निर्णय नं. ४९९१ - लेनदने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९९१ - लेनदने भाग: ३६ साल: २०५१ महिना: माघ अंक: १० फैसला मिति :२०५१/०१/१९ २७९९ निर्णय नं:– ४९९१ २०५१, ने.का.प. अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत् २०५१ सालको दे.प्र.नं.– १८९४ आदेश मितिः– २०५१।९।१९।३ मुद्दाः लेनदने । पुनरावेदक/प्रतिवादीः– चितवन जिल्ला खेरहनी गा.वि.स. वडा नं. ७ बस्ने श्याम बहादुरको पत्नी राधादेवी पन्तको वा. भै आफ्नो हकमा समेत ऐ ऐ बस्ने श्याम बहादुर पन्त विरुद्ध वादीः– चितवन जिल्ला भरतपुर न.पा.वाड नं. ३ बस्ने तीर्थ प्रधान § कपाली लिखतको हकमा लेनदेन व्यवहारको ४० नं. आकर्षित हुने अवस्था नहुने । § लिखतमा ब्याज लिने दिने सम्बन्धमा कुनै कुरा उल्लेख भएको पाइएन । लेनदेन व्यवहारको ६ नं. मा लिखत मा ब्याज नलेखिएकोमा ब्याज पाउँदैन भन्ने व्यवस्था भएको समेतबाट व्याज भराई पाउने भन्न नमिल्ने । पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुष्ण प्रसाद भण्डारी विपक्षी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्की अवलम्वित नजीर : x फैसला न्या. मोहन प्रसाद शर्मा : प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. विपक्षीले म सँग मिति २०३९।१।१७ मा रु. १,२५,०००।– एक लाख पच्चिस हजार कर्जा लिनु भै प्रमाणमा प्रस्तुत जग्गा राजीनामा गरी विपक्षी पत्नी राधादेवी पन्त किनारामा साक्षी बसी राजीनामा लिखत गरी दिनु भएको छ । उक्त लिखत ऐनका म्याद भित्र रजिष्ट्रेशन गरी नदिनु भएकोले कपाली हुन गएको छ । उपरोक्त रुपैयाको साँवा ब्याज दिनोस भनी विपक्षीहरुलाई भन्दा तिम्रो रुपैयाको साँवा ब्याज बुझाउँदैनौं । तिम्रो खुबी भए हाम्रो नाउँमा नालिश गर भनी अन्यायपूर्ण जवाफ दिनु भएको फिराद गर्न आएको छु । अतः साँवा रु. १,२५,०००।– को लिखत मितिदेखि आजतकको ब्याज रु. ६२२९१।६३ समेत जम्मा रु. १८७२९१।६३ र मुद्दा किनारा नै विगो भरी भराउ हुँदाका दिन तर्कको ऐन बमोजिम ब्याज समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. विपक्षी बादीसँग मेरो अघि देखि मुधा परी झगडिया भएको हुनाले निजको अनेकौं जालझेल गरेको नमूना यो फिराद हो । निजले फिरादमा जग्गाको ४ किल्ला राखी राजीनामा गरी दिएको भन्ने उल्लेख गरेका छ्न । ब्याज बुझाउनु पर्ने भनी लिखतले बाध्य गर्न सक्दैन । वादीले मेरो दाजु भैरव बहादुरलाई ०४३।१।१० मा रु ५५,०००।– (पचपन्न हजार) बुझाउने लिखत लेखि दिएकोले सो को फोटोकपी पेश गरेको छु । भैरव बहादुरकी श्रीमती भाउजुले मलाई मरो नाउँमा ०३९।१।१७ मा गरी दिएको भरपाई लिखतबाट निजले रु. २७,०००।– दिने कबूल गरेका रहेछन् । यस प्रकार निज वादीले हामी पति पत्नीलाई झुक्याई कुन लिखत गराइ लिएको भए हामीलाई थाहा छैन । उक्त लिखतमा आय टिकट नटाँसीएको हुँदा कानूनी मान्यता प्राप्त छैन । अतः वादीको झुठ्ठा दावीबाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको जिकिर । ४. मैले पश गरेको भरभाइबाट नै एक लाख पच्चिस हजार रुपिया दिएको भन्ने कुरा झुठ्ठा देखिएको रुपैयाको बुझाउँछ भनी कबूल भएको पनि नदेखिएको टिकट पनि नटाँसिएको गैह्र कानूनी लिखतलाई सद्देकीते छुट्याई बयान गर्न आवश्यक नभएता पनि सही छाप मेरो हो कीर्ते भन्न सकिन्न भन्ने समेत व्यहोराको प्र.वा.स. श्याम बहादुर पन्तले गरेको बयान । ५. प्रतिवादीले पेश गरेको कागजमा लागेको तिर्थ प्रधान भन्ने सहीछाप मेरै हो । विपक्षीलाई रु. २७,०००।– दिन बाँकी छैन । विपक्षीले पेश गरे बमोजिम निजलाई बुझाउन पर्ने छैन