निर्णय नं. ४९८८ - अदालतको अवहेलना

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९८८ - अदालतको अवहेलना भाग: ३६ साल: २०५१ महिना: माघ अंक: १० फैसला मिति :२०५१/०४/२५ ३७८७ निर्णय नं:– ४९८८ २०५१, ने.का.प. अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४९ सालको फौ. वि. नं. १०५ आदेश मितिः– २०५१।४।२५।३ मुद्दाः– अदालतको अवहेलना । निवेदक : जिल्ला खोटाङ घर भै हाल नेपाल ल क्याम्पसमा अध्ययनरत लक्ष्मी खड्का । विरुद्ध विपक्षी : अंग्रजी भाषामा प्रकाशित हुने विकेण्ड पत्रिकाको प्रकाशन श्री टि. वि. दाहाल ऐ. का फाउण्डिङ्ग इडिटर श्री नगेन्द्र शर्मा § विपक्षीहरु सम्पादक एवं प्रकाशक भएको अंग्रेजी भाषामा प्रकाशन हुने विकेण्ड पत्रिकामा प्रकाशित कार्टुन यस भन्दा अगावै मिति २०४९।७।२१ म साप्ताहिक विमर्शमा प्रकाशन भएको र त्यस कार्टुनबाट यस अदालतको मानहानी भयो भनी निवेदक थिर प्रसाद पोखरेलको प्रतिवेदन परेकोमा यस अदालतको संयुक्त इजलासबाट मिति २०४९।७।३० मा अदालतको मानहानी भएको ठहर गरेको देखिन्छ । विवादित कार्टुनको पुनः प्रकाशन मिति २०४९।८।१५ मा भएको पाइन्छ । २०४९ सालको फौ. वि. नं. ९४ निवेदक थिर प्रसाद पोखरेल वि. हरिहर बिरही भएको अदालतको अपहेलना मुद्दामा “अभियुक्तको अवहेलनाजनक कार्य गर्ने मनसाय थियो थिएन भन्ने कुरा गौण रहन्छ ।” भनी यस अदालतबाट बोलेको पाइन्छ । तसर्थ विपक्षीहरुको अदालतको अवहेलना गर्ने मनसाय थियो वा थिएन भन्ने तर्फ विचार गरिरहन परेन । उक्त मुद्दामा प्रकाशित कार्टुन नै अवहेलनाजनक ठहर भइरहेकोमा त्यस्तो कार्टुन पुनः प्रकाशनबाट यस अदालत प्रति जनमानसमा भ्रम सिर्जना हुन सक्ने हुँदा विपक्षीको कार्यबाट यस अदालतको अवहेलना हुन जाने देखिन्छ । पुनः प्रकाशन हो भन्दैमा त्यस प्रकाशनबाट अदालतको अवहेलना हुँदैन भन्न नमिल्ने । (प्र.नं. १०) § विपक्षीहरुले आफ्नो लिखित जवाफ र छुट्टै निवेदन समेत दिई आफ्नो कार्यप्रति बिना शर्त क्षमायाचना गर्नु भएको छ । साथै विपक्षीहरुका कानून व्यवसायीहरुले पनि इजलास समक्ष विना शर्त क्षमायाचनाको लागि अनुरोध गर्नु भयो । सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ को उपदफा (१) मा सर्वोच्च अदालतले आफ्नो र आफ्ना मातहतका अदालत वा न्यायिक निकायको अवहेलनामा कारवाही चलाई सजाय गर्न सक्ने व्यवस्था रहेको छ भने सोही दफाको उपदफा (२) मा अभियुक्त वा कसूरदारले सर्वोच्च अदालतलाई सन्तोष हुने गरी क्षमयाचना गरेमा अदालतले निजलाई क्षमा दिन सक्ने व्यवस्था रहेको छ । विपक्षीहरुले लिखित जवाफ निवेदन तथा निजका कानून व्यवसायीहरुबाट गरिएको क्षमायाचनाको अनुरोधबाट यो इजलासले सन्तोष लिएको हुँदा विपक्षीहरुलाई कुनै सजाय गर्न नपर्ने । (प्र.नं. ११) निवेदक तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री इन्द्र लोहनी । विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला । अवलम्बित नजीर : x आदेश न्या. सुरेन्द्र प्रसाद सिंह : यस इजलास समक्ष पेश हुन आएको प्रस्तुतत निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः– २. “विकेण्ड पत्रिकाको वर्ष २ अंक २१ मंसीर १५ (Nov. 30, 1992), को अंकको पृष्ठ ४ मा विमर्श साप्ताहिक पत्रिकामा प्रकाशित अदालतको मानहानी ठहरिएको कार्टुन चित्र पूनः प्रकाशित गरियोको छ । जसमा सम्माननीय प्रधान न्यायाधीशको पुच्छरयुक्त चित्र बनाई नरिवलको रुखमा चढी टनकपुरु मुद्दाको पोको हातमा लिएर बसेको तल भुइमा रहेका राजनैतिक पार्टीका नेताहरुले तन्ना थापी छिटो खसाल, यथा खसाल भनी देखाएको र चित्र मुनि The offending cartoon लेखिएको छ । यसबाट स