निर्णय नं. ६९९४ - करार बमोजिम गराई पाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९९४ - करार बमोजिम गराई पाउँ । भाग: ४३ साल: २०५८ महिना: असार अंक: ३ फैसला मिति :२०५७/१०/०२ ३५८३ निर्णय नं. ६९९४ ने.का.प. २०५८ अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा सम्वत् २०५३ सालको दे.पु.नं. ३५३३ फैसला मितिः २०५७।१०।२।२ मुद्दाः करार बमोजिम गराई पाउँ । पुनरावेदक/प्रतिवादीः का.जि.का.न.पा. वडा नं. १४ कलंकीस्थान बस्ने रामकृष्ण थापाको मु.स. गर्ने ऐ बस्ने वर्ष ४३ को मधुसुदन थापा । विरुद्ध विपक्षी/वादीः का.जि.का.न.पा वडा नं. १४ कलंकी स्थित रोडोडेन्ड्रन हाई स्कुलका प्रतिनिधि र संस्थापक समेत धन बहादुर गुरुङ्ग । § कानून बमोजिम दुई पक्ष बीच भएको सम्झौता अनुसार उत्पन्न दायित्व विपक्षीले पुरा गर्नु पर्ने होइन भन्न मिलेन । विपक्षीले, वादीले नालेस गर्ने हकदैया नै नभएको जिकिर लिएतापनि संझौता हुँदाको अवस्थामा धन बहादुर प्रिन्सिपल भन्ने स्कुलको छाप लागेको देखिएकोले स्कुलको तर्फबाट करार भएको देखिन्छ र फिराद गर्दाको अवस्थामा पनि धन बहादुरले विद्यालयकै तर्फबाट अख्तियारी लिई फिराद गरेको देखिंदा विद्यालयको तर्फबाट निजलाई फिराद गर्ने अ.वं. ८२ नं. बमोजिम हकदैया छैन भन्ने पनि मिलेन । वादीले दावी लिएको कि.नं. ८८ को जग्गाको सम्बन्धमा करारमा स्पष्ट नभएकोले भन्ने पुनरावेदन जिकिर सम्बन्धमा विचार गर्दा प्रतिवादीले पटक पटक करार बमोजिमको रकम बुझी सो को भरपाई समेत गरेको देखिएको र कि.नं. ८८ को जग्गा करारमा उल्लेख भएको होइन भन्ने जिकिर पनि नभएको एवं सो भन्दा अन्यत्रको जग्गा हो भनी प्रतिवादीले भन्न नसकेको समेत अवस्था छ । अतः करार ऐन, २०२३ को दफा १० (१) अनुसार करार बमोजिमको दायित्व प्रतिवादीले पुरा गर्नुपर्ने होइन भन्न मनसिव देखिएन । करारको दायित्व पक्षहरुले निम्ति वाध्यात्मक हुने हुँदा सम्झौता बमोजिमको रकमको अन्तिम किस्ता वापतको रु. १९५६२।५० वादीले फिराद गर्दा धरौट राखी शर्त बमोजिमको दायित्व पुरा गरी सकेको अवस्थामा करारका अर्को पक्ष यि पुनरावेदक प्रतिवादीले संझौतामा उल्लेखित जग्गा वादीको नाउँमा रजिष्ट्रशन गरी नामसारी गरिदिनु पर्ने दायित्व पुरा गर्नु पर्ने नै हुँदा करार बमोजिम गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु का.जि.अ.को फैसला उल्टी गरी करार बमोजिम यि पुनरावेदक वादीबाट प्रतिवादीले पाउनु पर्ने बाँकी रकम रु. १९५६२।५० बुझी लिई करारमा उल्लेखित जग्गा पुनरावेदक वादीलाई रजिष्ट्रेशन पारित गरी दिनु पर्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १०) पुनरावेदक प्रतिवादी तर्पबाटः विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री हरिप्रसाद पौडेल अवलम्वित नजिरःX फैसला न्या.राजेन्द्रराज नाख्वाः विपक्षी रामकृष्ण थापाका नाउँमा मालपोत कार्यालय काठमाडौंमा दर्ता भएको का.जि.कलंकीस्थान गा.पं. वडा नं. ४(ख) कि.नं. ८८ क्षे.फ. ०–१०–०–० ज.ध. पुर्जामा लेखिएको भएतापनि सो जग्गाको नक्सा र फिल्डबुकमा समेत ०–७–०–० जग्गा मात्रकायम भएको । जग्गाधनी रामकृष्ण थापाले म फिरादी धनबहादुर गुरुङ्गलाई प्रति रोपनी १,७५,०००। का दरले बिक्री गरीदिने भनी म र विपक्षी बीच मिति २०४३।१।१० मा लिखत संझौता भए बमोजिम पटक पटक गरी रु. ५७,०००। रुपैया बुझिलिई सक्नु भएको छ । दर रेट अनुसार ७ आना जग्गाको हुन आउने जम्मा मोल रु. ७६,५६२।५० मध्येबाट अन्तिम किस्ता वापतको रु. १९,५६२।५० बुझिलिई उक्त जग्गा मेरा नाउ