निर्णय नं. ४९९८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९९८ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: माघ अंक: १० फैसला मिति :२०५१/०५/१४ ३३३९ निर्णय नं:– ४९९८ २०५१, ने.का.प. अङ्क १० संयुक्त इजलास माननिय न्यायाधिश श्री पृथ्वी बहादुर सिंह । माननिय न्यायाधिश श्री कृष्ण कुमार वर्मा । सम्बत २०४९ सालको रिट नं.: ३०७८ आदेश मिति : २०५१।५।१४।३ मुद्दा : उत्प्रेषण । निवेदक : भोजपुर जिल्ला साविक महादेवस्थान वार्ड नं. ४, हाल आस्तेक गा.वि.स. वार्ड न ६ बस्ने देवी प्रसाद बजगाईं । विरुद्ध विपक्षी : मालपोत कार्यालय भोजपुरका मालपोत अधिकृत केशव बहादुर कार्की । जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी दिननाथ दाहाल । जिल्ला वन कार्यालय भोजपुरको वन अधिकृत कृष्ण प्रसाद पोखरेल । मेन्टिनेन्स नापी शाखा भोजपुरका नि.सर्भेक्षक मीन बहादुर प्रधान । जिल्ला सरकारी वकिल कार्यालय भोजपुरका का.मु. जि. न्या. ब.भीम बहादुर श्रेष्ठ । § एक पटक मालपोत कार्यालयले निर्णय गरी जग्गा धनी प्रमाण पुर्जा दिईसकेपछि त्यस्तो जग्गा रिट निवेदकको हक भोगबाट सार्वजनिक कायम गर्दा निवेदकलाई सुनुवाइको मौका दिन पर्ने सो वमोजिम विपक्षीहरुले निवेदकलाई सफाई पेश गर्न मौका प्रदान गरेको कुरा विपक्षीहरुले पेश गरेको लिखित जवाफबाट देखिन आएन । यसरी रिट निवेदकलाई प्रतिकुल असर पर्ने गरी निर्णय गर्दा निवेदकलाई सफाईको मौका दिनु पर्नेमा प्राकृतिक न्याय सिद्धान्तको प्रतिकुल निवेदकलाई बुझ्दै नबझि गरेको निर्णय कायम राख्न नमिल्ने। (प्र.नं १३) रिट निवेदकको तर्फबाट : विद्धान अधिवक्ता श्री हरि कृष्ण कार्की । विपक्षी तफृबाट : बिद्धान उपसरकारी अधिवक्ता श्री नरेन्द्रराज पाठक । अविलम्वित नजीर : x आदेश न्या. पृथ्वी बहादुर सिंह : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको सक्षिंप्त तथ्य एवं ठहर यस प्रकार छः– २. म निवेदकका बाजे भवानी शंकर वजागार्इंले २००४ साल कार्तिक १४ गतेका दिन लक्ष्मी प्रसाद पराजुलीबाट जसोदा जैसिनीले लगाएको बर पिपल मुनिका डिल दक्षिण अवा खोला सुर्य विनोदका गल्ली पश्चिम पधेंरे खोल्सा पूर्व यति ४ किल्ला भित्रको बांझो बन बुटेन समेतको सिरुपानी भन्ने जग्गा तत्कालीन चल्तीका कम्पनी रु.५००।– मा खरीद गरी २००४ कार्तिक १५ गते रजिष्ट्रेशन पास गरि दिनु भएको र बाजेको शेषपछि उक्त जग्गामा बावु रंगलालाको हक हुन आई सोहि ४ किल्ला भित्रको जग्गा सतीदेबी शाक्यलाई २०३४।१२।३० मा राजिनामा दिनु भएको थियो । २०३५ सालमा नापी हुँदा २ वटा नक्सा भै भोजपुर महादेवस्थान वडा नं. ४ नक्सा सिट नं. १६६–१४८६ र १४८० मा कित्ता नं. २७६ मा नापी भई ४–१०–०–१ चार रोपनी दश आना एक दाम जग्गा कायम भएको रहेछ । म निवेदकका बाबुले राजिनामा गरिदिएको उपयुक्त चार किल्ला भित्रको कित्ता नं. २७६ को समुच्चै जग्गा पूनः २०४२ साल बैशाख २६ मा सतीदेवीबाट म निवेदकले रु.५०००।– मा राजिनामा गरिलिई सो जग्गा मध्य १–०–०–० एक रोपनी जग्गा नारायण प्रसाद बजगाइंलाई राजिनामा गर्न २०४९।६।१४ मा मालपोत कार्यालय भोजपुरमा जाँदा कित्ताकाट गरी ल्याउनु भन्ने बाट मेन्टिनेन्स नापी शाखा भोजपुरमा गई कित्ताकाट गरी पाउनको लागि तमसुक लिई जाँदा कित्ता नं. १६६–१४८६ मा ११–०–०–२ र १६६–१४८७ मा १६–१२–३–२ भएको हुँदा कित्ताकाट गर्न नमिल्ने हुादा सुधारका लागि मालपोत कार्यालयमा मिति २०४९।६।१४ पठाउादा मालपोत कार्यालयबाट मिति २०४९।६।१५ मा उक्त पत्र बमोजिम संसोधन गरी पुर्जामा सुधार गर्ने र नापिलाई जानकारी गराउने निर्णयानुसार म निवेदकलाई २७