निर्णय नं. ९१८० - बाटो कायम गरी पाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१८० - बाटो कायम गरी पाऊँ भाग: ५६ साल: २०७१ महिना: असोज अंक: ६ फैसला मिति :२०७०/०९/२८ ११२३१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री तर्कराज भट्ट फैसला मिति : २०७०।९।२८।१ ०६६-CI-०९३९ मुद्दा : बाटो कायम गरी पाऊँ । पुनरावेदक/वादी : जिल्ला भक्तपुर, छालिङ गा.वि.स.वडा नं.२ घर भै हाल जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं.२० बस्ने केशव पुरी विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं.२० बस्ने किरण रिमालसमेत § बन्डापत्रको छायाँप्रतिमा समेत सबै अंशियारहरूलाई आआफ्नो जग्गामा परेको जग्गामा आवतजावत गर्न सम्पूर्ण जग्गाको पूर्वतर्फबाट उत्तर आउने पर्खाल दक्षिण मूल सडक जग्गा ९ फिट चौडाको साझा बाटो भन्नेसमेत व्यहोरा उल्लेख गरी बन्डापत्रमा सो बाटोको अवस्थिति जनाएको अवस्थामा बन्डापत्रको व्यहोरामा नै उक्त बाटोको अवस्थितिका बारेमा उल्लेख गरी निजीरूपमा खोलेको बाटो आफ्नो उपभोगमा खोलेको बाटोलाई बिना कुनै कानूनी आधार बेगर सार्वजनिक भन्न नमिल्ने । (प्रकरण नं. ४) § पुनरावेदक वादीले दावीको बाटोलाई सार्वजनिक कायम गरिपाउने मूल आधारका रूपमा भूमिसुधार तथा व्यवस्थापन विभागको परिपत्रलाईसमेत टेकेर निवेदन दिएकै आधारमा निजी प्रयोगका रूपमा खोलिएको बाटोलाई पुनरावेदक वादीले निवेदन दिएकै भरमा निजी प्रयोगको रूपमा भएको बाटोको अस्तित्व नै समाप्त हुने गरी परिपत्रको व्यहोराका आधारमा निजहरूको साम्पत्तिक अधिकारसमेत अतिक्रमण हुने गरी सार्वजनिक बाटो कायम गर्नु सार्वजनिक हित अनुकूलसमेत नहुने । § भूमिसुधार तथा व्यवस्थापन विभागको एउटा प्रयोजनका लागि जारी भएको परिपत्रलाई नितान्त निजी प्रकृतिको बाटोमा लागू गर्नसमेत र निजी बाटोलाई सार्वजनिक बाटो कायम हुने गरी निर्णय गर्न नमिल्ने । (प्रकरण नं. ५) पुनरावेदक/वादीका तर्फबाट : प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान्‍ वरिष्ठ अधिवक्ता विश्वनाथप्रसाद उपाध्याय अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अ.बं. १८४क प्रमाण ऐन, २०३१ को दफा ५४ न्याय प्रशासन ऐन, २०४८ को दफा १२ सुरू तहमा फैसला गर्ने कार्यालय : मालपोत कार्यालय, ललितपुर पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.डा.श्री हरिवंश त्रिपाठी मा.न्या.श्री मीरा खड्का फैसला न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पाटनबाट मिति २०६६।१।२४ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिमको निवेदन परी यस अदालत संयुक्त इजलासबाट उक्त ऐनको दफा १२(१)(क) बमोजिम मिति २०६७।१।१५ मा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवम्‍ ‍ ठहर निम्नबमोजिम छ : तथ्य खण्ड : ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. २०(क) कि.नं १३३ को ०–७–२–० मेरो एकलौटी हक भोगको जग्गामा जान दक्षिणतर्फको मुख्य सडकबाट उत्तर हुँदै कि.नं २६९, ४६२, ४६१, १९३, १९२, १९१, १९० र १८९ बाट अन्दाजी ९ फिटको साविकदेखि चल्दै आएको बाटो छ । सो बाटो प्रमाणित गर्दै विपक्षी अञ्जली श्रेष्ठले घर नक्सापास गरी घर निर्माण गर्नुभएको छ । सो बाटो परापूर्वदेखि चलिआएको र छिमेकीहरूले समेत प्रयोग गरी रहेको सार्वजनिक बाटोको हो भन्ने कुरा अञ्जली श्रेष्ठले घर नक्सा पास गर्दा भएको सर्जमिनबाट प्रमाणित छ । यस्तो बाटोमा यसअगाडि नक्सामा बाटो नदेखाई सर्तनामाको आधारमा जग्गामा बाटो खोली प्रयोग गरी आएको वा नक्सामा बाटो कित्ताकाट गरी व्यक्तिको स