निर्णय नं. ४९८९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९८९ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: माघ अंक: १० फैसला मिति :२०५०/०६/१८ ३११२ निर्णय नं:– ४९८९ २०५१, ने.का.प. अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४८ सालको रिट नं.– १७३६ आदेश मितिः– २०५०।६।१८।२ विषय : उत्प्रेषण । निवेदिकाः जिल्ला कंचनपुर महेन्द्रनगर नगरपालिक वडा नं. २ बस्ने जानकीदेवी चन्द । विरुद्ध विपक्षी : जिल्ला कंचनपुर महेन्द्रनगर नगरपालिक वडा नं. २ बहुलिया बस्ने गोविन्द बोहरा । ऐ ऐ उल्टाखाम बस्ने सुमेरु चन्द कन्चनपुर जिल्ला अदालत, महेन्द्रनगर । § रिट क्षेत्रबाट विवाहो कि. नं. ३२६ को जग्गा निजी स्त्रीधनको हो वा होइन भनी तथ्यको निरोपण गरी छुट्याउन नमिल्ने । (प्र नं. ९) § जुन लिखत निवेदिकाका पति सुमेरु चन्दले गरी दिनु भएको छ सो लिखतमा गोबिन्द बोहरासँग कर्जा लिंदा सुमेरु चन्दले विवादको कित्ता जग्गा मेरा अंश, हक चलन भोगको मेरी श्रीमती जानकी देवीको नाउँमा दर्ता भन्ने बोली पारी मिति २०४२।१०।११ भएको कागजमा स्वयं निवेदिका जानकी देवी साक्षी बसेको समेत देखिंदा लिलामीको कारवाही गैरकानूनी भयो भन्ने स्थिति नदेखिने । (प्र नं. ९) निवेदिका तर्फबाट : – x विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठ अवलम्वित नजीर : x आदेश न्या. त्रिलोक प्रताप राणा : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवदेनका संक्षिप्त विवरण यस प्रकार छः २. विपक्षी गोविन्द बोहरा वादी र विपक्षी सुमेरु चन्द प्रतिवादी भई कंचनपुर जिल्ला अदालतमा चलेको २०४६ सालको दे.नं. १३।८२ को र २०४६ सालको दे.नं. १४।८३ को गरी जम्मा दुईवटा लेनदेन मुद्दामा विपक्षी गोविन्द बोहराले कंचनपुर जिल्ला अदालतबाट मिति २०४७।५।२५।२ मा दुबै मुद्दामा गरी साँवा र ब्याज कोर्टफी आदि गरी जम्मा रु. ३७,९१६।२६ भरी पाउने ठहर भै फैसला भएको थियो । विपक्षी गोविन्द बोहराले म निवेदिका जानकी देवी चन्दका नाउँमा दर्ता रहेको कसैलाई कुनै तवरले वण्डा गरी दिनु नपर्ने मुलुकी ऐन स्त्री अंश धन अन्र्तगत को मेरो एकलौटी निजी सम्पत्ति जी. कंचनपुर तत्काल महेन्द्र नगर नगरपालिका वडा नं. २ प्लट नं. ४ को कि. नं. ३२६ को ज.वि.०–१२–८ जग्गा सुमेरु चन्दको जेथाको रुपमा देखाई विगो भराई पाउन कंचनपुर जिल्ला अदालत समक्ष झठ्ठा व्यहोरा निवेदन दिनु भएको रहेछ । सोही सूचनाको आधारमा उक्त मरो जग्गा मिति २०४८।६।२ गतेका दिन कंचनपुर जिल्ला अदालतको प्रागणमा लिलाम बढाबढ गरिने भन्ने सूचना २०४८।५।१२ मा प्रकाशित भएको भएपनि हालसम्म लिलाम बढाबढ गर्ने काम भएको छैन । यसरी विपक्षीहरुको एक आपसमा मुद्दा परी मलाई थाहा पत्ता नदिई मेरो उक्त जग्गा विपक्षी जिल्ला अदालतले गैर कानूनी तवरले लिलाम गर्न लागेको सम्पूर्ण काम कारवाही वदर गरी पाउन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) अन्तर्गत यो निवेदन गरेको छु । मेरो लिखित निवेदन जिकिर यस प्रकार छ । (क) दुई पक्ष बीचको लेनदेन मुद्दामा म कुनै वादी प्रतिवादी होइन । मैले गोविन्द बोहरा सँगबाट कुनै रकम कर्जा लिएको भनी दावी पनि छैन । यस्तो अवस्थामा विपक्षी गोविन्द बोहराले विपक्षी सुमेरु चन्दबाट विगो भरी भराऊ गरी लिन पाउने ठहरी फैसला हुँदैमा मेरो एकलौटी स्त्री अंश धन अन्तर्गतको माथि उल्लेखित गरेको जग्गा लिलाम गरी विगो भराउन पाउने होइन मिति २०४७।५।२५।२ का दुबै फैसलाको तपरिल खण्डमा समेत प्रतिवादी सुमे