निर्णय नं. ४८९३ - अंश दवाए, छुपाए
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८९३ - अंश दवाए, छुपाए भाग: ३६ साल: २०५१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/१०/०४ ३९२० निर्णय नं. : ४८९३ २०५१, ने.का.प. अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्बत् २०४९ सालको दे.पु.नं. – ६०४, ६०५ फैसला मिति : २०५०।१०।४।२ विषयः अंश दवाए, छुपाए । निवेदक वादीः जि.मोरङ राजघाट गा.वि.स. वार्ड नं. ४ बस्ने शुक्ला मुर्मुसतारको मु.स. गर्ने निजकी पत्नी वर्ष ३८ को समी मुर्मुसतार विरुद्ध विपक्षी : जि. मोरङ राजघाट गा.वि.स. वडा नं. ५ बस्ने वर्ष ४२ की लखमाया तामाङ । ऐ. सिजवा गा.वि.स. वार्ड नं. ८ बस्ने पनि मुर्मुसतार । ऐ. ऐ. बस्ने वर्ष २३ को बुढाई मुर्मुसतार । पुनरावेदक/प्रतिवादीः जि. मोरङ राजघाट गा.वि.स. वडा नं. ५ बस्ने वर्ष ४२ की लखमाया तामाङ विरुद्ध विपक्षी वादी : जि. मोरङ राजघाट गा.वि.स. वार्ड नं. ८ बस्ने वर्ष ३१ को शुक्ला मुर्मुसतार । § अंशको फाँटवारी पेश गर्दा अर्कालाई विक्री गरी सकेको जग्गा विक्री गर्न असामील अंशको फाँटवारीमा नदेखाउँदैमा त्यसलाई अंश दपोट गरेको मान्नु पर्ने अवस्था नदेखिने । (प्र.नं. ११) § अंश मुद्दा दायर भइसकेपछि प्रस्तुत मुद्दाका वादीको हक लाग्ने आधि जग्गा प्रतिवादीले विक्री ब्यवहार गर्दा वादीको पनि मन्जुरी दिन पर्नेमा मन्जुरी लिएको नदेखिँदा वादी दावीको निजको हक जति अर्थात् आधा जग्गाको दर्ता बदर हुने । (प्र.नं. ११) निवेदकको तर्फबाट : x विपक्षी तर्फबाट : x अविलम्बीत नजीर : x फैसला न्या.सुरेन्द्र प्रसाद सिंह : पुनरावेदन अदालत विराटनगर संयुक्त इजलासको मिति २०४९।१।८ को फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :– २. विपक्षी मध्येका पति मुर्मु र बुढाई क्रमशः भाउजु भतिजो भएकोमा मैले विपक्षीहरु उपर २०४१ सालमा अंश मुद्दा दायर गरेकोमा यस अदालतबाट दुवै पक्षबाट फिराद परेको अघिल्लो दिनसम्मको फाँटवारी पेश गर्नु भन्ने आदेशानुसार मेरा जिम्मामा केही नभएको भनी मबाट पेश भएको र विपक्षीहरुबाट मिति ०४२।९।१६ गते गोविन्दपुरको २–०–० मात्र देखाई फाँटवारी पेश गरी विपक्षीहरुले मोरङ राजघाट गा.पं. को वडा नं. २(च) कि.नं. ५७ को ०–१०–० र ऐ. कि.नं. १२२ को ०–५–० समेत जम्मा ०–१५–० जग्गा फाँटवारीमा नदेखाई विपक्षी पति मुर्मु र बुढाइले विपक्षी लखमाया लाई ०४२।१।११ मा र.नं. ८७७४ मा पारित गराई अंश मुद्दा परी सकेपछि विक्री गरेको थाहा पाइ सो जग्गा मेरो अंश हक भेट्ने काम गर्नु भएकोले अ.वं ८२ नं. को हक पुग्ने कुरामा यो नालिस लिई अएको छु अंश बण्डाको २७ नं. र लेनदेन ब्यवहारको ४० नं. बमोजिमको लेखत बदर गरी सम्पूर्ण सबै जग्गा मेरा नाममा दर्ता गरी पाउँ साथै जालसाजी मुद्दा पनि यसै मुद्दा साथ पेश गरेको छु भन्ने फिरादपत्र । ३. वादी दावी अनुसार मैले कुनै नियतले सित्तैम जग्गा खरिद गरी लिएको होइन छैन मुपथ मूल्य तिरी लिएको हुँ मलाई निजहरुको अंश मुद्दा चलिरहेको छ भन्ने थाहा थिएन । तसर्थः लेनदेन ब्यवहारका १० नं. अनुसार आफ्नो हक लाग्ने प्रमाण समेत पेशगरी नालेस गर्नु पर्ने हो । अंशवण्डाका २७ र लेनदेन ब्यवहारका ४० नं. र अंशबण्डाको ३५ नं. बमोजिम यो नालेस लाग्ने नहुँदा खारेज गरी पाउँ भन्ने प्र. लाखमायाको प्रतिउत्तर पत्र । ४. विपक्षी वादीकोउक्त जग्गामा कुनै हक पुग्ने होइन साथै मैले सो जग्गा पास रजिष्ट्रेशन गरि सकेपछि पनि विपक्षीलाई थाहा थियो सो हुनासाथ लिखत बदर तर्फ नालेस गर्नुपर्ने सो नगरेकोले झ