निर्णय नं. ६९९१ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९९१ - अंश भाग: ४३ साल: २०५८ महिना: असार अंक: ३ फैसला मिति :२०५७/०८/१९ ६७१२ निर्णय नं. ६९९१ ने.का.प. २०५७ अङ्क ३.४ संयुक्त इजलास सम्मानीय प्रधान न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायधीश श्री केदारप्रसाद गिरी सम्वत २०५४ सालको दे.पु.नं. ३५३० आदेश मितिः २०५७।८।१९।२ मुद्दाः अंश पुनरावेदक/प्रतिवादीः भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. ७ बस्ने चित्रबहादुर खड्का समेत। विरुद्ध प्रत्यर्थी/वादीः जिल्ला गोरखा, कनास गा.वि.स. वडा नं. १ बस्ने पुष्पकुमारी खड्का । § नोकरीको दोरानमा निजको यू.एस.एड बाट प्राप्त छात्रवृत्तिमा भारत सरकारद्वारा संचालित दश महिने तालिम भारतको नयाँ दिल्लीमा लिएको, एभरेष्ट इङ्गलिस स्कूलमा नर्सिङ सुविधा पुर्याउँदै आए वापतको थप आर्जन रहेका साथै समय समयमा विभिन्न कक्षा संचालन गरिदिने र प्रश्नपत्र तयार गरिदिने सम्बन्धको निजका नाउँका प्रेषित पत्रहरुबाट नियमित सरकारी सेवा गरे वापतको आर्जनका साथै निजी ज्ञानशीपबाट समेत थप आर्जन गर्न सक्ने निजी ज्ञान र शीप भएकी व्यक्ति होइन रहिछन् भनी अन्यथा अर्थ लिइरहने अवस्था देखिंदैन। सरकारी नोकरी गरे वापत कर्मचारीको हैसियतले प्राप्त गर्ने कर्मचार संचय कोषबाट वितरीत २ वर्षे घर निर्माण सापटी समेत निजले लिएको भन्ने कुरा कोषको पत्रबाट देखिंदा निजका नाउँमा रहेको घर समेत निजकै निजी प्रयासबाटै निर्माण भएको भन्ने देखिन आउँछ । साथै घर निर्माणको लागि भनी ऋण लिएको भनी तायदातीमा उल्लेख भएको ऋण धनका सम्बन्धमा वादीले अन्यथा भन्न सकेको अवस्था पनि छैन । यस अदालतबाट भएका पूर्व विभिन्न निर्णयहरुमा निजी ज्ञापशीप वा प्रसासबाट आर्जन गरेको प्रमाणित नभएमा मात्र अंशियारक नाउँमा रहेको सम्पत्ति प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार सगोलको हो भन्ने अनुमान गरी वण्डा गर्नु पर्ने भन्ने सिद्धान्तहरु प्रतिपादन भएका पाइन्छन् । प्रस्तुत विवादमा प्रतिवादी सानुमाया खड्काको व्यक्तिगत अध्ययन, पेशा, अनुभव र दक्षता समेतक आधारमा उल्लेख भएका सम्पत्तिहरु आर्जन गर्न नसक्ने अवस्थाका व्यक्ति रहिछन् भनी अनुमान गर्न नसकिने अवस्था भै विवादित काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गतको कि.नं. २९८, कि.नं ४५७, ३०१, ४४३ को जग्गा र भक्तपुर कटुञ्जेको कि.नं. १४६९ मा बनेको घर पुनरावेदक प्रतिवादी सानुमाया खड्काको निजी ज्ञानशीप र प्रयासबाट आर्जन भएको निजी आर्जनको सम्पत्ति ठहरी ती सम्पत्ति अंशियारलाई बण्डा लाग्न अवस्था देखिन नआउने । (प्र.नं. २३) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री सुशिलकुमार पन्त प्रत्यर्ती वादी तर्फबाटःX अवलम्वित नजिरःX फैसला न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत पोखराको मिति २०५३।१।२३ को फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यस प्रकार छः २. केहर सिंहको छोरा प्रतिवादी चित्रबहादुर खड्काको श्रीमती मध्ये म फिरादी जेठी श्रीमती, प्रतिवादी सानुमाया खड्का कान्छी श्रीमती, प्रतिवादी स्वरुप खड्का र स्वदिप खड्का सानुमायाबाट जन्म भएको छोराहरु हुन् । म फिरादीको तर्फबाट एक छोरी सावित्रीको जन्म भै विवाह समेत भै सकेको छ । प्रतिवादी स्वरुप खड्का र स्वदिप खड्काको विवाह भएको छैन । विपक्षी प्रतिवादी चित्रबहादुर नोकरी गर्ने सिलसिलामा काठमाडौं उपत्यकामा नै बस्दै आएको र घरमा भएको गहना अन्नपात समेत बिक्री गरी रुपैंया र ससुरा केहर सिंहको नाममा रहेको जग्गामा