निर्णय नं. ४९९५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९९५ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: माघ अंक: १० फैसला मिति :२०५१/०६/१७ ३२४३ निर्णय नं:– ४९९५ २०५१, ने.का.प. अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५० सालको रिट नं. – ३४११ आदेश मितिः– २०५१।६।१७।२ विषय : उत्प्रेषण । निवेदक : अछाम जिल्ला कुसकोट गाउँ विकास समितिका उपाध्यक्ष श्री सरमाने साउद । विरुद्ध विपक्षी : श्री जिल्ला प्रशासन कार्यालय, अछाम मङ्गलसेन । श्री जिल्ला विकास समिति अछाम मङ्गलसेन । श्री जिल्ला प्रशासन कार्यालय, अछामका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर के.सी. । ऐ का प्रकाशकीय अधिकृत श्री लोक बहादुर खत्री । श्री जिल्ला प्रशासन कार्यालय, अछामका उप–सभापती श्री अक्कल बहादुर बिष्ट । ऐ ऐ का सदस्य श्री तिलक बहादुर खत्री । ऐ ऐ का सदस्य श्री धु्रव बहादुर कुँवर । ऐ ऐ का सदस्य श्री सेत बहादुर कुँवर । ऐ ऐ का सदस्य श्री रविन्द्र शाह । ऐ ऐ का सदस्य श्री वेदराज भट्ट । ऐ ऐ का सदस्य श्री मोतिसिंह उपाध्याय । ऐ ऐ का सदस्य श्री जंग बहादुर थापा । ऐ का जिल्ला कमिति अछाम मङ्गलसेनका उपाध्याक्ष श्री नैन बहादुर के.सी. । श्री जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरिक्षक श्री तुल बहादुर के.सी. । श्री नापी टोली अछाम मङ्गलसेनका टोली प्रमुख ना.ई. सुमरातलाल चौधरी । श्री ठाटी गा.वि.स. ठाटी, अछाम । ऐ ऐ का अध्यक्ष दल बहादुर शाह । ऐ ऐ का सचिव श्री सत्यराज जोशी § ऐनले जुन अधिकारीलाई अधिकार दिएको हुन्छ, उसले मात्र त्यो अधिकार प्रयोग गर्न पाउने हुँदा त्यसमा थपघट हुन वा अन्यथा गर्नु अधिकार क्षेत्रात्मक त्रुटी हुन जाने । (प्र.नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सानुराज पोखरेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अलिअकवर मिकरानी अवलम्वित नजीर : x आदेश न्या. लक्ष्मण प्रसाद अर्याल : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) अन्तर्गत यसै अदालतको क्षेत्राधिकार भित्र पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः– २. अछाम जिल्लाको कुसकोट गाउँ विकास समिति र ठाटी गाउँ विकास समितिको एक अर्को गा.वि. समितिको सिमाना जोडिएको छ । ठाटी गाउँ विकास समिति र कुसकोट गाउँ विकास समितिको सिमाना भेडालो टाउनेको खोला देखि दक्षिणमा रहेको भेडालोटाउने र चन्काल्न जग्गा साविक देखि कुसकोट गाउँ विकास समितिका मानिसहरुको खेत छन् । जहाँ कुसकोट गाउँ विकास समितिका मानिसहरुले घर छाना बनाई दैनिक भोग चलन गर्दै आई रहेको छन् र थियो । यस क्षेत्रमा घाँस दाउराको राम्रो अवस्था रहेको हुनाले ठाटी गाउँ विकास समिति वडा नं. ५ का दल बहादुर शाह समेतका बासिन्दाहरुले पहिले देखिनै उक्त कुसकोट गाउँ विकास समिति वडा नं. ३ अन्तर्गत पर्ने चन्काल्नु क्षेत्रको विषयमा पटक पटक विवाद उठाई दुवै गाउँ विकास समितिका जनताको बीच झैं झगडा कुटपिट समेत भई जग्गाको विषयमा समेत विवाद उत्पन्न भएको हुनाले २०४४ सालमा अछाम कुसकोट गा.वि.स. वडा नं. २ बस्ने गगन सिंह सावद समेत र ठाटी गाउँ विकास विकास समिति वडा नं. १ बस्ने भिम बहादुर शाह समेतका बीच घर छाना उठाउनु पर्ने कुराको भोग गरि भिम बहादुर शाह समेतले विवाद गरेपछि सो विषयमा जिल्ला कार्यालय अछाममा उजूरी परि दुबै पक्षलाई उपस्थित गराई स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (५) बमोजिम उक्त चन्काल्नु क्षेत्रको घर जग्गा कुसकोटका जनताले नै भोग चलन गर्न पाउने गरि मिति २०४४।३।२५।५ मा निर्णय