निर्णय नं. ८६८९ - निर्णय लिखत दर्ता बदर जग्गा नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६८९ - निर्णय लिखत दर्ता बदर जग्गा नामसारी भाग: ५३ साल: २०६८ महिना: पौस अंक: ९ फैसला मिति :२०६८/०१/१२ ४४१७ ने.का.प. २०६८, अङ्क ९ निर्णय नं. ८६८९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री तर्कराज भट्ट संवत् २०६२ सालको दे.पु.नं.– ८३४१ फैसला मितिः २०६८।१।१२।२ मुद्दाः निर्णय लिखत दर्ता बदर जग्गा नामसारी । पुनरावेदक वादीः जिल्ला रुपन्देही, आमा गा.वि.स.बडा नं. ८ बस्ने दुलई मुराउ विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला रुपन्देही, बिष्णुपुरा गा.वि.स.बडा नं. ८ बस्ने रामसुरत यादवसमेत शुरु फैसला गर्नेः– मा.जि.न्या.श्री सुरेन्द्र वीर सिंह वस्न्यात पुनरावेदन फैसला गर्नेः– मा.न्या.श्री केशवप्रसाद मैनाली मा.न्या.श्री रामप्रसाद खनाल § दण्ड सजायको ४६ नं. को व्यवस्थाअनुरूप नै बण्डा छुट्टाउनको लागि निवेदन दिनुपर्नेमा त्यसरी निवेदन नपरेमा सो म्याद व्यतीत भएपछि फैसलाले पाएको अंश भागको जग्गा मञ्जूरी नलिईकन गरेको हक हस्तान्तरण कानूनअनुरूप नदेखिएकाले सोही विषयमा मुद्दा लिएर आउने हक छैन भन्न न्यायोचित् नहुने । (प्रकरण नं.६) § फैसलाबाट प्राप्त अंश हकलाई जहिले पनि निवेदन दिएर आफ्नो नाममा नामसारी गर्नको लागि दण्ड सजायको ४६ नं. ले स्पष्ट रुपमा रोक नलगाएको अवस्थामा नामसारी गरी आफ्नो नाममा दर्ता नगराएको अवस्थालाई मात्र आधार मानी अर्को पक्षले सो सम्पत्ति वेचविखन गर्न पाउँछ भन्ने अर्थ गर्दै जाने हो भने सामान्य प्रक्रियाको त्रुटि देखाएर अंश हक जस्तो नैसर्गिक हकबाट वञ्चित हुनुपर्ने स्थिति देखा पर्छ । बण्डा छुट्टयाई लिन नसकेको भन्ने आधारमा मात्र फैसलाबाट पाएको अंशको जग्गा आफ्नो हककायम गराई लिन पाउँदैन भन्न नसकिने । (प्रकरण नं.८) § अदालतबाट अंश मुद्दामा अन्तिम फैसला भइसकेपश्चात् सोही बण्डा गर्नुपर्ने सम्पत्तिलाई मञ्जूरी नलिई वेचविखन गरेको कार्य कानूनसम्मत् मान्न नमिल्ने । (प्रकरण नं.९) पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा र विद्वान अधिवक्ता इश्वरीप्रसाद भट्टराई प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता हरिकृष्ण कार्की अवलम्बित नजीरः नेकाप २०५७, अङ्क १२, नि.नं.६९६०, पृष्ठ ८११ सम्बद्ध कानूनः § दण्डसजायको ४६ नं. फैसला न्या.तर्कराज भट्टः पुनरावेदन अदालत, बुटवलको मिति २०६२।३।७ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) बमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । मूल पुरुष स्व. गौरी मुराउको २ श्रीमती जेठी झुलरा मुराउ र कान्छी कौशिल्या मुराउ हुन् । झुलरा मुराउको तर्फबाट २ छोरा जन्मेकामा जेठा धनई र कान्छा धनमान मुराउ हुन । धनईको कोही सन्तान नहुँदै मृत्यु भै सकेको छ । धनमान मुराउको ३ छोरामा जेठा सन्तराम मुराउ, माहिला मुसे मुराउ र कान्छा अवधराज मुराउ हुन् । कैशिल्या मुराउको तर्फबाट ३ छोरामध्ये जेठा भगौती मुराउ, माहिला विन्देश्वरी मुराउ र कान्छा म झिनकान मुराउ हुँ । भगौती मुराउको छोरा म दुलई मुराउ हुँ । विन्देश्वरी मुराउको छोरा जनकलाल मुराउ हुन् । मूल पुरुष गौरी मुराउ निजको श्रीमती एवं झुलरा, कौशिल्या मुराउ, धनमान मुराउ निजको श्रीमती र भगौती मुराउ र निजको श्रीमती एवम् विन्देश्वरी मुराउ र निजको श्रीमती समेतको मृत्यु भै सकेको छ । हामी अंशियार बीच अंशबण्डा भएको छैन । विन्देश्वरीको छोरा जनकलाल मुराउले मिति २०५७।५।१४ मा अंश नामसारी मुद्दा हामी वादी प्रतिवादीउपर दायर गरेको