निर्णय नं. ६९८६ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९८६ - उत्प्रेषणयुक्त परमादेश भाग: ४३ साल: २०५८ महिना: असार अंक: ३ फैसला मिति :२०५७/०८/२२ ६५५४ निर्णय नं. ६९८६ ने.का.प. २०५८ अङ्क ३.४ पूर्ण इजलास माननीय न्यायधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५७ सालको रि.पु.ई.नं. ........१३७ फैसला मितिः २०५७।८।२२।५ विषयः उत्प्रेषणयुक्त परमादेश निवेदकः भक्तपुर जिल्ला भक्तपुर न.पा.वडान नं. ६ बस्ने केशव किसी समेत । विरुद्ध विपक्षीः काठमाडौं जिल्ला का.म.न.पा वार्ड नं. १० नयाँ बानेश्वरमा कार्यालय रहेको इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेड समेत । § ऋणी नगेन्द्र खड्काले लिएको ऋण कर्जा सम्झौता अनुरुप समयमा नै चुक्ता नगरेको र ऋण चुक्ता गर्ने सम्बन्धमा पटकपटक गरिएको पत्राचार अनुसार पनि ऋण चुक्ता गर्न गराउने तर्फ कुनै कार्य नभएकाले धितोमा रहेको घरजग्गा लिलाम गर्ने सम्बन्धी कारवाही अघि बढाइएकोमा लिलाम हुन तोकिएको दिनमा लिलाम डाँक बढाबढमा कोही पनि नआएको भनी मिति २०५५।४।१० मा विपक्षी कम्पनीले निवेदकहरुको हकभोगको धितोमा रहेको घर जग्गाको मूल्याङ्कन रु. २१,४९,१८७। भएको मूल्याङ्कन मुचुल्का खडा गरी सोही मुल्यमा कम्पनी आफैले लिलाम सकार गरी दाखिल खारेज समेत गराएको भन्ने देखिन आउँछ । यसरी अगाडि ऋण दिंदा कम्पनी आफैले गरेको मूल्याङ्कन रकम भन्दा घटीको मूल्याङ्कन गर्ने प्रक्रियामा रिट निवेदकलाई सहभागी गराएको भन्ने देखिन आउँदैन । धितो लिंदाको अवस्थामा आफैले गरेको मूल्याङ्कन भन्दा झण्डै आधा कम मूल्याङ्कन गरेको देखिन्छ । निवेदकहरुलाई निजहरुको सम्पत्ति अवमूल्यांकित गर्दा गराउँदा सूचना समेत नदिइएको र त्यसरी निकै घटि रकममा लिलाम हुँदा पनि लिलामी प्रक्रियामा कोह नआएको भनी मुचुल्का समेत नगराई कम्पनी आफैंले लिलाम सकार गरी निवेदकहरुको हक भोग दर्ताको विवादित घर जग्गा आफ्नै नाउँमा दाखिल खारेज समेत गराएको विपक्षी इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेड को कारवाही प्रक्रियाको अनुहारबाट नै उक्त प्रक्रिया स्पष्टतः त्रुटिपूर्ण तथा प्राकृतिक न्यायको सिद्धान्त समेतको विपरीत भएको देखिंदा विपक्षी कम्पनीले धितोमा लिएको निवेदकहरुको घर जग्गा धितो लिएको निवेदकहरुको घर जग्गा धितो लिंदा गरिएको मूल्याङ्कन भन्दा कम मूल्याङ्कन गरी सोही मिति उक्त घर जग्गा आफैंले लिलाम सकार गरी लिएको काम कारवाही र सो आधारमा मालपोत कार्यालय भक्तपुरबाट मिति २०५५।४।१७ मा विपक्षी कम्पनीको नाउँमा भएको दाखेल खारेज नामसारी समेतका काम कारवाही उत्प्रेषणको आदेशद्वारा वदर हुने ठहराएको हदसम्म माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठको राय मनासिव देखिंदा सदर हुने । (प्र.नं. १२) निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री वोर्णबहादुर कार्की र श्री देवीप्रसाद दाहाल विपक्षी तर्फबाटः विद्वान नायब महान्यायाधिवक्ता श्री लिलाबहादुर बस्नेत र विद्वान अधिवक्ता श्री थानेश्वर काफ्ले अवलम्वित नजिरःX आदेश न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत परेको निवेदन निर्णयार्थ पेश हुँदा यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य नभई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश भएको प्रस्तुत रिट निवेदनको व्यहोरा तथा आदेश यसप्रकार छः २. विपक्षी फाइनान्स कम्पनीबाट अन्जना दाना उद्योगका प्रोपाइटर नगेन्द्र खड्काले रु. बीस लाख ऋण लिन लागेकोले हामी निव