निर्णय नं. ६९९० - उत्प्रेषणयुक्त लगाएको उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९९० - उत्प्रेषणयुक्त लगाएको उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ भाग: ४३ साल: २०५८ महिना: असार अंक: ३ फैसला मिति :२०५७/१०/०५ २४५९ निर्णय नं. ६९९० ने.का.प. २०५८ अङ्क ३.४ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल सम्वत् २०५७ सालको रि.पु.ई.नं. ........१३३ फैसला मितिः २०५७।१०।५।५ विषयः उत्प्रेषणयुक्त लगाएको उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ । निवेदकः कपिलवस्तु जिल्ला, शिवपुर गा.वि.स. वडा नं. ६ बस्ने अब्दुल करीम खाँ । विरुद्ध प्रतिवादीः ऐ ऐ बस्ने अमृता कुर्मी समेत । § विवादित कि.नं. ८८ र ९० मा मोहीको घरबास रहेको भनि सम्बन्धित गाउँ विकास समितिले सिफारिश गरेको साथै यिनै निवेदक वादी र विपक्षी प्रतिवादी भएको २०४६ सालको दे.नं. १३७७/१३० को कपिलवस्तु जिल्ला अदालतमा दायर भएको मोहीयानी मुद्दामा यिनै निवेदकले कि.नं ९० मा मोहीले कच्ची घर बनाएको भनि फिराद समेत दिएको देखिंदा मोहीको घरबास रहेको उक्त कित्ताको जग्गा मोही भागमा पर्ने गरी बाँडफाँड गरेको भूमिसुधार कार्यालय कपिलवस्तुको निर्णय नमिलेको भन्न मिलेन । § निवेदकले निवेदनमा समेत कुन कित्ताको जग्गा के कारणले असल र बढी मूल्य पर्ने हो ? भन्न समेत नसकेको अवस्थामा रिट क्षेत्रबाट सवूद प्रमाणको आधारमा तथ्यगत शुक्ष्म कुराहरुको § विवेचना गरी निर्णय गर्न मिल्ने देखिएन । विवादित कित्ताको जग्गाको क्षेत्रफल थोरै थोरै भएको देखिन आएको र गुणात्मक रुपले तात्विक रुपमा फरक फरक भएको निवेदकले समेत देखाउन नसकेको अवस्थामा मोही र जग्गाधनी बीच जग्गाको क्षेत्रफल आधा आधा गरी नरम करम मिलाई मोही र जग्गाधनी बीच जग्गा बाँडफाँड गर्ने गरेको जिल्ला भूमिसुधार कार्यालय कपिलवस्तुले निर्णय गरेको देखियो । अधिकार प्राप्त निकायबाट भूमि सम्बन्धी ऐन, २०२१ बमोजिम जग्गाधनी र मोहीको बीचमा कानून बमोजिम जग्गा बाँडफाँड गर्ने निर्णयबाट निवेदकले मौलिक हकमा प्रतिकूल असरपरेको भन्न मिल्ने कुनै अवस्था विद्यमान नदेखिंदा प्रस्तुत रिट निवेदन खारेज गर्ने गरेका हदसम्म माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय सदर हुने । (प्र.नं. १०) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री देवराज कटुवाल अवलम्वित नजिरः X आदेश न्या.हरिप्रसाद शर्माः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ उपनियम (१) को खण्ड (क) बमोजिम संयुक्त इजलासको रायबाझी भै यस इजलासमा पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा एवं यस अदालतको आदेश यस प्रकार छः २. जिल्ला कपिलवस्तु साविकको भगवानपुर गा.पं. हाल शिवपुर गा.वि.स. वडा नं. ८(ख) को कि.नं. ११ र १७, ऐ ८(ङ) को कि.नं. ८८, ९०, ७, ५०, ६४, ७१ र ७२ को जग्गा १ विगाहा ६ कठ्ठा १६ धुर जग्गा मेरो नाममा दर्ता भै विपक्षी अमृता कुर्मी मोही भएकोमा निज मोहीले आधा जग्गा मलाई र आधा जग्गा जग्गाधनीले पाउने गरी मोही लगत कट्टा गरी पाउँ भनि भुमिसुधार कार्यालय, कपिलवस्तुमा निवेदन दिएकोमा म निवेदकको प्रतिवाद लिखित जवाफ पेश गरी मिति २०५४/८/८ गते देखि तारिख गुज्रेको थियो । भुमिसुधार कार्यालय, कपिलवस्तुले मिति २०५४/१०/७ मा मेरो भागमा कि.नं. ११, १७, ७, ७२ र कि.नं. ६४ को पूर्वतर्फबाट ०–१–१० समेत गरी जम्मा ०–१३–१३ धुर जग्गा दा.खा समेत गरी दिने गरी निर्णय भयो । यसरी विपक्षी भुमिसुधार कार्यालय, कपिलवस्तुले मेरो प्रतिवादीलाई वेवास्ता गरी मोहीको निव