निर्णय नं. ६९८७ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९८७ - उत्प्रेषण समेत भाग: ४३ साल: २०५८ महिना: असार अंक: ३ फैसला मिति :२०५७/०८/०१ २९२१ निर्णय नं. ६९८७ ने.का.प. २०५८ अङ्क ३.४ पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री ज्ञाइन्द्र बहादुर श्रेष्ठ सम्वत्र २०५६ सालको रि.पु.इ.नं. १०३ आदेश मितिः २०५७।८।१।५ विषयः उत्प्रेषण समेत । निवेदकः झापा जिल्ला विर्तामोड गा.वि.स. वडा नं. २ घर भई हाल स्वास्थ्य मन्त्रालय अन्गर्तत राष्ट्रि क्षयरोग केन्द्रमा मेडिकल अधिकृत पदमा सेवारत डा. मोहन कुमार प्रसाई । विरुद्ध विपक्षीः लोकसेवा आयोग, कमल पोखरी समेत । § लोकसेवा आयोगद्वारा प्रकाशित बढुवा सम्बन्धी सूचना २०५२ साल आषाढ मसान्तसम्मको मूल्याङ्कन अवधि (Cut of Date) को निर्धारण गरेको र निवेदकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता उक्त अवधिभित्रै प्राप्त गरिसकेको भन्ने उल्लेख गर्न नसकी मिति २०५२।६।१५ मा बढुवाको लागि प्रेषित दरखास्तसाथ पेश गरेको पाइन्छ । चेष्ट फिजिसियन पदमा बढुवाको लागि छुट्टै विशेष शैक्षिक योग्यतालाई न्यूनतम शैक्षिक योग्यता मानेको र निवेदकले प्राप्गत गरेको शैक्षिक योग्यता उक्त मूल्याङ्कन अवधिभित्र प्रापत गरिसकेको भन्ने नदेखिंदा मूल्याङ्कन अवधि (Cut of Date) भन्दा पछि प्राप्त गरेको शैक्षिक योग्यताले बढुवा हुने पदको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताको स्थान ग्रहण गर्न सक्ने मान्न मिल्ने देखिंदैन । § बढुवाको सूचना बढुवाको लागि आवश्यक पर्ने भनी नियमानुसार तोकिएको शैक्षिक योग्यता निवेदकले तोकिएको मूल्याङ्कन अवधि भन्दा पछाडि मात्र प्राप्त गरी बढुवाको दरखास्त साथ पेश गरेका भन्ने तथ्यमा कुनै विवाद रहेको पाइदैन । मूल्याङ्कन अवधिभित्र बढुवाको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी नसकेको अवस्थामा निवेदकलाई बढुवाको लागि सम्भाव्य उम्मेदवार नै मान्न नमिल्ने । (प्र.नं. २०) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी श्री ५ को सरकारका तर्फबाटः विद्वान नन्द बहादुर सुवेदी तथा विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री मधुशर्मा र श्री शुसिलकुमार सिन्हा अवलम्विन नजिरःX आदेश न्या.ज्ञाइन्द्र बहादुर श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत गर्न आएको रिट निवेदन निर्णयार्थ संयुक्त इजलासमा पेश हुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(घ) बमोजिम पूर्ण इजलासम पेश गर्नु भन्ने आदेश अनुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदन व्यहोरा तथा आदेश यस प्रकार छः २. म निवेदक २०४४।९।१३ देखि मेडिकल अधिकृत (रा.प.तृ.प्रा.) पदमा नियुक्ति पाई सो मितिदेखि २०४७।३।६ सम्म वीर अस्पतालमा र मिति २०४७।३।७ देखि हालसम्म स्वास्थ्य मन्त्रालय प्राविधिक काज समूहको दरवन्दीमा रही राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुरमा कार्यरत छु । म निवेदकले पूर्व सोभियत संघबाट डाक्टर अफ मेडिसिन डिग्री र जापानको चिवा युनिभर्सिटीबाट अक्टुवर १९९३ दखि सेप्टेम्बर १९९५ सम्म अध्ययन गरी २९ सेप्टेम्वर १९९५ मा ट्यूवरक्लोसिस विषयमा स्नात्तकोत्तर तहको डिग्री प्राप्त गरेको छु । ३. लोकसेवा आयोगको मिति २०५२।६।४ को बुलेटिन प्रकाशित सूचना नं. ५८।०५२ विज्ञापन नं. १६।०५२ बाट स्वास्थय समूह चेष्ट डिजिजेज उप समूहको रा.प. द्वितीय श्रेणीको चेष्ट फिजिसियन पदसंख्या १ मा कार्यक्षमताका मूल्याङ्कन बढुवाद्वारा पूर्ति गर्न नि.से.नि. २०५० को नियम ७६ बमोजिम स्म्भाव्य उम