निर्णय नं. ४९९७ - लिखत दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९९७ - लिखत दर्ता बदर भाग: ३६ साल: २०५१ महिना: माघ अंक: १० फैसला मिति :२०५१/०५/०८ ५४६३ निर्णय नं:– ४९९७ २०५१, ने.का.प. अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपोन सम्बत् २०४० सालको दे.पु.नं.:–१०४९ फैसला मिति २०५१।५।८।४ मुद्दाः लिखत दर्ता बदर । पुनरवेदिका/बादिः ललितपुर जिल्ला ललितपुर नगरपालिका वडा नं ७ सुबहाल बस्ने दुरमाया महर्जन । विरुद्ध विपक्षी/प्रतिवादी : ललितपुर जिल्ला ललितपुर नगरपालिका वडा नं. ७ सुवहाल बस्ने चिरीमै महर्जन । ऐ ऐ वडा नं. १३ इखालखु बस्ने प्रागलाल श्रेष्ठ ऐ. ऐ. वडा नं. ९ बस्ने आलु महर्जन । ऐ. ऐ बस्ने वडा नं. ७ डुपाट बस्ने स्यान महर्जन । § शेष पछिको बकस पत्र गरी दिनेको शेषपछि अर्थात मृत्यु पछि मात्र सो शेष पछिको बकसपत्र पाउनेको सो बकसपत्रको सम्पत्तिमा हक पुग्न सक्ने हो र दाताले आफ्नो जिवनकालमा सो सम्पत्ति फेरि अरुलाई दिन नसक्ने अवस्था देखिन नआउने । (प्र. नं. १५) § जसले आखिरसम्म राम्रोस्याहार सुसार पर्याई रिझाउंछ उसैलाई सम्पत्ति वकसपत्र गरी दिनु कुनै अस्वाभाविक देखिन नआउने । (प्र. नं. १५) पुनरावेदक वादीको तर्फबाट : विद्धान अधिवक्ता श्री प्रकाश बस्ती विपक्षी प्रतिवादीको तर्फबाट : बिद्धान अधिवक्ता चण्डेश्वर श्रेष्ठ । अवलम्वित नजीर : x फैसला न्या. अरविन्द आचार्य : मध्यमान्चल क्षेत्रिय अदालतको फैसला उपर पनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भै पुनरावेदनको लगतमा दर्ता पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. आमा अष्टका दुई छोरी मध्ये म एक चिरीमै हो । मेरो विवाह न्हुछे महर्जनसँग भएपश्चात म र मेरो पति आमाको घरमा राखिएको थियो । आमाको स्याहार संभार पालन पोषण गर्दै आए वापत आमाले बसी आएको घर मिति २०३३।६।१० मा शेष पछिको बकसपत्र पारित गरिदिनु भएको थियो । आमाको मिति ०४०।५।३ मा देहान्त भएपश्चात पनि सो घरमा हामीले मर्मत गरेको र हाम्रो भोग चलन समेत छ । विपक्षीले अदालतमा बहाल भराई घरबाट उठाई पाउँ भनि फिराद दिएको थाहा पाई प्रमाण खण्डमा उल्लेखित जग्गाधनी प्रमाण पुर्जा हेर्दा मिति २०३९।११।१५ मा हालै देखिएको बकस पत्र पास गरिएको रहेछ । सो लिखत आमाले गरिदिएको हो होइन शंकाजनक छ । एक लिखत छँदा छँंदै दोश्रो लिखत हुन मिल्ने होइन । मेरो शेषपछिको बकसपत्र विपक्षीेले बकसपत्र खडा गरेका मितिपछि वदर गरिएको छ । तसर्थ एक लिखत जिवीत छंदैं पुनः अर्को लिखत खडागरी सो लिखतको आधारमा भएको दर्ता बदर गरी ललितपुर नगर पंचायत वडा नं. ७ कि. नं. १३६ को घरमा हक कायम समेत गरी दोहोरो गराएकोमा संजाय समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. वादीको हकको श्रोत शेषपछिको वदर भैसकेको छ । त्यस आधारमा आएको प्रस्तुत फिरादपत्र खारेज हुनु पर्ने हो । २०३९ साल देखि आमालाई मैलेनै पाली आएको छु । सो घर वादीले मर्मत गरेको होईन । वहालमा बस्न मागेकोले मिति ०३९।११।१५ देखि निज न्हुछे महर्जनलाई बस्न दिएको छु । दाता आमा अष्टले २०३९ सालमा हालैको बकसपत्र पारित गरि दिनु भएको मिति देखिनै उक्त घरमा मेरो हकमै साविकको पुरानो घर भत्काई नयाँ घर बनाउन नक्सा पास समेत गरि सकेको छु । घर खाली गर्न यी वादीलाई सूचना गर्दा घर खाली गरी नदिएकोले घरबाट उठाई पाउन मुद्दा दायर गरि सकेको छु । आमाको अन्य जग्गा पनि मैले नै अपुताली पाएको छु । अतः वादीको फिराद खारेज गरिपाउँ भन्नसमेत व्यहोराको चिरीमै र मगंलमान