निर्णय नं. ४८९१ - जिउमास्ने बेच्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८९१ - जिउमास्ने बेच्ने भाग: ३६ साल: २०५१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/१२/११ ३४७८ निर्णय नं. ४८९१ २०५१, ने.का.प. अङ्क ४ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्बत् २०५० सालको फौ.पु.इ.नं. २८/२९ फैसला मिति : २०५०।१२।११।५ मुद्दाः जिउमास्ने बेच्ने । पुनरावेदक प्रतिवादीः गण्डकी अञ्चल, स्याङ्जा जिल्ला कुवाकोट गा.वि.स. वडा नं. ३ आधिघाट घर भई हाल जिल्ला कार्यालय, सदरखोर शाखा डिल्लीबजारमा थुनामा रहेका कमल प्रसाद श्रेष्ठ विरुद्ध पुनरावेदक बादी : श्री ५ को सरकार § प्रतिवादीको प्रहरीमा भएको साविती बाहेक अन्य स्वतन्त्र प्रमाणबाट अभियोग पुष्टि हुन नसक्नुको साथै पिडीत पक्ष भनिएकी जाहेरवालीको जाहेरी र अदालतमा गरेको बकपत्र एक आपसमा बाझेको अवस्था समेत विद्यमान हुँदा यी प्रतिवादीले आरोपित कसूरको वारदात घटाएको प्रमाणित गर्ने भार प्रमाण ऐन, ०३१ को दफा २५ अनुसार बादीले निर्वाह गर्न सकेको देखिदैन । प्रतिवादीले प्रहरीमा गरेको सावितीलाई बादी पक्षले अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि गर्न नसकेको अवस्थामा प्रतिवादीको उक्त साविति बयान कागजलाई प्रमाण ऐन, ०३१ को दफा ९ अनुसार स्वेच्छापूर्वकको साविती हो भनी प्रमाणमा ग्राह्य गर्न सक्ने स्थिति विद्यमान देखिँदैन । अतः तथ्ययुक्त ठोस सबुत प्रमाणको अभावमा केबल शंखा जनक जाहेरी एवं अनुमानको भरमा प्रतिवादी उपर आरोपित कसूर ठहर गर्न फौजदारी न्यायको सिद्धान्त समेतको प्रतिकूल हुन जाने । (प्र.नं. २१) पुनरावेदक, प्रतिवादी तर्फबाटः विद्वान अधिबक्ता श्री लोकभक्त राणा, विद्वान अधिबक्ता श्री हिरा रेग्मी पुनरावेदक वादी तर्फबाटः विद्वान उप सरकारी अधिबक्ता श्री पुष्पराज कोइराला अवलम्बित नजिर : x फैसला न्या. हरगोविन्द सिंह प्रधान – पुनरावेदन अदालत, पाटनको मिति २०४८।११।१८।१ को फैसला उपर चित्त नबुझी बादी प्रतिवादी दुवै पक्षको यस अदालतमा पुनरावेदन परेकोमा यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरुको बीच राय मतैक्य हुन नसकी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्नानुसार रहेछ । २. कमल प्रसाद श्रेष्ठले मेरो साथी कोपिला खड्का समेतलाई फकाई भारत बम्बै बेश्यालयमा लगी रु १६,५००।— मा विक्री गरेको र म उक्त बेश्यालय कोठीबाट भागी आई जाहेर गरेकी छु । साथै गएकी कोपिला बम्बैमा नै छन् । निज कमल प्रसाद श्रेष्ठलाई पक्राउ गरी कानूनी कारवाही गरी पाउँ भन्ने समेत मथुरी शर्माको जाहेरी । ३. म र साथी कृष्ण प्रसाद समेत भई ४ वटी केटी बम्बई भारतमा पुर्याई बेचेको छु । मैले बेचेको मथुरी शर्मा कोठी (बेश्यालय) बाट के कसरी भागी आई जाहेर गरिन मलाई थाहा छैन । अन्य तीन जना केटीहरु हाल पनि बम्बइमा नै छन् अरे भन्ने सम्म सुनेको छु । मैले पैसा कमाउने मोजमज्जा गर्ने र नयाँ नयाँ केटीहरु सँगको सहवास गर्ने तथा विक्री गरी पैसा कमाउने उद्देश्यले नै केटी बेच्ने ब्यापार गरेको हुँ भन्ने समेत जिल्ला प्रहरी कार्यालय, पाल्पामा प्रतिवादी कमल प्रसाद श्रेष्ठको बयान कागज । ४. कमल समेतले विभिन्न केटीहरु ल्याई होटलहरुमा बस्ने र होटलवालीहरुले समेत पनि मिरा भन्ने केटी र अन्य विभिन्न केटीहरुलाई विवाह गरी दिन्छु भन्ने प्रलोभन देखाई फकाई कमल समेतका साथमा लगाई दिने गरेकोमा पूरा विश्वास लाग्छ भन्ने समेतको सरजमिन मुचुल्का । ५. प्रतिवादीहरुले नेपाली केटीहरुलाई भारत बम्बइमा लगी विक