निर्णय नं. ६९९५ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९९५ - भ्रष्टाचार भाग: ४३ साल: २०५८ महिना: असार अंक: ३ फैसला मिति :२०५७/११/०३ २७६४ निर्णय नं. ६९९५ ने.का.प. २०५८ अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत् २०५३ सालको फो.पु.नं. १२७३ फैसला मितिः २०५७।११।३।४ मुद्दाः भ्रष्टाचार । पुनरावेदक/प्रतिवादीः कास्की जिल्ला राखी गा.वि.स. वार्ड नं. ४ वरालडाँडा बस्ने अर्जुनप्रसाद वराल । विरुद्ध प्रत्यर्थी/वादीः वीरेन्द्र वहुमुखी क्याम्पस भरतपुरको पत्रले श्री ५ को सरकार । § पुनरावेदक प्रतिवादीले आफ्नो भाउजु गंगादेवीको प्रवेशपत्र लिई आफू परीक्षा हलमा प्रवेश गरी निजको सट्टाम आफैले परीक्षा दिने प्रयत्न गरेको कुरा निजले अदालत समक्ष गरेको वयानबात समेत स्वीकार गरेको देखिन्छ । निजबाट बरामद भएको परीक्षाको प्रवेशपत्रमा परीक्षार्थीको नाम गंगादेवी देवकोटा र परीक्षार्थीको फोटो रहने स्थानमा भने पुनरावेदक प्रतिवादीको आफू फाटो देखिई महिलाको प्रवेश पत्रमा पुरुषको फोटो टाँसिएको पाइन्छ । निज प्रतिवादीले अदालतमा बयान गर्दा भाउजूको नाममा निजैको प्रवेशपत्र लिई परीक्षा दिन गएको कुरा स्वीकार गरी आफूले आफ्नो फोटो टाँसेको कुरामा भने इन्कारी गरेको देखिएतापनि अरु कसैले आफ्नो फोटो लगि अरुको प्रवेशपत्रम टाँसी पुनः आफैलाई फिर्ता गरेको भन्ने कुरा नै अपत्यारिलो हुने देखिन्छ । यसरी आफ्नो फोटो सहितको प्रवेशपत्र साथमा लिई प्रतिवादी परीक्षा हलमा प्रवेश गरी भाउजूको नाममा परीक्षा दिन बसेको कुरा स्पष्टरुपमा खुल्न आएको देखिंदा विद्वान अधिवक्ताले प्रतिवादी मनसायपूर्वक अपराध गर्ने नियतले परीक्षा हलमा परीक्षा दिन प्रवेश नगरेको भनी गर्नु भएको वहस जिकिरसँग यो इजलास सहमत हुन सकेन । § प्रतिवादी अर्जुनप्रसाद वराललेल त्रिभुवन विश्व विद्यालय जस्तो संगठित संस्थाले गंगादेवीले मात्र परीक्षा दिन पाउने शर्त राखी प्रदान गरेको प्रवेश पत्रबाट सो प्रवेशपत्रमा निर्धारित गरेका शर्तहरुको प्रतिकूल कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ मा उल्लेखित गैरकानूनीस् लाभ वा हानी पुर्याउने वदनियतले कुनै व्यक्रिले काम गरेमा दण्ड सजाय हुने गरी निषेध गरेका कसूर अपराध गर्ने प्रयत्न सम्म गरेको देखिई अपराधिक कार्य पुरा गरी सकेको नदेखिएकोले विद्यमान अवस्थामा शुरु चितवन जिल्ला अदालतले गरेको कैदको सजायको हदसम्मको इन्साफ केही उल्टी गरी पुनरावेदक प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ ले रु. १५०। जरिवाना हुने ठहर गरी भएको पुनरावेदन अदालत हेटौडाको इन्साफ मनासिव देखिंदा सदर हुने । (प्र.नं. १८ र १९) पुनरावदेक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री अर्जुनप्रसाद लम्साल प्रत्यर्थी वादी तर्फबाटः X अवलम्वित नजिरः X फैसला न्या अरविन्दनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. उल्लेखित प्रतिवादी अर्जुनप्रसाद वरालले अवैध रुपले गंगा देवी देवकोटाको नाममा परीक्षा दिएको भेटिएकोले निज देवकोटाको प्रवेश पत्रको सक्कलै कपि समेत संलग्न राखी विरेन्द्र वहुमुखी क्याम्पस भरतपुरको च.नं. ८३५ मिति ०५०।३।६ को पत्रसाथ आवश्यक कारवाही गरी दिनु हुन भनी जिल्ला प्रहरी कार्यालयमा भरतपुरमा लेखि पठाएको । ३ जिल्ला प्रहरी कार्यालय भरतपुरले निज प्रतिवादीलाई किर्ते मुद्दाको अनुसन्धान गर्ने सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय भरतपुरमा आवश्यक निर्देशन प