निर्णय नं. ६९९३ - फैसला अनुसार कित्ताबाट गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९९३ - फैसला अनुसार कित्ताबाट गरिपाउँ भाग: ४३ साल: २०५८ महिना: असार अंक: ३ फैसला मिति :२०५७/१०/२५ २४४० निर्णय नं. ६९९३ ने.का.प. २०५७८ अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश ज्ञाइन्द्र बहादुर श्रेष्ठ सम्वत् २०५३ सालको दे.पु.नं. ३१११ फैसला मितिः २०५७।१०।२५।४ मुद्दाः फैसला अनुसार कित्ताकाट गरिपाउँ । पुनरावेदक/प्रतिवादीः काभ्रेपलाञ्चोक जिल्ला पातलेखेत गा.वि.स. वडा नं. ५ बस्ने चन्द्रमणीको छोरा डोरनाथ न्यौपाने । विरुद्ध विपक्षीः ऐ ऐ बस्ने ऐ को छोरा विष्णुप्रसाद न्यौपाने । § तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतबाट अपुताली हक कायम मुद्दामा मिति २०४२।१२।५ मा भएको फैसला बमोजिम दर्ता नामसारी गरि पाउँ भन्ने समेत निवेदन भएकोमा वादीले कुन तर्फबाट उक्त जग्गा पाउने सो स्पष्ट नखुलाई फैसला गरेको हुँदा तर्फ र दर्ता गरिदिन ठहर वेगर विपक्षीले माग गरेको फैसला बमोजिम दर्ता गरि दिन मिल्ने होइन भन्ने व्यहोराको डोरनाथको निवेदन परेको देखिन आउँछ । अपुताली हक कायम मुद्दामा वादी दावी बमोजिम ४ खण्डको १ खण्ड वादीको हक कायम हुने ठहरी तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४२।१२।५ मा फैसला भएको कुरामा विवाद छैन । सो फैसला अन्तिम भएर रहेको देखिन्छ । फैसला बमोजिमको जग्गा यता तर्फ कित्ताकाट गरि दिन मञ्जुर रहेको भनि पुनरावेदक प्रतिवादीले जिकिर लिएको पनि देखिदैन । प्रतिवादीले तर्फ खुलाई दिन मञ्जुर नभएको स्थितिमा गोला प्रथाद्वारा तर्फ छुट्याई दिनु न्यायोचित हुन्छ । अतः गोला प्रथाद्वारा तर्फ छुट्याई दिने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०५३।२।२५ को इन्साफ मिलेको देखिंदा सदर हुने । (प्र.नं. ११) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री भ्रमण श्रेष्ठ विपक्षी वादी तर्फबाटःX अवलम्वित नजिरःX फैसला न्या.ज्ञाइन्द्र बहादुर श्रेष्ठः पुनरावेदन अदालत पाटको मिति ०५३।२।२५।६ को फैसला उपर प्रतिवादीको पुनरावेदन परि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. का.प.जि. फूलवारी गा.पं. वडा नं. २ को कि.नं. २३, ७०, १००, १०३, १०६, २१८, २१९ र २३७ समेतका जग्गा ८ कित्ता जग्गा मध्ये चार खण्डको एक खण्ड वादी दावी बमोविम वादी विष्णुप्रसाद न्यौपाने हक कायम भै सो हदसम्म प्रतिवादी डोरनाथ न्यौपानेको नाममा दर्ता वदर हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४२।१२।५ को अपुताली हक कायम मुद्दामा श्री म.क्षे.अ.बाट भएको फैसला । ३. उपयुक्त फैसालमा उल्लेख भए बमोजिमका कित्ताका जग्गाहरु मध्ये चार खण्डको एक खण्ड जग्गा वादी विष्णुप्रसादका नाउँमा दर्ता गरि दिनु भन्ने समेत व्यहोराको मिति २०४२।१२।२५।२ मा म.क्षे.अ.बाट श्री काभ्रेपलाञ्चोक मालपोत कार्यालयका नाउँमा प्रेषित पत्र । ४. उपयुक्त फैसलामा उल्लेखित जग्गाहरु मध्ये चार भागको एक भाग जग्गा मेरा नामा दर्ता नामसारी गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०५०।४।३२ को मा.पो.का. काभ्रेमा परेको पुनरावेदक वादीको निवेदन । ५. वादीले कुन तर्फबाट उक्त जग्गा पाउने सो स्पष्ट नखुलाई फैसला गरेको हुँदा तर्फ र दर्ता गरि दिने ठहर वेठहर विपक्षीले माग गरेको फैसला बमोजिम नापीले दर्ता गरि दिन नमिल्ने भन्ने समेत व्यहोराको मिति २०५०।९।६ को मा.पो.का. मा परेको विपक्षी डोरनाथ न्यौपानेको निवेदन पत्र । ६. यसमा जग्गाको तर्फ सम्बन्धमा अदालतको फैसलाको नबोलेको र निवेदक डोरनाथले इन्कार गरि निवेदन दिएको र सांध संधियारहरुबाट समेत सर्जमिन हुन नसकेको ह