निर्णय नं. ४९९३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९९३ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: माघ अंक: १० फैसला मिति :२०५१/०७/१४ ३४२६ निर्णय नं:– ४९९३ २०५१, ने.का.प. अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत् २०५० सालको रिट नं. – ३३०६ आदेश मिति :– २०५१।७।१४।२ विषय :– उत्प्रेषण । निवेदक : जि. सप्तरी राजविराज न.पा. वडा नं. ९ घर भै हाल जिल्ला सुनसरी धरान न.पा. वडा नं. ८ स्थित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पसको प्रशिक्षक पदमा कार्यरत वर्ष ३५ को फुल कुमार देव । धरान न.पा. वडा नं. १२ वस्ने ऐ को प्रशिक्षक पदमा कार्यरत कृष्ण प्रसाद दाहाल विरुद्ध विपक्षी : त्रिभुवन विश्वविद्यालय सेवा आयोग कीर्तिपुर । § बेग्ला बेग्लै पदमा बढुवाको लागि प्रशिक्षक र सहायक प्राध्यापकबाट बेग्ला बेग्लै उमेदवार माग गरी बढुवा गर्ने सूचना समेत प्रकाशित भएकोबाट पनि उप–प्राध्यापक पदमा कार्य गरिरहेको व्यक्ति पनि उमेदवार बन्न सक्छ भनी सम्झन नमिल्ने । (प्र.नं. ९) रिट निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थी तर्फबाट :– विद्वान अधिवक्ता श्री वद्री नरसिंह राजभण्डारी अवलम्वित नजीर :– x आदेश न्या. गोविन्द बहादुर श्रेष्ठ : नेपाल अधिराज्यको संविधान, ०४७ को धारा २३/८८ (२) बमोजिम पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. म निवेदक फुल कुमारले मिति ०३५।१२।१ म मेकानिकल इन्जिनियरिङ्ग विषयको सहायक प्रशिक्षक पदमा अस्थायी नियुक्ती पाई सेवामा प्रवेश गरेको छु । मिति २०४०।१।२८ देखि उप प्रशिक्षक भई ०४१।५।६ मा प्रशिक्षक पदमा बढुवा प्राप्त गरेको छु । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले संचालन गरेको समयमा ०४६।११।२१ मा वरिष्ठ प्रशिक्षक भएको थिए मिति ०४७।२।२० देखि मिति ०४९।६।३० सम्म सहायक क्याम्पस प्रमुख भई सेवा गरेको थिए । मेरो शैक्षिक योग्यता लण्डन स्थित द सोसाइटी अफ इन्जिनियर्सबाट स्नातक स्तरको ए.एस.ई. को उपाधी प्राप्त गरेको छु । त्यस्तै म निवेदक कृष्ण प्रसाद दाहालले नेपाली बिषयको उप प्रशिक्षक पदमा मिति २०४४।८।२८ मा करार सेवामा नियुक्ति पाई सेवा प्रवेश गरेको छु मिति ०४६।४।१ देखि अस्थायी प्रशिक्षक पदमा रही सेवा गर्दै आएकोमा ०४७।५।३१ देखि प्रशिक्षक पदमा स्थायी सेवा गर्दै आएको छु । म निवेदकले एम.ए. नेपाली विषयमा द्वितीय श्रेणीमा उतीर्ण गरेको छु । ३. प्रत्यर्थीद्वारा विज्ञापन नं. ३।०४९।०५० बाट मेकानिकल बिषयको उप प्राध्यापक पद संख्या २ मा आन्तरीक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने र सो पदको निमित्त त्रि.वि.वि. मा स्थायी रुपले कार्यरत उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिएकोमा म्यादै भित्र दरखास्त प्रस्तुत गरेको थिएं त्यस्तै विज्ञापन नं. १।०४९।०५० बाट नेपाली बिषयको उप प्राध्यापक पद संख्या २१ पदपूर्ति गर्ने भनी दरखास्त आव्हान गरिएकोमा म्याद भित्र म निवेदक कृष्ण प्रसाद दाहालले पनि दरखास्त आव्हान गरेको थिए । त्रि.वि. सेवा आयोगद्वारा मिति ०४९।१०।२२ मा प्रकाशित सूचनामा मिति ०५०।१।१४ देखि नेपाली विषयको उप प्राध्यापक पदको निमित्त र मिति ०५०।२।२ देखि इन्जिनियरिङ्ग विषयको उप प्राध्यापक पदको निमित्त अन्तरवार्ता हुने भन्ने कुरा उल्लेख गर्दै अन्तरवार्तामा सम्मिलित हुने उम्मेदवारहरुको सूची समेत प्रकाशित गरिएको रहेछ । जसमा हामी निवेदकको नाउ उल्लेख गरिएको रहनेछ । यसरी आफ्नो नाम अन्तवार्तामा सम्मिलित हुन पाउने उम्मेदवारहरुको सूचीमा उल