निर्णय नं. ६९९२ - जिउ मास्ने बेच्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९९२ - जिउ मास्ने बेच्ने भाग: ४३ साल: २०५८ महिना: असार अंक: ३ फैसला मिति :२०५७/१०/१९ ६१२६ निर्णय नं. ६९९२ ने.का.प. २०५७ अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५५ सालको फौ.पु.नं. २०१९ सम्वत् २०५७ सालको निवेदन नं. ३२१३ फैसला मितिः २०५७।१०।१९।५ मुद्दाः जिउ मास्ने बेच्ने । पुनरावेदक/प्रतिवादीः जि. रसुवा यार्सा गा.वि.स. वडा नं. १ घर भै हाल कारागार शाखा सुन्धारा, काठमाडौंमा थुनामा रहेको पासाङ दावा तामाङ (लोप्चन) । विरुद्ध विपक्षी/वादीः पोडे तामाङनी समेतको जाहेरीले श्री ५ को सरकार । § साविक ऐनले सजाय भागी नबनाएकोमा हालको ऐनले सजाय भागी बनाएको अवस्था प्रस्तुत मुद्दामा देखिन नआई मुलुकी ऐन जीउ मास्ने बेच्नेको महल र जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ समेत दुबै ऐनहरुले मानिस बेच बिखन गर्ने कार्यलाई अपराध मानि सजायको व्यवस्था गरि राखेको र सजायको हकमा केही फरक देखिए पनि निज प्रतिवादीलाई मुलुकी ऐन जीउ मास्ने बेच्नेको महलको १ नं. ले हुने कैद सजायको हदभन्दा कम अर्थात जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) ले व्यवस्था गरेको न्यूनतम हदको सजाय गरेको देखिन आउँछ । यसरी जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ को व्यवस्थाले मात्र प्रस्तुत मुद्दामा प्रतिवादीलाई प्रतिकूल असर पारेको अर्थात दण्ड सजाय गरेको भन्ने अवस्था देखिन आएन । § मुद्दाको दायरी अभियोजन तथा प्रमाणको भारको निर्धारण लगायतका कार्यविधिगत कुरा मुद्दा कारवाही चल्दाको अवस्थामा विद्यमान रहेको कानून अनुसार हुने कुरा हो । कार्यविधि कानूनले कसैको हक अधिकार श्रृजना गर्ने नभई कार्यविधि सम्म निश्चित र नियमति गर्ने हुन्छ । कार्यविधि कानूनले कार्यविधि सम्म व्यवस्थित गनेृ हुँदा निवेदन वा उजुरी जुनसुकै वखत परेको भएपनि त्यसमा कारवाही हुँदको अवस्थामा विद्यमान कार्यविधि सम्बन्धी कानूनी प्रक्रिया अपनाउुन पर्ने । § मुद्दा कारवाहीरत अवस्थामा विद्यमान कार्यविधिगत व्यवस्था नै सो मुद्दामा अवलम्वन गर्नु पर्ने हुन आउँछ । प्रस्तुत विवादमा मुद्दा कारवाही चल्दाको अवस्था जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ समते जारी भै लागु भै सकेको देखिन्छ । सो ऐनको दफा ११ ले उक्त ऐनलाई विशेष ऐनको स्थान दिएको हुँदा सामान्य कार्यवित्रिलाई अपवादित गर्न सक्ने उक्त ऐनको कार्यविधिगत व्यवस्था अनुसार जाहेरवाला (पिडीत) ले प्रतिवादीले ललाई फकाई बम्बैको बेश्यालयमा बेची आएको भन्ने समेत मौकामा गरि दिएको बयान तथा सो बयान प्रमाणित भै अदालतमा गरि दिएको वकपत्र थप समर्थन गरि दिएको अवस्था र सो ऐनको दफा ७ बमोजिम विडीतको बयान झुठ्ठा हो र बेचबिखन वा बेश्यावृत्तिमा लगाउने उद्देश्यले लगेको होइन भन्ने कुराको युक्तियुक्त प्रमाण प्रतिवादीले पुर्‍याउन सकेको नदेखिएको समेत का अवस्थालाई आधार बनाई पुनरावेदन प्रतिवादी पासाङ दावा तामाङ (लोप्चन) ले जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ को दफा ४(क)को कसूरमा ऐ. दफा ८.१ अनुसार कैद वर्ष १० (दश) गर्ने गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५५।५।१६ को इन्साफ मिलकै देखिंदा सदर हुने । (प्र.नं. २४ र २५) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री पूर्णचन्द्र पौडेल विपक्षी वादी तर्फबाटः विद्वान सह न्यायाधिवक्ता श्री नरेन्द्रकुमार पाठक अवलम्वित नजिरः ने.का.प. २०४९, नि.नं. ४४४९, पृ. २८ फैसला न्या.लक्ष्मणप्रसाद अर्यालः पु