निर्णय नं. ६९९७ - लागू औषध फेन्सिडल

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९९७ - लागू औषध फेन्सिडल भाग: ४३ साल: २०५८ महिना: असार अंक: ३ फैसला मिति :२०५७/१०/१२ २९७४ निर्णय नं. ६९९७ ने.का.प. २०५८ अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ सम्वत् २०५४ सालको फौ.पु.नं. २०३४ फैसला मितिः २०५७।१०।१२।५ मुद्दाः लागू औषध फेन्सिडल । पुनरावेदक/प्रतिवादीः जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका वडा नं. २० बस्ने कान्छी तामाङ भनि लेखिएकी हाल मोरङ कारागारमा थुनामा रहेकी वर्ष ४२ की फुलमाया तामाङ । विरुद्ध विपक्षी/वादीः जगतबहादुर कार्कीको प्रतिवेदनले श्री ५ को सरकार । अदालत समक्ष पुनरावेदिका प्रतिवादीले निजको साथबाट फेन्सिडील बरामद भएको र उक्त अवैध लागु औषधको कारोवार गर्ने गरेको भन्न निजको प्रहरी समक्षको बयान सत्य होइन । प्रहरीले कुटपिट गरी सहीछाप गराएको हो भनि अभियोग दावीको कसूर गरेकोमा इन्कार रहि बयान गरेको देखिएतापनि प्रहरीको कुटपिटबाट निजलाई लाग्न गएको घाउ–चोट समेत देखाई सो को जाँच गरि पाउँ भन्ने भनाइ समेत रहेको नदेखिनुका साथै प्रहरीले निजलाई कुटपिट गरि झुठ्ठा व्यहोराको बयानमा सहिछाप गराउनु पर्ने सम्मको आधारसमेत खुलाउन सकेको पाइदैन । बरु बरामद मिति र समयमा वारदातस्थल मै रहेको भन्ने निज प्रतिवादीको अदालत समक्षको वयानको अंश निज प्रतिवादी आफै रोहवरमा बसी सहिछाप गरेको बरामदी मुचुल्का , बरामदी मुचुल्काको काम तामेल गर्ने प्रतिवेदक मध्येका जसमान राईले अदालत समक्ष बरामदीलाई पुष्टी हुने गरी गरिएको बकपत्र, बस्तुस्थिति मुचुल्का, समेतका मिसिल संलग्न प्रमाणबाट सिलसिलेवार रुपमा घटनाक्रम उल्लेख गरि व्यहोरा लेखाई दिएको निज प्रतिवादी कान्छी भन्ने फुलमाया तामाङको प्रहरी समक्षको वयान पुष्टी भैरहेको देखिंदा आधार प्रमाणविहीन निजको अदालत समक्षको इन्कारी वयान विश्वासनीय रहेछ भनि मान्न मिल्ने हुन आएन । १० बोतल फेन्सिडिल निज पुनरावेदक प्रतिवादीकै साथबाट बरामद भएको प्रमाणित भएको अवस्थमा निजले सो फेन्सिडिल भएको अवस्थामा निजले सो फेन्सिडिल स्वास्थ्य उपचारको लागि चिकित्सकको अनुमतीले कानून बमोजिम राखेको वा राख्न पाउने हो भन्ने जिकिर लिएको पनि देखिदैन । त्यसैगरि बरामद भएको फेन्सिडिलको मात्रा हेर्दा सामान्य रुपले स्वास्थ्य उपचारको लागि राख्न सकिने अवस्थाको रहेको पनि पाइदैन । लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १२ बमोजिम कुनै व्यक्तिका साथमा कुनै लागु औषध भएको फेला परेमा सो कानून बमोजिम राखेको हो भन्ने प्रमाणित गर्ने भार निज उपर नै रहने भै सोलाई अन्यथा प्रमाणित गर्न नसकेको अवस्थामा प्रतिवादीले कसूरबाट उन्मुक्ति पाउन सक्ने अवस्था नदेखिने । (प्र.नं. २७ र २८) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री अग्नी खरेल विपक्षी वादी तर्फबाटः विद्वान उप न्यायाधिवक्ता श्री ऋषिराम दवाडी अवलम्वित नजिरःx फैसला न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः पुनरावेदन अदालत विराटनगरको फैसला उपर यस अदालत समक्ष पर्न आएको पुनरावेदन सहितको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. मिति २०५२।३।२६ गते कान्छी तामाङले फुलमाया तामाङको घरमा अवैध फेन्सिडील ल्याई बिक्री वितरण तथा संचय गरी राख्छन् भन्ने सुराक पाई जाँदा फुलमायाको घर अगाडि उभिरहको कान्छी तामाङले बोकेको झोला चेक गर्दा १० बोतल र फुलमाया तामाङको घर तलासी गर्दा ३८ बोतल गरी १२० एम.एल.को ४८ बोतल लागु औषध फेन्सिडील फेला परेको भन्ने समेत बरामदी मुचुल्का । ३. मिति २०५२।३।२६ ग