निर्णय नं. ४८९२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८९२ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/०९/२९ २२७१ निर्णय नं. : ४८९२ २०५१, ने.का.प अङ्क ४ पूर्ण इजालस माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्बत् २०४९ सालको रि.पु.इ.नं. ५९ आदेश मितिः २०५०।९।२९।५ मा मुद्दाः उत्प्रेषण । निवेदक प्रत्यर्थीः क.प. जिल्ला गोवटी वडा नं. ९ हाल तिलौराकोट वडा नं. ७ रुघौली बस्ने प्यारे केबट । विरुद्ध विपक्षीः ऐ. ऐ. बस्ने बेचन अहमत मुसलमान § कबुलियत समेतको कागज मोहीले पेश गरी सकेपछि त्यस्तो आफ्नो प्रतिकूलको प्रमाण बदर वा अमान्य गराउने दायित्व जग्गाधनीकै रहने र सो बमोजिम बदर वा अमान्य नगराएपछि सो कबुलियतको अस्तित्वलाई स्वीकार गरेको मान्न पर्ने हुँदा कबुलियत नै नभएको भन्न सकिने स्थिति नरहने । (प्र.नं.८) § मोही हुने ब्यक्तिले दाखिल गरेको वाली दिएको भर्पाइ कीर्ते भनेकोमा अदालबाट निर्णय गरी ल्याएका बखत कारवाही गर्ने भनी भू.सु.का. ले निर्णय गरेकोमा सो बमोजिम अदालतबाट निर्णय गराई ल्याउने दायित्व वा भार कीर्ते भनी दावी लिनेकै हुने । (प्र.नं.८) § मोही गैर नागरिक भएकोले मोही कायम हुन नसक्ने भन्ने जिकिरको हकमा विचार गर्दा मोहीयानी हकको प्रमाणपत्र प्राप्त गर्दा उसले नागरिकताको प्रमाणपत्र प्रदान गर्दाको अवस्थामा निज नेपाली नागरिक हो होइन विचार गर्नुपर्ने कुरा हो । नेपाली नागरिक नै नभएको ब्यक्तिलाई मोही कायम गर्ने गरी निर्णय भएको भनी रिट निवेदनकले भन्न सकेको पाइन्न । यसर्थ मोही कायम भएको अवस्थामा निजले नागरिकताको प्रमाणपत्र पाइसकेको देखिँदा मोही कायम गर्ने गरेको भू.सु.का. कपिलबस्तुको २०४१।३।४ को निर्णय कानून संगत नै देखिएकोले निवेदकका माग बमोजिम आदेश जारी हुने अवस्था नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं.८) निवेदक प्रत्यर्थी तर्फबाट : विद्वान अधिबक्ता श्री सुरेन्द्र भण्डारी विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री होमनाथ ढुंगाना अवलम्बित नजीर : x आदेश न्या.ओमभक्त श्रेष्ठ : मेरा नाम दर्ताको जिल्ला कपिलबस्तु गौबरी गा.पं. वडा नं. ९ (क) को कि.नं. २४३ को ०—१३—० कि.नं. २५० को २—४—६ समेत २—१७—६ जम्मा मैले आफ्नै तर्फबाट कमाई भोगी आएकोमा २०२८।१।४।७ मा जग्गाधनीले गरी दिएको कबुलियत र २०३८।११।२८ को भरपाई छ, मोहियानी कायम गरी प्रमाण पत्र पाउँ भनी विपक्षी पियारेले २०३९ सालमा उजुर गर्नु भयो । मेरा नाममा म्याद आउँदा मोहि होइन जग्गा कमाउन दिएको छैन । कबुलियत भरपाई गरी दिएको छैन, गरी दिएको भए भू.सं. ऐनको दफा ३४ बमोजिम मौकैमा गा.पं. मा दाखिल हुनुपर्ने हो कबुलियत भरपाई कीर्ते जालसाज हो भनी मेरो प्रतिवादी परी असर पने ब्यक्तिले सद्दे किर्ते छुट्याई ल्याएका बखत कारवाही हुने तामेली राखी दिने ठहर्छ भनी २०३९।९।९ मा भू.सु का बाट निर्णय भयो । उपरोक्त तामेली निर्णय बमोजिम असर पर्ने ब्यक्ति जग्गाधनीले किर्ते जालसाजी ठहर्याउन अदालतमा नलिस नगरेकोले मोहियानी हकको प्रमाणपत्र पाउँ भनी विपक्षीले पुनः २०४०।७।३० मा उजुर गर्नुभयो । मेरा नाममा म्याद आउद मैले एक त कुलियत भरपाई दिएकै छैन, दोश्रो दिएको भए गा.पं. दाखिल हुनु पर्ने सो पनि भएको छैन । २०३९।९।९ को निर्णय बमोजिम असर पर्ने विपक्षीले सद्दे कायम गराउन सकेको छैन मोही कायम हुन सक्ने होइन भनी प्रतिवादी वयान गरे । विपक्षी अधिकारीज्यूले जग्गाधनीले जि.अ. मा कीर्ते जालसाजी तर्फ मुद्दा दायर गर्न नसकेकोले निवेदक दाव