निर्णय नं. ७००० - निर्णय दर्ता बदर हक कायम ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७००० - निर्णय दर्ता बदर हक कायम । भाग: ४३ साल: २०५८ महिना: असार अंक: ३ फैसला मिति :२०५७/०९/२१ ३००२ निर्णय नं. ७००० ने.का.प. २०५८ अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायधीश श्री गोपाल प्रसाद खत्री माननीय न्यायधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ सम्वत २०५४ सालको दे.पु.नं. ३६५३ फैसला मितिः २०५७।९।२१।६ मुद्दाः निर्णय दर्ता बदर हक कायम । पुनरावेदक/वादीः जिल्ला दैलेख छिउडी प्रसाकोट गा.वि.स. वडा नं. १ बस्ने बलबहादुर खड्का समेत प्रत्यर्थी प्रत्यर्थी/प्रतिवादीः ८ नं. नापी गोश्वारा दैलेख । § ८ नं. नापी गोश्वाराको निर्णय उपर सो कार्यालयका कायम मुकायम प्रमुख नापी अधिकृत जयप्रसाद मण्डललाई समेतलाई विपक्षी बनाई शुरु दैले जिल्ला अदालतमा वादीले फिराद दायर गरेको पाइन्छ। सो सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा मुलुकी ऐन अ.वं. २९ को देहाय (८) मा “अड्डा सम्बन्धी काम कुरामा सरकारी कर्मचारी उपर वा त्यस्ता कर्मचारीका साथ अन्य व्यक्तिहरु समेत उपर नालेस दिनुपर्दा माथि दफा दफामा जुनसुकै कुरा लेखिएको भएतापनि त्यस्तो मुद्दा दावी रहेको वा सो काम कुरा भए गरेको इलाकाको पुनरावेदन अदालतमा दिनु पर्छ” भन्ने स्पष्ट कानूनी व्यवस्था भएको पाइन्छ । यसरी सरकारी काम कुरामा कर्मचारी समेत उपर नालेश गर्दा पुनरावेदन अदालतमा गर्नु पर्नेमा सो नगरी वादीले दैलेख जिल्ला अदालतमा गरेको उपरोक्त कानूनी व्यवस्था समेतले कानूनतः मिलेको देखिएन । अतः क्षेत्राधिकार नभएको अदालतमा दायर गरेको आधारमा फिराद दावी खारेज गर्ने गरेको पुनरावेदन अदालत विरेन्द्रनगर, सुर्खेतको फैसला मिलेकै देखिंदा मुनासिव ठहर्ने । (प्र.नं. ११) पुनरावेदक वादी तर्फबाटःX प्रत्यर्थी प्रतिवादी तर्फबाटःX अवलम्वित नजिरःX फैसला न्या. गोपाल प्रसाद खत्रीः पुनरावेदन अदालत सुर्खेतको मिति २०५४।२।२१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत निर्णय दर्ता वदर हक कायम मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– २. दैलेख छिउडी मौजामा १९७१ सालको मोठ लम्वरीमा बाले बील खड्काले वीरभद्र खड्काको नाउँमा दर्ता भएको हाल तिरो रु ८२/– लाग्ने वडवाज भन्ने पाखो जग्गा निज वाजेले र बाजेको शेषपछि बुवाले र बुवाको शेषपछि स्वतः म फिरादीको अंश भागमा परि मैले नै ७ नं भरी ४ नं. जोताहा अस्थायी निस्सा समेत प्राप्त गरेको ७ नं. फाराम क्रम संख्या ९ को चिसा काल्ला खोला देखि पूर्व, डाँडादेखि पश्चिम, खालको वात्थला र हाल दीर्धे खड्काको जग्गादेखि उत्तर, मूल बाटाका मुथी काल्ला देखि उत्तर लेखिएकोमा दक्षिण यति ४ किल्ला भित्रको वडवाज भन्ने पाखो जग्गा हामी फिरादीहरुको एकलौटी हक भोग चलनको हुँदा सर्भे नाप नक्सा हुँदा उक्त हाम्रो ४ किल्ला भित्रको जग्गालाई सार्वजनिक जंगल समेतलाई कि.नं. ४ कायम गरी गौचरणमा नाप नक्सा भएकोले हामीले ७ दिने सूचनामा थाहा पाई भूल सुधार गरी हामीहरुको नाममा कायम गरी पाउँ भनी निवेदन दिंदा प्रमाणको कुनै वास्ता नगरी सार्वजनिक गौचरणनै कायम हुने ठहर्छ भनि ८ नं. नापी गोश्वारबाट निर्णय भएकोले उक्त निर्णय बदर गरी दर्ता हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको बलबहादुर खड्का र मनिराम खड्काको संयुक्त फिराद दावी । ३. प्रतिवादीका नाउँमा यस अदालतबाट म्याद जारी भै रीतपूर्वक म्याद तामेल शुरु म्यादै गुजारी प्रतिवादै नगरी बसेको रहेछ । ४. अधिकाशं व्यक्तिहरुले विवादित जग्गा सार्वजनिक नै हो भनि लेखाई दिएको समेतको आधारमा विवादित जग्गा यी वादीहरुकै हक भोगका र