निर्णय नं. ८६८७ - कर्तव्यज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६८७ - कर्तव्यज्यान । भाग: ५३ साल: २०६८ महिना: पौस अंक: ९ फैसला मिति :२०६८/०३/३१ ५१७३ ने.का.प. २०६८, अङ्क ९ निर्णय नं. ८६८७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री तर्कराज भट्ट २०६७–RC–००५१ फैसला मितिः २०६८।३।३१।६ मुद्दाः– कर्तव्य ज्यान । वादीः मेदनीप्रसाद न्यौपानेको जाहेरीले नेपाल सरकार विरुद्ध प्रतिवादीः जिल्ला झापा, बुधवारे गाउँ विकास समिति वडा नं.२ जयपुर बस्ने अभिनाराण श्रेष्ठको छोरा राजकुमार श्रेष्ठ शुरु आदेश गर्ने : मा.न्या.श्री अवधविहारीप्रसाद सिन्हा शुरु फैसला गर्ने : मा.न्या.श्री नवराज उपाध्याय पुनरावेदन फैसला गर्ने :– मा.मु.न्या.श्री पुरुषोत्तम पराजुली मा.न्या.श्री रेवन्तबहादुर कुँवर § वारदात एकान्तस्थल जंगलमा घटेकोले त्यस्तो ठाउँमा अन्य व्यक्तिको उपस्थिति हुन सक्ने सम्भावना नहुँदा कर्तव्य गरी मारेको देख्ने प्रत्यक्षदर्शी साक्षीको उपस्थिति नहुनु स्वाभाविकै हो । त्यतिकै कारणले मात्र वारदातमा यी प्रतिवादीहरूको संलग्नता छैन भनी अन्य परिस्थितिजन्य प्रमाणलाई ठाडै अस्वीकार गर्न नमिल्ने । (प्रकरण नं.६) § इन्कारीले मात्र कुनै अभियुक्तले आरोपित कसूरबाट फुर्सद पाउन र सजायबाट उन्मुक्ति पाउन सक्दैन । सजायबाट बच्नका लागि अदालतमा सामान्य रुपले इन्कारी बयान गर्नु एउटा कुरा हो र त्यसको पुष्ट्याईका लागि विश्वसनीय र ठोस आधार, प्रमाण पनि पेश गर्न सक्नु अर्को कुरा हो । दुबै अवस्थालाई अदालतले गम्भीरतापूर्वक विचार गर्नुपर्ने हुन्छ । दुईमध्ये दोस्रो अवस्था बढी विश्वसनीय हुन सक्दछ जसको खण्डन वादी पक्षबाट हुन नसकेमा निर्दोषिताको लागि प्रमाणको रुपमा ग्राह्य हुन सक्ने । § अभियोजन पक्षबाट उल्लेख्य प्रमाणहरूको उपस्थितिमा अभियुक्तको पहिलो अवस्थाको सामान्य इन्कारी मात्र निजको निर्दोषिताको प्रमाण बन्न सक्दैन । किनभने सजायबाट बच्नका लागि मात्र अदालतलाई ढाँट्न खोजेको हो वा वास्तवमै अमूक अभियुक्त बेकसूर रहेको छ ? अदालतले उपलब्ध समग्र प्रमाणको विश्लेषण गरी सत्य र तथ्यको निरोपण गरी प्रमाणको आधारमा ठहर इन्साफ गर्नुपर्ने । (प्रकरण नं.७) वादी तर्फबाटः प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § प्रमाण ऐन, २०३१ को दफा ८ § ज्यानसम्बन्धी महलको १, १३(३) नं. फैसला न्या.प्रेम शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) बमोजिम साधक जाँचका लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ : मिति २०६३।४।१४ गते दिनको १४.०० बजेको समयमा जिल्ला झापा, धाइजन गाउँ विकास समिति वडा नं.४ स्थित कालिका सामुदायिक वनको मध्यभागमा कर्तव्य गरी मारेको देखिने महिलाको लास छ भनी स्थानीय जनताले फोन गरेका हुँदा प्र.ना.नि. भोलामान सिँह अधिकारी समेतको टोली घटनास्थलमा खटी गई हेर्दा गुलाबी रंगको कुर्ता सुरुवाल लगाएकी अं.२८/३० वर्षको हेर्दा क्षेत्रिनी/बाहुनी जस्ती देखिने महिलाको लास देखिएको, नाकबाट खुन आएको, दुवै आँखा वरिपरि नील, देव्रे गालादेखि च्यापु हुँदै अगाडि घाँटीसम्म तथा छातीमा टेकेको बालुवा सहितको पाइला देखिएको, दुवै कुहिना पिल्सेको, वरिपरि झाडी माडिएको देखिँदा निज महिलालाई कर्तव्य गरी मारेको प्रष्ट हुँदा निज महिलाको नाम, थर, वतन पत्ता लगाई सनाखत गराउन तथा अपराधी पत्ता लगाई कानूनबमोजिम कारवाही हुन प्रतिवेदन पेश गरेको छु भन्ने समेत व्यहोराको प्र.स.नि.केशवराज कटुवालको मिति २०६३।४।१४ को प्रतिवेदन । जिल्ला झापा, धाइजन गाउँ विकास समित