदेन । पुनरावेदक/प्रतिवादीः काभ्रेपलाञ्चोक जिल्ला टौखाल गा.वि.स. वडा नं. ७ एपटार बस्ने राजेन्द्रकुमार कुँवर समेत । विरुद्ध प्रत्यर्थी/वादीः राष्ट्रि वाणिज्य बैंक, काठमाडौं शाखा, विशालबजार काठमाडौं । § नेगोसियट गर्ने बैंकको हैसियतले वादी वैंकले आफ्नो ग्राहकलाई विदेशी आयात कर्ताको विदेशस्थित बैंकबाट एल.सी.को रकम भुक्तानी दिएको बुझिलिने, आप्नो ग्राहकको व्यापारिक सुविधाको लागि ग्राहकद्वारा निर्यात गरिएको सामानको डकुमेन्टमा कर्जा दिने र एल.सी वापत ग्राहकको लागि विदेशी बैंकबाट दिएको भुक्तानीबाट सोधभर्ना गर्दै जाने व्यापारिक बैंकहरुबाट गरिने सामानय बैकिङ्ग कारोवार हो । नेगोसिउटिङ्ग बैंकद्वारा यस्तो कार्य केही कमिशनको निमित्त गरिन्छ भने निर्यातित सामानको इन्भ्वाइसमा तमसुक गराई ऋण दिएकोमा ब्याज समेत प्राप्त गर्ने गर्छन । बैंकद्वारा गरिने यस किसिमको कारोवारमा आयात निर्यात व्यापारको स्वयं पष हुने कुरा नभै अन्तर्राष्ट्रियय आयात निर्यात व्यापारलाई सघाउसम्म पुर्‍याउने (Facilitates) गर्ने भूमिका बैंकको हुन्छ । नेगोसियट गर्ने बैंक स्वयंको लापरवाहीवा गल्तीले गर्दा करारका पक्षहरुलाई नोक्सान हुन गएको स्पष्ट स्थितिमा बाहेक एल.सी.को कागजात र निर्यातित सामान सम्बन्धमा करार बमोजिम नभै फरक परेको (Discripancies) सम्बन्धमा त्यस्तो बैंकको कुनै जवाफदेही हुँदैन । § एल.सी. खोल्ने पक्ष टेक्सइम्पोर इन्क न्यूयोर्कले शुभकामना गार्मेन्टद्वारा पठाइएका कागजातहरु (Advised Document) मा त्रुटि (Discripancies) भएको भनी स्वीकार नगरेकोले एल.सी. जारी गर्ने बैंक अफ इण्डिया न्यूयोर्कबाट प्रत्यर्थी बैंकले आफूले लिखत गराई प्रतिवादीलाई दिएको रकम शोधभर्ना गर्न नसकेको अवस्थामा सामान निर्यातकर्ता तथा आयातकर्ता बीचको करारीय दायित्व पुरा भएको भनी त्यस सम्बन्धमा करारको पक्ष नरहेको प्रत्यर्थी बैंकमा करारीय दायित्व रहेको मान्न सकिदैन । § आयात निर्यात व्यापार कारोवारको पक्ष नरहेको र एल.सी. कारोवारको दायितव पनि नरहेको वादी बैंकलाई करार ऐन, २०२३ का हदम्याद लाग्ने अवस्था समेत देखिन आएन । वादी बैंकले प्रतिवादीसँग आयात निर्यात अथवा प्रतितपत्रको कारोवार भन्दा छुट्टै लेनदेन साहु असामीको तमसुकी कारोवार गरेको देखिएको र सो तमसुक वापत कानूनको म्याद भित्रै नालेश परेको देखिन आउने । (प्र.नं. २४ र २६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कुशुम श्रेष्ठ, विद्वान अधिवक्ताहरु श्री कोमप्रकाश घिमिरे, श्री सुधिर श्रेष्ठ विपक्षी वादीका तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री पूर्णमान शाक्य अवलम्वित नजिरः फैसला न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत पाटको मिति २०५०।३।२४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा पर्न आएको पुनरावेदन निर्णयार्थ पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य नभई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यस प्रकार छः २. विपक्षीहरु राष्ट्रि वाणिज्य बैंकसँग कारोवार गर