निर्णय नं. ४८९४ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८९४ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ भाग: ३६ साल: २०५१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/०५/०८ २३६२ निर्णय नं.:– ४८९४ २०५१, ने.का.प. अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्बत २०४८ सालको रिट नं. १५६३ आदेश मिति :– २०५०।५।८।३ विषयः – उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ । मुद्दाः – नियुक्ति बदर । निवेदकः जि. सुनसरी भोक्राछा गा.वि.स. वडा नं. ७ बस्ने देबनारायण मेहता । विरुद्ध विपक्षी : क्षेत्रीय साझा विकास कार्यालय पूर्वाञ्चल धनकुटा श्री जिल्ला साझा संघ लिमिटेड इनरुवा, सुनसरी § संस्थाको नियमानुसार नियुक्ति दिने अधिकृतबाट नियुक्ति नभएकोलाई रीतपूर्वक नियुक्ति भएको भन्न नमिल्ने । (प्र. नं. १२) § नियुक्ति गर्ने अधिकारीको अधिकार उपर निवेदकले विवाद समेत उठाएको नदेखिएकोले र निवेदक परीक्षणकालमा रहने गरी नियुक्ति भएको देखिँदा त्यस्तो परीक्षणकालमा रहने गरी अनियमित नियुक्ति पाएको नियुक्ति बदर गर्ने गरेको निर्णय मिलेकै देखिँदा निवेदकको माग बमोजिम रिट जारी गर्न नमिल्ने । (प्र. नं. १२) निवेदक तर्फबाट : x प्रत्यर्थी विपक्षी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री अलि अकबर मिकरानी । अवलम्बित नजीर : x आदेश न्या.हरि प्रसाद शर्मा : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त ब्यहोरा यस प्रकार छ । २. म निवेदक जिल्ला साझा संघ लिमिटेड, सुनसरी इनरुवा अन्तर्गत औरावनी साझा संस्था लि. को स. वि.स. चतुर्थ श्रेणीको पदमा मिति २०४६।७।८ देखि बहाल रही जिम्मेवारीपूर्वक निष्ठावान रही सेवा गर्दै आएकोमा जिल्ला साझा संघको सहायक स्तरका कर्मचारीहरुको स्थायी नियुक्ति सम्बन्धमा छानविन गर्दा साझा संघ संस्थानको आर्थिक तथा प्रशासनिक नियम (संशोधन सहित) २०३७ को नियम ५ अनुसारको प्रकृया पुरा गरिएको हुनुपर्नेमा सो नभएकोले उक्त नियमको ५(८) अनुसार २०४८।४।२२ को निर्णय बमोजिम स्थायी नियुक्त बदर गरिएको छ भनी विपक्षी क्षेत्रीय साझा विकास कार्यालय पूर्वाञ्चल धनकुटाको मिति २०४८।४।२२ को च.नं. २११ को पत्र प्राप्त भएको हुनाले आवश्यक जानकारीको लागि भनी पत्र बुझाइयो । त्यसरी मेरो नियुक्ती बदर गरिएकोबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२ बमोजिम मेरो ब्यक्तिगत स्वतन्त्रता नोकरी गर्न पाउने अधिकारबाट बंचित गरिएको हुनाले अन्यायमा परी चित्त नबुझी संविधानको धारा २३ बमोजिम आफ्नो हकको प्रचलनको लागि ऐ. को धारा ८८ बमोजिम सम्मानित सर्वोच्च अदालतको असाधारण अधिकार प्रयोग गरी उत्प्रेषण, प्रतिषेध, अधिकारपृच्छा लगायत जो चाहिने आज्ञा आदेश जारी गरी मेरो नियुक्ती बदर गरेको विपक्षी क्षेत्रीय साझा विकास कार्यालय पूर्वाञ्चल धनकुटाको मिति २०४८।४।२२ को निर्णय बदर गरी मेरो नियुक्ती कायम राखी पाउँ । पुनरावेदनको म्याद पनि नदिइएको र प्राकृतिक न्यायको सिद्धान्त विपरित निर्णय गरिएको र सो बारे अर्को कानूनी उपचारको व्यवस्था पनि नभएको र उसै संथाको एक हाकिमले गरेको निर्णय सोही संस्थाको सो माथिको अर्को हाकीमले गर्ने काम कारवाही त्यति प्रभावकारी पनि नहुने साधारणतया बदर नगर्ने सदर गर्ने समेतको कारणबाट अर्को उपचारको बाटो भएको भए पनि सो उपचार अपर्याप्त तथा प्रभावहीन हुने हुनाले सम्मानित अदालतबाटै कारवाही र निर्णय हुन अनरोध गर्दछु भन्दै केही निर्णयहरुको नजीर समेत उल्लेख गर्दै आग्