निर्णय नं. ४९८६ - फैसला वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९८६ - फैसला वदर भाग: ३६ साल: २०५१ महिना: माघ अंक: १० फैसला मिति :२०५१/०८/०८ २८२६ निर्णय नं:– ४९८६ २०५१, ने.का.प. अङ्क १० पूर्ण इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत २०४८ सालको दे.पु.इ.नं. ८१ फैसला मितिः– २०५१।८।८।५ मुद्दाः– फैसला वदर । पुनरावेदक/प्रतिवादीः– लुम्बिनी अंचल रुपन्देही जिल्ला कदैया गा.वि.स. वडा नं. ७ बस्ने रामलखन तिवारी । विरुद्ध वादीः– ऐ ऐ बस्ने बच्चाराम भन्ने रामवचत तिवारी § प्रमाण ऐन, २०३१ को दफा ६ तथा अंशवण्डाको तत्कालिन १८ नं. को व्यवस्थाले पनि सगोलको अंशियारले सगोल अवस्थामा कमाएको आर्जन भाग लाग्ने र सगोलको अंशियाहरुमा जसको नाउँमा रहेको सम्पत्ति पनि सगोलको अंश लाग्ने सम्पत्ति हुने । (प्र.नं. १६) § विवादको वादीको नाउँको सम्पत्ति उखडा जग्गा भै २०२१ सालमा १३ वर्षको उमेरमा प्राप्त गरेको मिसिल प्रमाणबाट देखिन्छ । बाबु छोराले नै उखडामा जग्गा प्राप्त गरी दुबैको नाममा जग्गा रहेको देखियो । १३ वर्षको वादीले आफ्नो श्रमले कमाई उखडामा जग्गा प्राप्त गरेको भन्न स्वाभाविक नदेखिने । (प्र.नं. १६) § सगोलको ठहरी फैसला भएपछि वादी पनि अंश मुद्दाका प्रतिवादीको छोरा भै सगोलै रहेको अवस्थामा निजको नाउँमा रहेको कारणबाट नै प्रस्तुत विवाद जग्गामा वादीको एकलौटी हक भन्न सकिने अवस्था नुहेन । (प्र.नं. १७) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणी राज सिंह मल्ल विपक्षी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश बस्ती । अवलम्वित नजीर – x फैसला न्या. कृष्णजंग रायमाझी : सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ (क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः– २. विपक्षी मध्ये शिवनारायण भन्ने रामलखन तिवारी मेरा बाबा हुन् । म नावालख हुँदाका अवस्था बबा आमाको वैमनस्यता भै २०२१ साल अगाडि आम र मलाई अलग्याई दिएको हो । सो समयमा हाम्रो अचल सम्पत्ति केही नभै चल सम्पत्ति हातहातै बाँडी हर्दी गाउँको माटाको देवाल १ खरको छानो भएको घर वण्डा गरी बाबु र हामी आमा छोरा भिन्न बसी उसै वखत जिमिदार सुरेन्द्र बहादुर रायको सिर जग्गाबाट बाबु राम लखनले र जिमिदार भुलन सिंहको सिरबाट मैले उखडा जग्गा जोत भोग गरी आएको थिएँ । २०२१ सालमा लागू भएको उखडा ऐन नियम बमोजिम छुट्टाछट्टै फाराम भरी प्रमाण समेत पाई आफ्नो हर जति नम्बरीमा परिणत गराई सर्वे नापी हुदा बोगडी गा. प. वार्ड नं. १ कि.नं. २८२ ज. वि. ०–०–८, ऐ वडा नं. २ कि. नं. ८३ को ज. वि. ०–०–१९, ऐ वार्ड नं. ३ कि. नं. २७५ ज. वि. ०–८–१५, ऐ ऐ कि. नं. ३०३ को ज. वि. ०–३–१, ऐ ऐ कि. नं. ५८० को ज. वि. ०–१०–३, ऐ ऐ कि. नं. ६५४ को ज. वि. ०–३–३, ऐ ऐ कि. नं. ६५६ ज. वि. ०–३–०, ऐ ऐ वडा नं. ४ (क) कि. नं. २६ को ज. वि. ०–०–१६, ऐ ऐ कि. नं. २८ को ज. वि. ०–०–१२, ऐ ऐ कि. नं. ३० को ज.वि. १–१–० ऐ ऐ कि. नं. ५८ को ज.वि. ०–१–१०, ऐ ऐ कि.नं. ४८५ ज.वि.०–४–१२, ऐ ऐ कि. नं. ५३६ ज.वि. ०–३–१६, ऐ ऐ कि. नं. ६४५ ज. वि. ०–२–३ ऐ ऐ कि. नं. ६७७ को ज. वि. ०–५–६, ऐ ऐ कि. नं. ६८२ को ज. वि. ०–११–३ समेतका जग्गा नापी दर्ता भई जग्गाधनी प्रमाणपत्र पाइ भोगचलन गरी आएकोमा विपक्षी रामलखन तिवारीले वच्चाराको जग्गामा अघि मेरो हक भएको छ भनी गाउँमा हल्ला गरेकाले बुझ्दा विपक्षीहरु एक आपसमा अंश मुद्दा गरी मेरो हक दर्ताका जग्गा वादी रामलखनबाट अंशमा तायदाती दाखिल भ