निर्णय नं. ४९८७ - उत्प्रेषण लगायतको जो चाहिने आज्ञा, आदेश वा पूर्जी जारी गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९८७ - उत्प्रेषण लगायतको जो चाहिने आज्ञा, आदेश वा पूर्जी जारी गरी पाउँ । भाग: ३६ साल: २०५१ महिना: माघ अंक: १० फैसला मिति :२०५१/०३/२४ २४८३ निर्णय नं:– ४९८७ २०५१, ने.का.प. अङ्क १० संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल सम्वत् २०४९ सालको रिट नं.– ३००५ आदेश मितिः– २०५१।३।२४।६ विषय : उत्प्रेषण लगायतको जो चाहिने आज्ञा, आदेश वा पूर्जी जारी गरी पाउँ । निवदेकः– जि. मकवानपुर हेटौंडा औद्योगिक क्षेत्र स्थित दिग्विजय प्रोडक्ट्स प्रा. लि. का तर्फबाट अख्तियार प्राप्त प्रवन्ध निर्देशक कुन्ज विहारी मारु । विरुद्ध प्रत्यर्थीः– श्री कर कार्यालय, हेटौंडा, मकवानपुर । श्री कर विभाग, काठमाडौं । श्री उद्योग विभाग, मध्यमाञ्चल क्षेत्रीय कार्यालय, हेटौंडा । श्री उद्योग विभाग । § यथार्थमा निवेदक स्वयंले प्रस्तुत गरेको आर्थिक वर्ष २०३८–३९, २०४०–४१, २०४१–४२ को वासलातहरुको अध्ययन गर्दा निवेदक कम्पनीले २०३७ साल देखि नै नियमित रुप्मा खरी ढुङ्गा खरिद गरी त्यसको धुलो (पाउडर) बनाएर बिक्री वितरण गर्ने गरेको देखिन् छ । यसरी ४, ५ वर्ष अवधिसम्म लगातार भएको उत्पादन र बिक्री वितरणलाई व्यावसायिक स्तरमा भएको उत्पादन वा बिक्री वितरण नभनी केवल परिक्षणको लागि भएको उत्पादन वा बिक्री वितरण भन्न सकिने कुनै तर्कसंगत आधार निवेदकले देखाउन सकेको छैन र साविकको कानूनी व्यवस्था अनुसार उत्पादन शुरु गरेको तीन वर्षको अवधिसम्म आयकर छुटको सुविधा लिई सकेपछि २०४३ सालमा मात्र निवेदकले विवाद उठाएको भन्ने पनि प्रत्यर्थी कर कार्यालयको जिकिर छ । सो जिकिर सत्य होइन, निवेदक कम्पनीले सो अवधि भित्र आयकर छुटको सुविधा लिएको छैन, अथवा त्यो अवधि भित्र गरेको सबै आयमा कम्पनीले आयकर बुझाएको छ भन्ने निवेदकको भनाई छैन । यस स्थितिमा केवल मध्यमाञ्चल क्षेत्रीय उद्योग कार्यालय हेटौंडाले लेखेको चिठ्ठीलाई मात्र दृष्टिगत गरेर प्रत्यर्थी कर कार्यालयको निर्णयलाई आधारहीन वा त्रुटीपूर्ण भन्न मिल्ने नदेखिने । (प्र.नं. ९) § यथार्थमा उद्योगबाट भएको उत्पादनलाई परिक्षण उत्पादन र व्यावसायिक उत्पादको रुपमा वर्गीकरण गर्ने लगातार ५ वर्षसम्म भएको उत्पादलाई परिक्षण उत्पादनको संज्ञा दिई त्यसपछिको उत्पादनलाई मात्र व्यावसायिक उत्पादन भन्ने र सो अनुसार व्यावसायिक उत्पादन शुरु भएको भनिएको मितिबाट औद्योगिक व्यवसाय ऐन अन्तर्गतको सुविधाहरु प्रदान गर्ने आधार के हो निवेदकले स्पष्ट गर्न सकेको छैन । परिक्षण उत्पादनबाट उत्पादित बस्तु बजारमा बिक्री गरी कम्पनीले आम्दानी गरेको कुरा निवेदक स्वयंले स्वीकार गरेको छ । यस स्थितिमा निवेदकको भनाई अनुसारको व्यावसायिक उत्पादन शुरु हुनु भन्दा पहिले परीक्षण उत्पादनबाट हुने आम्दानीहरुमा औद्योगिक व्यवसाय ऐन अन्तर्गतको छुट प्राप्त हुने वा नहुने के हो ? त्यस्तो आम्दानीमा निवेदकले कर बुझाएको छ वा छैन ? बुझाएको भए परीक्षण उत्पादनमा आयकर लाग्ने तर व्यावसायिक उत्पादन शुरु भएपछिको उत्पादनमा छुट पाउने भन्ने उपयुक्त हुने वा नहुने ? इत्यादी कतिपय प्रश्नहरु उपस्थित हुन्छन् । वस्तुतः उद्योगले उत्पादनमा शुरु गरेर त्यो उत्पादन खरीद बिक्री गर्न थालेपछि त्यो व्यावसायिक उत्पादन नै हुन्छ र त्यस्तो उत्पादन शुरु भएको मितिलाई औद्योगिक व्यवसाय ऐन अन्तर्गत आयकर छुट पाउने प्रयोजनको लागि उत्पादन शुरु भएको मिति कायम गर्नु पर्ने । (प्र.नं. ९) § क्षेत्रीय कार्यालय र उद्योग विभागबाट भएको काम कारवाही