निर्णय नं. ४९९० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९९० - कर्तव्य ज्यान भाग: ३६ साल: २०५१ महिना: माघ अंक: १० फैसला मिति :२०५१/०३/२७ २८२३ निर्णय नं:– ४९९० २०५१, ने.का.प. अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत् २०४९ सालको फौ.पु.नं. ४६१, ५१५, ४२९ आदेश मितिः– २०५१।३।२७ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/वादीः दिल बहादुर सेठीको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी : जि. डडेलधुरा औमेरु गा.वि.स. वडा नं. ३ बस्ने गगन सिंह बोहरा ऐ ऐ बस्ने धर्मा कुमारी सेठी ऐ ऐ बस्ने श्रीमती मैना देवी सेठी पुनरावेदकः जि. डडेलधुरा अजयमेरु गा.वि.स. वार्ड नं. ६ घर भै हाल कारागार शाखा डडेलधुरामा थुनामा रहेकी मेनादेवी सेठी । विरुद्ध विपक्षी : दिल बहादुर सेठीको जाहेरीले श्री ५ को सरकार । पुनरावेदकः जि. डडेलधुरा अजयमेरु गा.वि.स. वार्ड नं. ३ टिटाली बस्ने गगन सिंह बोहरा । विरुद्ध विपक्षी : दिल बहादुर सेठीको जाहेरीले श्री ५ को सरकार । § वारदात अवस्था उपस्थित नभई मृतक मृत्यु पश्चात लास दवाउने क्रियामा सरिक भएको देखिंदा निजलाई ज्यान सम्बन्धी १७ (३) नं. आकर्षित नहुने भई सोही महलको ४ नं. आकर्षित हुने । (प्र.नं. ३२) पुनरावेदक वादी तर्फबाट : विद्वान उप–सरकारी अधिवक्ता श्री टीका बहादुर हमाल विपक्षी प्रतिवादी तर्फबाट : x अवलम्वित नजीर : x आदेश न्या. गोविन्द बहादुर श्रेष्ठ : पुनरावेदन अदालत मुकाम महेन्द्र नगरको फैसला उपर यस अदालतमा दुबै पक्षको पुनरावेदन दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः– २. यस्मा मेरी बुहारी कलावती सेठी २०४६।२।२ का दिन राती सुतेको समय पारी घर जग्गाको लालपूर्जा नगद रु. ६०००।– उसैले पहिरी राखेकी ४० तोला चाँदी र १ तोला सुन समेत लगी बेपत्ता भएकी हुँदा खोज तलास गर्दा उसको माइती घरमा पनि नभेटिएकीले खोज तलास गरी पाउँ भनी मैना देवी सेठीले अजमेरु गा.पं. मा दिएको मिति २०४६।२।४ को निवेदन । ३. म पशुपति प्रसाद गण तेधरी ब्यारेक धनगढीमा कार्यरत रहेको वेला घरमा बृश्री ५ को सरकार आमा र श्रीमती कलावती मात्र भएकी अवस्थामा २०४६।१।३० का दिन कलावती नगद रु. ६५००।– र निजले लगाएको चाँदी ४० तोला र सुन १ तोला समेत लगी बेपत्ता भएकी र खोज तलास गर्दा फेला नपरेकीले खोज तलास गरी पाउँ भनी निजको फोटो समेत संलग्न गरी दिन बहादुर सेठीले जि.प्र.का. डडेलधुरामा मिति २०४९।२।९ मा दिएको हुलिया निवेदन । ४. म धनगढीमा कार्यरत हुँदा तिम्री श्रीमती २०४६।१।३० बाट हराएकीले त्यहाँ आएकी भनी मलाई २०४६।२।४ गते खबर प्राप्त भएपछि निजको माइती घरमा भन्दा त्यहाँ पनि फेला नपरेको जेठ ७ गते बिदा लिई घरमा गएको आमाले तिम्री श्रीमती धनमाल समते लिई भागेको हो भनेपछि ऐ ९ गते हुलिया निवेदन दिएको हुँ । ऐ १२ गतेका दिन रेवले खोलामा चीलहरु घुमीरहेको देखि शंका लागि म समेतका गाउँलेहरुले गई हेर्दा मेरी श्रीमतीले लगाउने गरेको ब्लाउज चिने र एकदमै गन्ध आएको थियो लास पानीको तालमा भएकोले पुनः आमालाई सोध्दा निज कलावतीले २०४७।१।३० का दिन धनगढी जान दिएनौ थाहा पाउलीस भनेकी थिइन् राती खाना खाई सुती सकेको अवस्था पारी नजिकैको घाँस राख्ने गोठमा पासो लगाएकी रहिछ ऐ ३१ गते विहान घाँस लिन जाँदा मैले देखेपछि डोरी काटेर लासलाई छोपी सोही राती लासलाई डोकोमा हाली रेवले खोलाको पानीको तालमा फाली आएको हुँ भनी भनेकीले कानून बमोजिम आवश्यक अनुसन्धान कारवाही गरी पाउँ भन्ने दिल बहादुर सेठीको २०४६।२।१३ को जाहेरी दर