निर्णय नं. ६९९९ - कस्तुरी मारी विना बिक्री सम्बन्धमा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९९९ - कस्तुरी मारी विना बिक्री सम्बन्धमा भाग: ४३ साल: २०५८ महिना: असार अंक: ३ फैसला मिति :२०५७/११/१९ ३३४२ निर्णय नं. ६९९९ ने.का.प. २०५८ अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायधीश श्री राजेन्द्रराज नाख्वा माननीय न्यायधीश श्री केदारप्रसाद गिरी सम्वत २०५२ सालको फौ.पु.नं. १४६२ फैसला मितिः २०५७।११।१९।६ मुद्दाः कस्तुरी मारी विना बिक्री सम्बन्धमा । पुनरावेदक/वादीः रे.भोगेन्द्र रायमाझीको प्रतिवेदनले श्री ५ को सरकार । प्रत्यर्थी प्रत्यर्थी/प्रतिवादीः जिल्ला धादिङ्ग सेरतुङ्ग गा.वि.स. वडा नं. ५ बस्ने पन्द घले समेत । § ७० दिन भित्र पुनरावेदन गर्न नसकेको कारण देखाई अ.वं. ५९ नं. अन्तर्गत उक्त ७० दिन गुज्रेको मितिले ३० दिन भित्र थमाइ पाउन निवेदन दिई म्याद थमाइ २०५१।५।९ मा मात्र प्रतिवादीहरुले पुनरावेदन दर्ता गराएको देखिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा ३१(३) मा त्यस्तो फैसला उपर ३५ दिन भित्र पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने व्यवस्था भइरहेको पाइन्छ । तर ७० दिनको पुनरावेदन म्याद दिएकोले ७० दिन भित्र पुनरावेदन लाग्ने हो कि भन्नेतर्फ विचार गर्दा कानूनद्वारा तोकिएको म्याद भन्दा घटि बढी हुने गरि पुनरावेदन गर्ने म्याद दिंदैमा त्यसरी दिएको म्याद भित्र पुनरावेदन लाग्ने नभई कानूनद्वारा निर्दिष्ट गरिएको म्याद भित्रै पुनरावेदन गर्नु पर्ने हुन्छ । विधायिकाबाट ऐनमा नै प्रष्टरुपले तोकि दिएको पुनरावेदन गर्ने म्याद अन्यथा हुने गरी घटी बढी उल्लेख गर्दैमा त्यस्तो घटी बढी कायम रहन सक्ने नभई कानूनद्वारा निर्दिष्ट मँयद नै कायम हुने हुँदा सम्बन्धित मुद्दाका पक्ष विपक्षले पनि कानूनद्वारा निर्दिष्ट म्यादलाई नै अनुशरण गरी सोही म्याद भित्रै पुनरावेदन गर्नुपर्ने हुन्छ । § प्रस्तुत मुद्दामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा ३१(३) द्वारा निर्दिष्ट ३५ दिन म्याद भित्र प्रतिवादीहरुले पुनरावेदन नगरी २०५१।२।२ मा तामेल भएको पुनरावेदन गर्ने म्यादबाट ३५ दिन र अ.वं. ५९ नं. ले थमाउन पाउने म्याद ३० दिन नघाई २०५१।५।१९ मा आयर मात्र दायर भएको देखिंदा त्यस्तो पुनरावेदन ग्रहण गरी इन्साफ गर्न नमिल्ने भई पुनरावेदनै खारेज गर्नुपर्नेमा सो नगरी इन्साफ गर्ने गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको नदेखिएकोले उल्टी हुने । (प्र.नं. १९ र २०) पुनरावेदक वादी श्री ५ को सरकार तर्फबाटः विद्वान सह न्यायाधिवक्ता श्री पुष्पराज कोइराला प्रत्यर्थी प्रतिवादी तर्फबाटः X अवलम्वित नजिरः X फैसला न्या.राजेन्द्रराज नाख्वाः पुनरावेदन अदालत राजविराजको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत वादी श्री ५ को सरकारको पुनरावेदन परी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः २. मिति २०४९।५।७ गते साँझ ७:३० बजे तिर जोरसल्ले प्रवेशद्वारका कर्मचारी र श्री नयाँ गुल्मका सिपाही समेतको सक्रियातामा जिल्ला धादिङ्ग सेरतुङ्ग गा.वि.स. वडा नं. ५ बस्ने पन्द घले, ऐ.ऐ. का अम्वर तामाङ्ग र फलाम तामाङ्गको खानतलासी लिंदा कस्तुरी विना एक खुकुरी थान ३, कस्तुरीको सुकुटी मासु पोका २ र निजहरुको आफ्नो ओड्ने ओछ्याउने कपडा समेतका समानहरु बरामम भएकोले पक्राउ गरी आवश्यक कार्यवाहीको लागि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय पठाइएको भन्ने समेत व्यहोराको भोगेन्द्र रायमाझीको प्रतिवेदन । ३. श्रावण १५ गते म लगायत फलाम तामाङ र अम्वर तामाङ घरबाट हिंडी काठमाडौं मनाङ्गी भन्ने गोफ्ले साहुलाई भेटी हामी