निर्णय नं. ४८९० - ज्यान मार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८९० - ज्यान मार्ने उद्योग भाग: ३६ साल: २०५१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/११/१२ ९८२७ निर्णय नं. ४८९० २०५१, ने.का.प. अङ्क ४ पूर्ण इजालस सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल सम्बत २०४३ सालको फौ.पु.इ.नं. – ३५ फैसल मितिः— २०५०।११।१२।५ मुद्दा :— ज्यान मार्ने उद्योग निवेदक प्रतिवादीः— जिल्ला कालिकोट खिम गाउँ विकास समिति वडा नं. ५ बस्ने महेन्द्रराज बम विरुद्ध विपक्षी, बादीः— अज बहादुरको जाहेरीले श्री ५ को सरकार । § ज्यान मार्ने उद्योग सवै दृष्टिबाट ज्यान सम्बन्धी अपराध नै हुन्छ, सिर्फ ज्यान भने मर्न गएको हुँदैन । अभियुक्तले ज्यान मार्न भनी गरेको कार्य तेश्रो तत्वको अप्रत्याशित रुपमा अपर्झट उपस्थिति वा विद्यमान हुन गएको कारणले सम्पन्न हुन नपाएको हुन्छ । प्रतिवादी आफैले मर्ने सम्मको कार्य नगरी छाडी गएको वा पैले देखि नै मार्ने कार्य गर्न नसक्ने अवस्था विद्यमान रहेको स्थिति हुँदैन । तेश्रो तत्वको अप्रत्याशित हसताक्षपले गर्दा ज्यान मार्ने कार्य गर्नमा अभियुक्तले कुनै कसर नराखे पनि त्यो परिणाम निक्लन पाएको हुँदैन । ज्यान मार्ने उद्योगको अपराधको सम्बन्धमा पनि ज्यान मार्ने अपराध जसे शंकाविहीन तरिकाले प्रमाणित हुन सक्ने प्रमाणिक प्राचुर्यताको अवस्था विद्यमान हुनु पर्ने । (प्र.नं. ३४) § ज्यान मार्ने उद्योग अपराधका निर्माणक तत्वहरुले एकातिर ज्यानमाराको अपराध र अर्को तर्फ कुटपिटको कसुरसँगको भिन्नता प्रष्ट पार्दछन् । ज्यानमाराको अपराधमा पनि ज्यान मार्ने मनसाय (Mens rea) र सो मनसायको साकारीकरण गर्ने कार्य (Actusrea) समान रुपले विद्यमान हुन्छ तर ज्यान मार्ने उद्योगको अपराधको निर्माणको तेश्रो तत्वको अप्रत्याशित अपर्झट उपस्थिति विद्यमान नहुने हुँदा ज्यानमाराको अपराधबाट भिन्न बनाउँदछ । कुटपिटको कसुर र ज्यान मार्ने उद्योगको अपराधको बीचको समानता पीडित पक्षको आङ ज्यूमा घा चोट पर्नु हो । कुटपिटमा घा चोटको प्रकृति सांघातिक पनि हुन सक्ने कुरा कुटपिटको महलको २, ६, ७ र ९ नं. समेतबाट पुष्टि हुन आउँदछ । ज्यान सम्बन्धी महलको ११ र १२ नं. को अन्तिम बाक्यांसले यो कुरा अझ प्रष्ट गर्दछ । कुटपिटको कसुरसँगको यही समानताले गार्द कुटपिटमा चल्नु पर्ने मुद्दा ज्यान मार्ने उद्योगमा चल्न पुग्न गएको अवस्था पर्न जान्छ । त्यस्तो अवस्थामा ज्यान मार्ने उद्योगको रुपमा चलेको मुद्दा तत्कालिन सरकारी मुद्दा सम्बन्धी ऐन, ०१७ को दफा ७ (क) अनुसार दुनियावादी कुटपिट मुद्दामा रुपान्तर हुन सक्ने कानूनी व्यवस्था भएको पाइने । (प्र.नं. ३७) § तेश्रो तत्वको अपर्झटको उपस्थितिले ज्यान मार्ने उद्योगलाई एकातिर ज्यानमारा र अर्कोतिर कुटपिटको अपराधसँग मुख्य विभेदक तत्व बनाएको हुन्छ । तेश्रो तत्वको अप्रत्याशित उपस्थितिले रोकावट उत्पन्न गरेको हुनु पर्छ भन्ने कुरा ज्यान सम्बन्धी महलको १५ नं. मा “सो काम गर्दा पनि ज्यान भने मर्न पाएको रहेनछ” भन्ने अभिब्यक्तिबाट पुष्टि हुन आउँछ । किनकि यस तेश्रो तत्वलाई अंगिकार नगरेमा ज्यान मार्ने उद्योगको अवस्था मात्र नरही अपराधजन्य कार्य सम्पन्नताको अवस्था हुन जान्छ । तसर्थ यी तत्वहरु ज्यान मार्ने उद्योग सम्बन्धी कानूनमा ब्यक्त वा अब्यक्त रुपले सोझै वा घुमाउरो रुपले अन्तर्निहित हुन्छन् । ज्यान मार्ने उद्योग मुद्दाको कसुर कायम