निर्णय नं. ६९९८ - लिखत दर्ता वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९९८ - लिखत दर्ता वदर भाग: ४३ साल: २०५८ महिना: असार अंक: ३ फैसला मिति :२०५७/०९/२१ २६७६ निर्णय नं. ६९९८ ने.का.प. २०५८ अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायधीश श्री केदारनाथ आचार्य माननीय न्यायधीश श्री राजेन्द्रराज नाख्वा सम्वत २०५४ सालको दे.पु.नं. ४२८४ आदेश मितिः २०५७।९।२१।६ मुद्दाः लिखत दर्ता वदर । पुनरावेदक/वादीः जिल्ला झपा शिवगञ्ज गा.वि.स. वडा नं. १ बस्ने महाविरप्रसाद अग्रवाल । विरुद्ध प्रत्यर्थी/प्रतिवादीः ऐ ऐ बस्ने श्यामसुन्दर अग्रवाल समेत । § फिरादकर्ताले जुन लिखत दर्ता वदर गरि पाउँ भनि दावी लिएको छ सो लिखत २०४९।२।१९ मा पारित भएकोमा उक्त लिखत वदर गरि पाउँ भनि वादीले २०५१।८।६ मा मात्र अदालतमा नालिस दिएको देखिन्छ । यसरी लिखत तथा दर्ता वदर गरी पाउँ भनि गरेको फिराद दावी मुलकी ऐन लेनदेन व्यवहारको १० नं. को हद म्याद भित्र पर्न आएको नदेखिंदा वादी दावी नपुग्ने झापा जिल्ला अदालतको इन्साफ उल्टी गरी हदम्यादको अभावम वादी दावी खारेज हुने गरेको पुनरवेदन अदालत इलामको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १३) पुनरावेदन वादी तर्फबाटः X प्रत्यर्थी प्रतिवादी तर्फबाटःX अवलम्वित नजिरःX फैसला न्या.राजेन्द्रराज नाख्वाः पुनरावेदन अदालत इलामको मिति २०५४।३।१६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. पिता राजकिसन अग्रवालका २ छोरामा जेठा दाजु प्रयागचन्द्र कान्छा म फिरादी हुँ । हामीहरुको अंशवण्डा भएको छैन । दाजु प्रयागको ०३१ सालमा स्वर्गेवास भए पछि हामी एकासंगोलबाट दोकान गरि रहँदै बसेको अवस्थामा म विरामी भएकोले घरको दोकान समेत प्र. श्याम सुन्दरलाई जिम्मा लिई परिवार लिई भारतको हरियाणामा उपचार गराउन २०४९ सालको गै उपचार गराई २०५१ साल भाद्र ३० गते घरमा आउँदा दोकान नभएको घर व्यवहार लथालिङ्ग भएको देखि श्यामसुन्दरलाई हिसाब देखाउ भन्दा हिसाब देखाउदिन जाँहा गै के गर्नु पर्छ र जग्गा मेरै नाउँमा छ भन्ने जवाफ दिएको र मैले आर्जन गरेको सम्पत्तिबाट श्यामसुन्दरको नाउँमा खरिद गरि राखेको शिवगञ्ज गा.वि.स. वडा नं. को कि.नं. ४८८ को कित्ताबाट फोर गरि कि.नं. ९३० को ज.वि. ०–२–० जग्गा बिक्री गरेको भन्ने सुनी मालपोत कार्यालयबाट राजिनामा नक्कल लिंदा उक्त जग्गा प्र. मध्येकी भवानीदेवीलाई बिक्री गरेको थाहा पाएकोले फिराद गर्न आएको छु । यसरी मेरो समेत आर्जनबाट मैले खरिद गराएको विपक्षी श्यामसुन्दरको नाउँको मेरो समेत हक लाग्ने संगोलको जग्गा मेरो मञ्जुरी वेगर बिक्री गरेकोले शिवगञ्ज गा.वि.स. वडा नं. १ को कि.नं. ४८८ को कित्ताबाट फोर गरि कि.नं. ९३० को ज.वि. ०–२–० जग्गा मिति ०४९।२।१९ को लिखत मध्ये २ भागको १ भाग वदर गरि दर्ता वदर गरि मेरो नाउँमा दर्ता कायम गरि पाउँ भन्ने वादीको फिराद पत्र । ३. वादी दावी बमोजिम लिखत दर्ता वदर हुने होइन । वादी तथा मेरा दाता श्यामसुन्दरको अग्रवालको पहिला नै अंशवण्डा भैसकेको हुँदा श्यामसुन्दर अग्रवालको निजी आर्जनको जग्गा खरिद गरेकी हुँ । वादी प्र. श्यामसुन्दरको एकासगोलको अंशियार नभै निज भारतीय नागरिक हुन । त्यसकारण वादी दावी सम्पूर्ण झुठ्ठा फिराद गर्ने वादीलाई नै सजाय गरि पाउँ भन्ने समेत व्यहोराको प्र. भवानीदेवी जोधानीको प्रतिउत्तर । ४. वादी तथा मेरा बुबाको केही अचल सम्पत्ति नभएकाले २०१७ सालमा नै अंशवण्डा भै सकेकोले वादी एकासंगालको अंशियार होइनन् । मेरा बाबुको २०३१ सालमा परलोक भएपछि मैले दोकान गरि