निर्णय नं. ६९८९ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९८९ - उत्प्रेषण समेत भाग: ४३ साल: २०५८ महिना: असार अंक: ३ फैसला मिति :२०५७/०६/०९ २५७७ निर्णय नं. ६९८९ ने.का.प. २०५८ अङ्क ३.४ पूर्ण इजलास माननीय न्यायधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायधीश श्री केदारनाथ आचार्य माननीय न्यायधीश श्री ज्ञाइन्द्र बहादुर श्रेष्ठ सम्वत २०५७ सालको रि.पु.इ.नं. १३९ आदेश मितिः २०५७।६।९।२ विषयः उत्प्रेषण समेत । रिट निवेदकः जिल्ला मकवानपुर शिखरपुर गा.वि.स. वडा नं. ९ बस्ने मर्दन सिंह थोकर समेत । विरुद्ध विपक्षीः मकवानपुर जिल्ला एक सदस्यीय वन संरक्षण विशेष अदालत मकवानपुर समेत । § एकै परिवारका नात समेत पर्ने व्यक्तिहरु साथ संलग्न भएको एके कसूरमा कार्वाही शुरु भई मुद्दा चलाएकोमा तत्कालन पक्राउ परेका मानबहादुर थोकर र ज्ञानबहादुर गोलेलाई अभियोग मागदावी अनुसा कसूर ठहर भई विपक्षी वन संरक्षण विशेष अदालतबाट मिति २०५०।६।५ मा फैसला समेत भइसकेकोमा अ.वं. ११० नं. बमोजिमको कानूनी हकम आघात पुगेको अवस्था भए अ.वं. २०८ नं. बमोजिमको वैकल्पिक उपचारको मार्ग रहेकोम निवेदकहरुले सो मार्ग अवलम्वन गर्न सकेको देखिदैन। विपक्षी अदालतको उक्त फैसला तत्काल थाहा नपाएको र फैसला कार्यान्वयनको क्रममा निवेदकरुलाई मिति २०५६।१०।२८ मा पक्राउ गरेपछि मात्र विपक्षी वन संरक्षण विशेष अदालतबाट मिति २०४७।१०।८ मा तामेल भएको म्याद रीतपूर्वक तामेल नभएकोले उक्त अदालतबाट मिति २०५०।६।५ मा भएको फैसला तत्काल थाहा नपाएको भनि उक्त फैसला वदर गराई पाउन मिति २०५६।११।२० मा प्रस्तुत रिट निवेदन परेको देखियो । एकै मुद्दामा तत्काल पक्राउमा परेका एकै परिवा र नाता भित्रका अन्य प्रतिवादीहरुालाई कसूर ठहर भइरहेको अवस्थामा यी निवेदहरुलाई फैसला भएको जानकारी नभएको भन्न सकिने मनासिव आधार पनि देखिंदैन । तसर्थ वैकल्पिक उपचार छँदाछँदै त्यसतर्फ नलागि असाधारण अधिकारक्षेत्र अन्तर्गत परेको प्रस्तुत रिट निवेदनबाट फैसला वदर हुन सक्ने अवस्था नदेखिने । (प्र.नं. ११) रिट निवेदन तर्फबाटः विद्वान अधिवक्ता श्री बाबुराम दाहाल विपक्षी तर्फबाटः विद्वान सह–न्यायाधिवक्ता श्री राजनारायण पाठक अवलम्वित नजिरः ने.का.प. २०३१, नि.नं. ८७७, पृष्ठ ४०१ आदेश न्या. कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत परेको निवेदन निर्णयार्थ पेश हुँदा यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य नभई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको व्यहोरा तथा आदेश यस प्रकार छ । २. विपक्षी इलाका प्रहरी कार्यालय फापरवारीका प्रहरीले विपक्षी मकवानपुर जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी अनुसार हामी पक्राउमा परी मकवानपुर जिल्ला अदालतमा हाजिर भएको थियौं । विपक्षी अदालतले कैदी पुर्जी दिएकोले मिति २०५६।१०।२८ गते देखि विपक्षी कारागारमा कैदमा रहेका छौं । कैदी पुर्जीमा उल्लेख भएको मुद्दाको मिसिल सारी हेर्दा हामी समेत उपरको वन क्षेत्रको रुख नोक्सानी गरि जग्गा आवाद गर्‍यो भन्ने मुद्दा दायर भई फैसला भइसकेको रहेछ । हामीहरु समेतलाई जनही कैद वर्ष १ र जनही रु. ७,३७५/– जरिवाना हुने ठहरी फैसला भएको रहेछ । हामी उपर विपक्षी विशेष अदालतबाट जारी भएको १० दिने समाव्हान म्याद वेरीतपूर्वक तामेल भउको कारणले हामी उपरको कसूर थाहा जानकारी नभई एकतर्फी फैसला भएको रहेछ । वेरीतपूर्वक म्याद तामेल भएको कारणले हामी प्रतिवाद गर्ने कानूनी हक समेतबाट बन्चित भएको हुँदा सम्मानित अदालतको असाधा